Friday, April 17News That Matters

‘प्रेमपत्र लेख्दै पातपातमा’ चर्चित गीतका गायक ताम्राकारको निधन


खोटाङ, फागुन १९ । ‘प्रेमपत्र लेख्दै पातपातमा’ चर्चित गीतका गायक आशिष ताम्राकारको निधन भएको छ । २०३५ साल जेठ ७ गते जन्मिएका गायक ताम्राकारको टिचिङ अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान ७.२५ बजे ४४ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल घर भएका ताम्राकार काठ्माठौं सिनामंगलमा परिवारसहित बस्दै आउनुभएको थियो । कलेजो, मिर्गौला लगायतको समस्यबाट पिडित गायक ताम्राकार दुई तीन हप्तादेखि बिरामी हुनुहुन्थ्यो । उहाँलाई केही समय अल्कामा उपचार गरेर टिचिङ अस्पताल लगिएको थियो ।

ताम्राकारका आखिर, प्रेमपत्र लगायतका एल्बम प्रकाशित छन् । उहाँका ‘प्रेमपत्र लेख्दै पातपातमासहित, मलाई पनि सँगै लैजाउ, एक्लै रुनु कति रुनु, बिहानीको घाम हौ कि’ लगायतका दर्जनौं गीत चर्चित छन् । उहाँका श्रीमती र दुई छोरी छन् । ताम्राकारको पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी भएको छिमेकी राजेन्द्र लयालुले बताउनुभयो ।