
खोटाङ, चैत ४ । खोटाङमा एक ब्यक्तिले आफ्नै शरीरमा आगो लगाएका छन् । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २८ वर्षिय भोलाकाजी बास्तोलाले शरीरमा प्रेटोल छर्किएर आगो लगाएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
शुक्रबार राती करीब ८ बजे आफ्नै शरीरमा आगो लगाएको देखिएपछि परिवारका अन्य सदस्य र छिमेकीले आगो निभाएका थिए । नजिकै रहेको तालखर्क प्रहरी चौकीबाट प्रहरी टोली पुग्दा आगो नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक रोमन अर्यालले बताउनुभयो ।
जिल्ला अस्पताल दिक्तेलमा सामान्य उपचार पश्चात घाइते बास्तोलालाई थप उपचारका लागि शुक्रबार राती नै काठमाडौं लगिएको छ । श्रीमतीसँगको झगडाले बास्तोलाले आफ्नै शरीरमा आगो लगाएको प्रहरीको अनुमान छ । यद्यपी पुष्टि हुन बाकी रहेको प्रहरी निरीक्षक अर्यालले बताउनुभयो । प्रेटोल छर्किएर आफ्नै शरीरमा आगो लगाएका बास्तोलाको अवस्था धेरै जटिल भने नरहेको प्रहरीले जनाएको छ ।
