Saturday, July 27News That Matters

खोटाङमा जीप दुर्घटनाहुँदा ५ जना गम्भीर घाइते

सांकेतिक तस्वीर

खोटाङ, साउन १३ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा जीप दुर्घटनाहुँदा ५ जना गम्भीर घाईते भएका छन्  । इटहरीबाट साकेला गाउँपालिकाको मानेभञ्ज्याङतर्फ जाँदै गरेको जीप दिप्रुङ चुइचुम्मा गाउँपालिका-५ सछितापोखरीको खुदुर्केमा दुर्घटना भएको हो ।

ज ३३८७ नम्बरको जीपमा २ वर्षको बच्चासहित १३ जना सवार रहेका थिए । अन्य सामान्य घाईते भए पनि पाँच जनाको अवस्था गम्भीर देखिएको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए । बेहोस् अवस्थामा रहेका पाँच घाईतेको पहिचान हुन बाँकी छ । गाउँपालिका प्रहरी, नेपाल प्रहरी र स्थानीयले दुर्घटनाका घाईतेको उद्धार गरिरहेका छन् ।

घाइतेको गाउँपालिकाको ‘हेल्लो डाक्टर’ सेवामार्फत प्राथमिक उपचार भइरहेको छ । घाईतेको अवस्था हेरेर जिल्ला अस्पताल वा अन्यत्र रेफर गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष राईले बताए ।

पञ्चमी -याङसोलाटार सडक खण्डमा ढुंगा खसेको र फुटाउने काम जारी रहेका कारण बैकल्पीक बाटो तृतीय–खुदुर्के–मानेडाँडा सडकबाट यात्रा गर्नेक्रममा जीप पल्टिएको हो । जीप सडकबाट करिब सय मिटर तल खसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *