Saturday, July 27News That Matters

खोटाङकी ७७ वर्षीया छलमाया मगर ३ दिनदेखि बेपत्ता

बेपत्ता भएकी ७७ वर्षीया छलमाया मगर

खोटाङ, भदौ २४ । खोटाङको रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीकी ७७ वर्षीया वृद्धा ३ दिनदेखी बेपत्ता भएकी छिन् । घरबाट गाउँ हिडेकी डुम्रेधापानीस्थित गुँहेलेकी ७७ वर्षीया छलमाया मगर बेपत्ता भएकी हुन् ।

शुक्रबार बिहान करीब १० बजे घरबाट गाउँ डुल्न भनेर हिडेकी वृद्धा मगर अहिलेसम्म घर फर्किएकी छैनन् । छिमेकी फणिन्द्र अधिकारीको घरमा केही समय बसेर करीब १५ मिनेट टाढा रहेको सम्धीको घर जान्छु भन्दै वृद्धा हिडेकी थिइन् । उक्त घरमा पुगेर मास र गहत लिएर फर्किएको सम्धिनी बेलीमाया मगरको भनाइ छ ।

सम्धिनीसँग दिउँसो करीब ११ः३० बजे छुटेकी वृद्धा मगर साँझसम्म घर नपुगेपछि खोजतलास गरिएको छिमेकी अधिकारीले बताए । शुक्रबार गाउँलेले खोजतलासगर्दा फेला नपरेपछी शनिबार डुम्रुेधारापानी प्रहरी चोकीमा खोजतलास गर्न निवेदन दिएको परिवारले जनाएको छ । स्थानीय र प्रहरीहरुले खोजतलास जारी राखेपनि अहिलेसम्म वृद्धा भेटिएकी छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *