
खोटाङ, कात्तिक १० । खोटाङमा श्रीमानले चिरपटले हानेर श्रीमतीको हत्या गरेका छन् । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ फलाँटेका दावा शेर्पाले श्रीमती लाक्पा डिकु शेर्पाको हत्या गरेका हुन् ।
४० वर्षीय दावाले मादक पदार्थ सेवन गरी बिहिबार साँझ करीब ७ बजे ३६ वर्षिया लाक्पा डिकु शेर्पालाई चिरपट प्रहार गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । उनिहरुबीच सामान्य विवादहुँदा श्रीमानले चिरपट प्रहार गरेको बताइएको छ । श्रीमती लाक्पाको शव घरदेखि करीब २०० मिटर टाढा गोरेटो बाटोमा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) पुरुषोत्तम खड्काले बताउनुभयो ।
चिरपटले हानेर हत्या गर्ने श्रीमान दावालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
