Friday, April 17News That Matters

हलेसीमा भेटिएको ४ लाख बराबरको नगद र सुनचाँदी सम्बन्धित ब्यक्तिलाई बुझाइयो

भेटिएको नगद र सुनचाँदी सम्बन्धित ब्यक्तिलाई बुझाउदै प्रहरी सिपाही सविना तामाङ

खोटाङ, कात्तिक १० । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा भेटिएको नगद र सुनचाँदी सम्बन्धित ब्यक्तिलाई बुझाइएको छ । त्रिःधार्मिक स्थल हलेसी मन्दिर नजिकै रहेको ट्राफिक चोकमा भेटिएको नगद र सुनचाँदी सम्बन्धित ब्यक्तिलाई बुझाइएको हो ।

इलाका प्रहरी कार्यालय हलेसीमा कार्यरत सिपाही सविना तामाङले भेटाएको नगद रु ६१ हजार ५०० र सुनचाँदी कार्यालयमा राखिएको थियो । कात्तिक ४ गते साँझ करीब ६ बजे भेटिएको उक्त धनमाल अनुसन्धान पश्चात बिहिबार सम्बन्धित ब्यक्तिलाई बुझाइएको इलाका प्रहरी कार्यालय हलेसीका प्रमुख (प्रहरी निरीक्षक) दिनेश अधिकारीले जानकारी दिनुभयो । महिलाले बोक्ने साइड ब्याग भित्र रहेको नगद र सुनचाँदी भोजपुरको सिद्धेश्वर नगरपालिका–४ का कुशल प्रधानको रहेको पाइएपछि उनलाई सामान बुझाइएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।