Saturday, July 27News That Matters

खोटाङ : जसले ढिलो मोटरसाइकल चलाउछ, उसले १० हजार जित्ने प्रतियोगिताहुँदै

फाइल तस्विर

खोटाङ, कात्तिक २२ । खोटाङमा “स्लो राइड” मोटर साइकल प्रतियोगिता हुने भएको छ । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल खोटाङको आयोजनामा “स्लो राइड” मोटर साइकल प्रतियोगिता हुन लागेको हो ।

जिल्ला सदरमुकाम दिक्तेलस्थित माटिकोरे खेलमैदानमा कात्तिक २४ गते हुने उक्त प्रतियोगितामा प्रथाम हुने ब्यक्तिले रु १० हजार १११ नगदको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । दोस्रो र तेस्रो हुने ब्यक्तिले क्रमश रु ६ हजार ६६६, रु ४ हजार ४४४ नगदको साथमा मेडल र प्रमाणपत्र पाउने खेल संयोजक कविराज रिजालले बताउनुभयो ।

यस्तै, “स्लो राइड” मोटर साइकल प्रतियोगितासँगै हण्डिफोर प्रतियोगिता पनि युवा संघले आयोजना गरेको छ । हण्डिफोरको प्रथम हुने ब्यक्तिले रु ५ हजार ५५५ नगदसँगै मेडल र प्रमाणपत्र पाउने छन् ।

सोही दिन शुभ दिपावलीको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम पनि हुने राष्ट्रिय युवा संघ नेपाल खोटाङले जनाएको छ ।
हेर्नुहोस् सूचना,