Saturday, July 27News That Matters

रावा बेसीमा कुभिण्डे पहिलो पटक च्याम्पियन, दुवेकोलका ४० जना सम्मानित

च्याम्पियन टिम कुभिण्डेलाई पुरस्कार प्रदान गरिदै, तस्विर : प्रेम श्रेष्ठ

खोटाङ, माघ २३ । खोटाङको रावा बेसी गाउँपालिकामा आयोजित वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा पहिलो पटक कुभिण्डे च्याम्पियन बनेको छ । पालिका भित्रका वडा स्तरीय भलिबल प्रतियोगितामा वडा नम्बर १ कुभिण्डेले पहिलो पटक उपाधि जित्न सफल भएको हो ।

६ वटा वडा रहेको रावा बेसीमा हरेक वर्ष वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने गरेको छ । प्राय डुम्रे धारापानी र दुवेकोलले जित्दै आएको यस प्रतियोगितामा यस पटक कुभिण्डे च्याम्पियन बनेको हो । मंगलबार सम्पन्न फाइनल खेलमा कुभिण्डेले वडा नम्बर ५ दुवेकोललाई पराजित गर्दै उपाधि जितेको हो ।

उपाधिसँगै कुभिण्डेले नगद १ लाखको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको दुवेकोलले नगद ७० हजारसँगै शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगिताको तेस्रो र चौथो भएका लामिडाँडा र हौँचुरलाई क्रमश ४० हजार र २० हजार नगदको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक वडाका वडाध्यक्ष मनकुमार गुरुङले बताउनुभयो ।

प्रत्येक वर्ष फरक वडामा आयोजना हुँदै आएको यस प्रतियोगिता यस वर्ष वडा नम्बर ५ दुवेकोलस्थित गंगोदय माध्यमिक विद्यालयको प्रांगणमा आयोजना गरिएको थियो । विजेता टिम र खेलाडीहरुलाई पालिका अध्यक्ष फटिक कुमार श्रेष्ठ, उपाध्यक्ष कौशिला कुमारी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी लगायतले पुरस्कार प्रदान गर्नुभएको हो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी कुभिण्डेका योगेश राई चुनिएका छन् । उनलाई नगद ३ हजारसँगै मेडल र प्रमाण प्रदान गरिएको जनाइएको छ । उत्कृष्ट स्पाइकर कुभिण्डेका सविन श्रेष्ठ, ब्लकर दुवेकोलका टिकाराम सुवेदी,सेटर लामिडाँडाका अमोद रिजाल, सर्वर हौंचुरका सविन श्रेष्ठ, लिब्रो कुभिण्डेका किरण भुजेल र अनुशासीत दुवेकोलका साजन राई चुनिएका छन् । उनिहरुलाई समान १ हजार नगदसँगै मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

वडाका ४० जनालाई सम्मान

भलिबल प्रतियोगिताको अवसरमा रावा बेसी गाउँपालिका–५ दुवेकोलले वडाका ४० जनालाई सम्मान गरेको छ । वडा भित्र राम्रो सरसफाइ गर्ने ९ जना, बढी बाख्रापालक, सिकर्मी, टेलर, डकर्मी, फलामको काम गर्ने, छालाको काम गर्ने, बढी धान, कोदो, मकै, तरकारी, फलफूल उत्पादन गर्ने कृषकहरुलाई वडाले सम्मान गरेको हो । यस्तै, वडाभित्रका तीन वटै विद्यालयका शिक्षक, समाजसेवी, खेलाडी, स्वास्थ्यकर्मी, सबैभन्दा ज्येष्ठ पुरुष, ज्येष्ठ महिला, तिन वटै विद्यालयका अभिभावक र उपभोक्ता समितिलाई वडाले दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको हो । दुई जना विपन्नलाई पाठासहितको बाख्रासमेत प्रदान गरिएको वडाध्यक्ष गुरुङले बताउनुभयो ।

यस्तै, सबै विद्यालयको शैक्षिक सत्र २०८० को दोस्रो त्रैमासिक परीक्षामा कक्षा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको उहाँको भनाइ छ ।

सम्मानित हुनेहरु