Saturday, July 27News That Matters

खोटेहाङ गाउँपालिकामा जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा


खोटाङ, माघ २९ । खोटाङको खोटेहाङ गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिएको छ । जनयुद्ध दिवसको दिन गाउँपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको निर्णय अनुसार फागुन १ गते पालिकाको सबै सरकारी कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था, सरकारी तथा गैर सरकारी कार्यालय एवं संघ संस्थाहरु बन्द हुनेछन् । गाउँपालिकाले निर्माण गरेको वार्षिक शैक्षिक पात्रोमानै जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा उल्लेख गरिएको छ । सोही अनुसार बिदा दिइएको गाउँपालिका अध्यक्ष उदिम बहादुर राईले बताउनुभयो ।

देशमा जनयुद्धको जगबाट हालको व्यवस्था अर्थात परिर्वतन आएकाले जनयुद्धमा साहदत प्राप्त सहिद, घाइते र बेपत्ताको सम्मानका लागि सार्वजनिक बिदा दिने निर्णय गरिएको अध्यक्ष राईको भनाइ छ ।

जिल्लाका अन्य ९ स्थानीय तहले भने बिदा दिएका छैनन् । गृह मन्त्रालयले पनि सूचना जारी गर्दै फागुन १ गते कुनै पनि किसिमको सार्वजनिक बिदा नदिइएको जानकारी दिएको छ । खोटाङको खोटेहाङ गाउँपालिकासँगै देशका केही स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरिरहेका छन् ।