
खोटाङ, चैत १५ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहिबारबाट देशभर सुरु भएको छ । पहिलो दिन खोटाङबाट नियमित २ हजार ८५६ जना विद्यार्थीले परीक्षा दिएका छन् । शिक्षा विकास तथा समन्वय इकाईका अनुसार नियमिततर्फ ४१ जना विद्यार्थी परीक्षामा उपस्थित भएनन् । उपस्थित नहुनेमा ३४ जना छात्रा र ७ जना छात्र रहेका छन् ।
परीक्षामा अनुपस्थित धेरै जसो छात्राहरुको बिबाह भइसेको स्रोतले जनाएको छ । यता अनुपस्थित छात्रहरु कतिपय बैदेशिक रोजगारीको लागि बिदेश गइसकेका छन् । (एसईई) परीक्षामा नियमिततर्फ जिल्लाबाट १ हजार ४४७ जना छात्रा र १ हजार ४०९ जना छात्र उपस्थित छन् । जसमा छात्र भन्दा छात्रा ३८ जना बढी रहेको शिक्षा विकास तथा समन्वय इकाईको तथ्याङ्कले देखाएको छ ।
जिल्लाभर २४ वटा परीक्षा केन्द्र तोकिएको छ । १०० वटा सादुदायिक र ४ वटा संस्थागत गरी १०४ वटा माध्यमिक विद्यालयबाट परीक्षार्थी सहभागि छन् । सबै भन्दा धेरै पञ्चमावि परीक्षा केन्द्रमा २५२ जना विद्यार्थीले परीक्षा दिएका छन् । सबै भन्दा कम साकेला मावि रतन्छा परीक्षा केन्द्रमा ५४ जना विद्यार्थी परीक्षामा उपस्थित छन् ।
जिल्लाभर सबै भन्दा धेरै सरस्वती मावि दिक्तेलबाट १८० जना र सबै भन्दा कम शान्तोदय मावि ज्यामिरे सल्लेबाट ४ जना विद्यार्थी एसईई परीक्षामा सहभागि छन् ।
