Saturday, July 27News That Matters

राष्ट्रिय अण्डर–१३ फुटबल खेलाडीमा पहिलो पटक खोटाङबाट एन्जल राई छनोट


खोटाङ, जेठ ५ । राष्ट्रिय अण्डर–१३ पुरुष फुटबल खेलाडीमा पहिलो पटक खोटाङबाट एन्जल राई छनोट भएका छन् । कोशी प्रदेशहुँदै खोटाङका एन्जल राई राष्ट्रिय अण्डर–१३ मा छनोट भएका हुन् ।

सबै प्रदेशका करीब २ हजार ५ सय जनाबाट अखिल नेपाल फुटबल संघ (एन्फा) ले छनोट गरेको ९० भित्र एन्जल पर्न सफल भएका हुन् । राष्ट्रिय अण्डर–१३ मा छनोट भएसँगै अब एन्जलले एन्फा एकेडेमी धरानमा बसेर प्रशिक्षण लिने छन् । फुटबल प्रशिक्षणसँगै उनको पठनपाठन सबै निःशूल्क हुने छ । राष्ट्रिय स्तरमा जिल्लाबाट पहिलो पटक फुटबल खेलाडी छनोट हुन सफल भएको खोटाङ फुटबल एकेडेमीका मुख्य प्रशिक्षक रोषेश श्रेष्ठले बताए ।

जिल्ला फुटबल संघ खोटाङ र एकेडेमीले जिल्लामा बिगत ७ वर्षदेखि “ग्रासरुट कार्याक्रम” सञ्चालन गरिरहेको छ । जिल्लामा दक्ष खेलाडी उत्पादन गर्न सुरु गरिएको “ग्रासरुट कार्याक्रम” ले पहिलो पटक ठुलो सफलता प्राप्त गरेको श्रेष्ठले बताए । राष्ट्रिय अण्डर–१३ मा छनोट भएका एन्जल बिगत ३ वर्षदेखि एकेडेमीको प्रशिक्षणमा थिए ।