
खोटाङ, पुस १० । खोटाङको बाँसपानीमा सुमो दुर्घटनाहुँदा एक जना गम्भीर घाइते भएका छन् । केपिलासगढी गाउँपालिका–३ बाँसपानीस्थित राठीमा सुमो गाडी दुर्घटनाहुँदा एक जना गम्भीर घाइते भएका हुन् ।
काठमाडौंबाट केपिलासगढी गाउँपालिका–१ फेदी जादैगरेको ना १ ज ७१८१ नम्बरको सुमो बाँसपाानी भदौरेडाँडाबाट ताप खोला बगरमा झरेको हो । सुमोमा एक जना मात्र यात्रु रहेको पाइएको स्थानीय प्रताप राईले बताउनुभयो । सुमोे गाडी सडकबाट करिब ५ सय मिटर तल खोला बगरमा खसेर छ । सुमोसँगै खसेका फेदीका अन्दाजी ६० वर्षीय दुर्गा प्रसाद राई गम्भीरु घाइते अवस्थामा भेटिएको राईको भनाइ छ ।
घाइते राईको इलाका प्रहरी कार्यालय बाक्सिला, जनप्रतिनिधिसँगै स्थानीयले उद्धार गरेका हुन् । होस्मै रहेपनि गम्भीर घाइते अवस्थामा रहेका राईको प्राथमिक उपचार पश्चात थप उपचारकालागि जिल्ला अस्पताल दिक्तेल पठाइएको स्थानीय प्रताप राईले बताउनुभयो ।
सुमो चालक ऐसेलुखर्क गाउँपालिका–१ का सत्रुधन राई घटना स्थलमा भेटिएका थिएनन् । हाल प्रहरीको सम्पर्कमा आएका उनलाई जिल्ला प्रहरी कार्यालय ल्याउदै गरेको डिएसपी प्रतिक विष्टले बताउनुभयो । सडकमा रहेको काठ हटाउन खोज्दा गाडी पल्टिएको चालक राईले बताएका छन् । तर, यस विषयमा अनुसन्धान हुन बाकी रहेको डिएसपी विष्टको भनाइ छ ।