Monday, January 19News That Matters

संघीय निजामती ऐन जारी गर्न माग गर्दै खोटाङका कर्मचारी संगठनहरुले बुझाए ज्ञापनपत्र


खोटाङ, वैशाख ८ गते । खोटाङका चार कर्मचारी संगठनले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ला प्रशासनमार्फत सभामुखलाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार संयुक्तरुपमा जिल्ला प्रशासन कार्यालयमा पुगेर कर्मचारी संगठनहरुले सभामुखलाई पठाउने गरी प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलाई ज्ञापनपत्र हस्तान्त्रण गरेका हुन् ।

विभिन्न ११ बुँदे मागसहित जिल्लामा सकृय चारै संगठनले संयुक्तरुपमा ज्ञापनपत्र बुझाएका हुन् । कर्मचारी संगठनहरुले यसअघि भएका सहमति, सम्झौता र अदालतले दिएको आदेशलाईसमेत समेटेर तत्काल संघीय निजामती ऐन जारी गर्न माग गरेका छन् ।

देशै भर वैशाख ८ गते ज्ञापनपत्र बुझाउने कर्मचारी संगठनहरुको संयुक्त कार्यक्रम रहेको थियो । माग पुरा नभए वैशाख १० गते बुधबार आन्दोलन परिचालन समिति घोषणा गर्ने र १२ गते शुक्रबार संसद सचिवालय अगाडि भेला आयोजना गर्ने कर्मचारी संगठनहरुको केन्द्रीय कार्यक्रम रहेको छ ।

यस्ता रहेका छन् कर्मचारी संगठनहरुको माग