
खोटाङ, वैशाख २८ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ खोटाङले सर्वसम्मत केन्द्रीय प्रतिनिधि छनोट गरेको छ । पोखरामा हुने आसन्न महाधिवेशनको लागि युवा संघ खोटाङले १३ जना प्रतिनिधि सर्वसम्मत छनोट गरेको हो ।
जिल्ला सदरमुकाम दिक्तेलस्थित एमालेको पार्टी कार्यालयमा शनिबार बसेको युवा संघको तेस्रो पूर्ण बैठकले दश स्थानीय तहबाट १/१ जना र जिल्लाबाट ३ जना गरी १३ जना प्रतिनिधि छनोट गरेको युवा संघका जिल्ला अध्यक्ष रोशन राईले बताउनुभयो ।
जिल्लाबाट रोशन राई, सविन राई र रस्मिका आचार्य प्रतिनिधिकोरुपमा छनोट हुनुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट विजय राई, हलेसी तुवाचुङ नगरपालिकाबाट किसन राई, ऐसेलुखर्क गाउँपालिकाबाट डेबिट राई, केपिलासगढी गाउँपालिकाबाट मौसम राई र रावा बेसी गाउँपालिकाबाट यम मगरलाई केन्द्रीय प्रतिनिधिमा छनोट गरिएको छ ।
यस्तै, साकेला गाउँपालिकाबाट भैरब बस्नेत, दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट सुरेश राई, खोटेहाङ गाउँपालिकाबाट बिनोद तिरुवा, जन्तेढुंगा गाउँपालिकाबाट चासुहाङ राई र बराहपोखरी गाउँपालिकाबाट उमेश श्रेष्ठ युवा संघको केन्द्रीय महाधिवेशनको लागि प्रतिनिधि छनोट गरिएको अध्यक्ष राईले बताउनुभयो ।
राष्ट्रिय युवा संघको केन्द्रीय महाधिवेशन पोखरामा आगामी जेठ ९ देखि ११ गतेसम्म हुँदैछ ।
