Thursday, March 5News That Matters

पञ्चावती आविमा १ लाख ११ हजार ५५५ रुपैयाँको अक्षयकोष स्थापना

खोटाङ, वैशाख ३१ । हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारस्थित पञ्चावती आधारभूत विद्यालयमा १ लाख ११ हजार ५५५ रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । स्वर्गीय तेज बहादुर राउतको स्मृतिमा परिवारले वैशाख ३० गते मंगलबार अक्षयकोष स्थापना गरेका हुन् ।

श्रीमती तिल कुमारी राउत, छोराछोरीहरु गणेश बहादुर राउत, होम बहादुर राउत, कृष्ण बहादुर राउत, शर्मिला राउत, जानुका राउत र तिलक राउतले विद्यालयलाई अक्षयकोषको रकम हस्तान्त्रण गरेका हुन् । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तरलाई वृद्धि गर्न सहयोग गर्ने उदेश्यले स्वर्गीय बुवाको नाममा अक्षयकोष स्थापना गरिएको छोरा कृष्ण राउतले बताउनुभयो । अक्षयकोषको रकमबाट आएको ब्याजले हरेक वर्ष विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु प्रदान गरिने उहाँको भनाइ छ ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष लंक बहादुर बस्नेतको अध्यक्षता एवं मंगलटारका वडाध्यक्ष गण राईको प्रमुख आतिथ्यतामा अक्षयकोष स्थापना कार्यक्रम गरिएको हो । विद्यालयका प्रधानाध्यापक रुद्र कार्कीलाई अक्षयकोषको रकम हस्तान्त्रण गरिएको राउतले बताउनुभयो ।