Wednesday, July 29News That Matters

Banner News 3

गाई काटेको अभियोगमा दुई पक्राउ

गाई काटेको अभियोगमा दुई पक्राउ

Banner News 3, ट्रेन्डिङ, समाचार, समाज
खाँदबारी नगरपालिका–८ मा गाई काटेको अभियोगमा दुईजना पक्राउ परेका छन  । प्रहरीले भारतको सिलिगुडी घर भई हाल खाँदबारी–८ बस्ने २७ वर्षीय अम्बर तामाङ र सोही ठाउँका १८ वर्षीय डम्बर विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिनुभयो । उनीहरुलाई शुक्रबार दिउँसो खाँदबारी–८ भोटबारीबाट पक्राउ गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए। गाई काटेको भन्ने खबर पाउनसाथ खटिएको प्रहरी टोलीले भोटबारीबाट पक्राउ गरेको उहाँले बताउँनुभयो ।  प्रहरीले तामाङको घरबाट३०० मिटर पूर्वमा रहेको खोला किनारबाट गाई काटिरेहको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । अन्य दुईजना फरार रहेकाले खोजी गरिरहेको प्रहरी निरीक्षक अधिकारीले बताउँनुभयो ।  पक्राउ परेकामाथि गौवधसम्बन्धी मुद्दा चलाइएको प्रहरीले जनाएको छ । गौवधसम्बन्धी मुद्दामा तीन वर्षसम्म कैद हुन कानुनी ब्यवस्था रहेको प्रहरी...
कस्तो छ तपाईको साउन महिना ?

कस्तो छ तपाईको साउन महिना ?

Banner News 3, धर्म संस्कृति
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) साउन महिनामा समग्रमा सकारात्मक महिना रहेको छ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रतिष्ठित व्यक्तिहरूसँगको अन्तरक्रियाले मनोबल उच्च बनाउनेछ । महिनाको उत्तरार्धबाट र तनाव बढेको महसुस हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यो महिनाको लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग पहेँलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) वृष राशिका लागि यो महिनामा रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । शुभारम्भको चर्चा चल्नेछ । मित्र जनको साथ र सहयोगले उल्लेख्य कार्य...
आजबाट कस्ता मोबाइल फोन चल्दैनन् ?

आजबाट कस्ता मोबाइल फोन चल्दैनन् ?

Banner News 3, समाचार, समाज
नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध मोबाइल प्रयोग निरुत्साहित गर्ने उद्देश्यले सफ्टवेयर लागू गरेको छ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू भएको र यो प्रणालीले नेपाल भित्रिएका अवैध मोबाइल बन्द गर्ने र वैध मोबाइल मात्रै सञ्चालन हुने प्राधिकरणले जनाएको छ । अब विदेशबाट किनेर वा उपहारका रुपमा आएका मोबाइलको आईएमईआई दर्ता गर्नुपर्छ । दूरसञ्चार प्राधिकरणको वेबसाइटबाट आईएमईआई नम्बर दर्ता गर्न सकिन्छ । वेबसाइटबाट आफ्नो मोबाइलको आईएमईआई नम्बर दर्ता छ कि छैन भनेर पनि हेर्न सकिन्छ । तर दर्ता नभएका मोबाइल तत्काल बन्द हुँदैनन् । भन्सारबाट भित्रिएका मोबाइलको आईएमईआई नम्बर र प्रयोगकर्ता आफैंले दर्ता गराएको आईएमईआई नम्बर एमडीएमएसमा सूचीकरण गर्ने काम भैरहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार विदेशमा चोरी भएका वा कर नतिरी नेपाल भित्रिएका मोबाइल सेटको प्रयोग निरुत्साहित गर्ने उद...
भाडामा सञ्चालन भईरहेको धितुङ वडा कार्यलय अब आफ्नै भवनमा

भाडामा सञ्चालन भईरहेको धितुङ वडा कार्यलय अब आफ्नै भवनमा

Banner News 3, समाचार, स्थानीय
खोटाङको हलेसी तुवाचुङ नगरपालिका ८ धितुङ वडा कार्यलयको भवन उद्धघाटन गरिएको छ । बिहिबार एक कार्यक्रमका बीच नगर प्रमुख इवन राईले नवनिर्मित भवनको उद्धघाटन गर्नु भएको हो । आर्थीक बर्ष २०७६\०७७ र २०७७\०७८ मा नगरपालिकाबाट बिनियोजित २०\२० लाख गरी जम्मा रु ४० लाखमा ६ कोठाको एक तले आरसिसि भवन निर्माण पश्चात उद्धघाटन भएको वडाध्यक्ष पृध्वीराज राईले जानकारी दिुनुभयो । साविक धितुङ गाउँ विकास समितीको भवन भत्किएको कारण वडा कार्यलय बार्षिक १ लाख २० हजार भाडा तिरेर सञ्चालन भईरहेको थियो । वडा कार्यलयको आफ्नै भवन निर्माण पश्चात सेवा प्रदानमा सहजसँगै भाडा तिर्ने रकम बचत हुने उहाँले बताउँनु भयो । भवन निर्माणको लागि स्थानीय परमशेर राईले ३ रोपनी जग्गा निशुल्क प्रदान गर्नु भएको वडाध्यक्ष राईको भनाई छ ।...
कोरोना संक्रमित ४ सञ्चारकर्मीलाई लेखनावृति पुरस्कार

कोरोना संक्रमित ४ सञ्चारकर्मीलाई लेखनावृति पुरस्कार

Banner News 3, समाचार, समाज
नेपाल पत्रकार महासंघ सोलुखुम्बुले कोरोना संक्रमित ४ जना सञ्चारकर्मीलाई लेखनावृति पुरस्कार प्रदान गरेको छ । प्रदेश नम्बर एकको सहयोग तथा नेपाल पत्रकार महासंघ प्रदेश कमिटिको संयोजनमा मंगलबार एक कार्यक्रमका बीच नगद रु. १० हजारका दरले पुरस्कार प्रदान गरेको हो । पुरस्कार प्राप्त गर्नेहरुमा जिल्लामा सञ्चालित सोलु एफ.एममा कार्यरत अन्जु कार्की र रमन वन, रेडियो चोमोलुङ्मामा कार्यरत बिदुर बस्नेत र गोरखापत्र दैनिकका जिल्ला संवाददाता सन्तोष राउत रहेको नेपाल पत्रकार महासंघ सोलुखुम्बुले जनाएको छ । पुरस्कृत चारै जना संक्रमण मुक्त भईसकेको जनाइएको छ । उनीहरुलाई समाचार संङकलनको क्रममा कोरोना लेखनवृति वापतको रकम हस्तान्तरण गरिएको महासंघ सोलुखुम्बुका अध्यक्ष नुतन श्रेष्ठले बताउँनु भयो ।...