लगातारको बर्षाले किवि कुहिन थालेपछि खोटाङका कृषक चिन्तित
लगातारको बर्षाको कारण खोटाङका किवि कृषक चिन्तित बनेका छन । लगातारको बर्षाले बोटबाट किवि फल कुहिएर झर्न थालेपछि कृषक चिन्तित बनेका हुन ।
जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी गाउँपालिका र साकेला गाउँपालिकाका केहि भुभागमा किवि खेती हुँदै आएको छ । कोदो,मकै,गँहु लगाएतका नियमित बाली छाडेर किवि खेती तर्फ आकर्षित बनेका कृषक यो बर्ष भने चिन्तित बनेका छन । करीब १८ रोपनी क्षेत्रफलमा किवि खेती गरेर अघिल्लो बर्ष १ लाख माथी आम्दानी गर्नु भएका केपिलासगढी गाउँपालिका ७ सुङदेलका कृषक बिशाल दुमि राई यो बर्ष ५० हजार पनि आम्दानि नहुँने बताउँनु हुन्छ ।
चैत्र महिनामा फूल लागेर कात्तिक÷मंसिर महिनामा तयार हुने किवि लगातारको बर्षाको कारण बोट बाट फल कुहिएर झरेपछि भदौको पहिलो सातामै बोट रिक्तो हुन थालेको राईको भनाई छ ।
यो बर्ष धेरै पानी पर्दा धान,कोदो लगाएतका खेतीलाई राम्रो गरेको छ । तर कि...









