Thursday, April 16News That Matters

Author: रुपाकोट खबर

रावाबेसी गाउँपालिका किसानको तरकारी तथा फलफुल कुहिएर जाने समस्याको अन्त्य हुँदै

रावाबेसी गाउँपालिका किसानको तरकारी तथा फलफुल कुहिएर जाने समस्याको अन्त्य हुँदै

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङको रावाबेसी गाउँपालिकाका किसानकोे तरकारी तथा फलफुल कुहिएर जाने समस्याको अन्त्य हुने भएको छ । गाउँपालिकाले भण्डारनको लागि कोल्ड स्टोर निर्माण गर्ने भएपछि किसानको समस्या समाधान हुने भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेख बहादुर थापाका अनुसार कोल्ड स्टोर निर्माणका लागि १ करोड ८० लाख लागतको अनुमान गरिएको छ । जस अन्तरगत १ करोड ६ लाख बजेट गाउँपालिकाले बिनियोजन गरिसकेको छ । आर्थिक बर्ष २०७८÷०७९ मा कोल्ड स्टोरको आरसिसि भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको गाउँपालिकाले हाल भवनको डिपिसि सम्मको कार्य सम्पन्न भएको प्रमुख प्रशासकिय अधिकृत थापाले बताउँनु भयो । उत्पादनको हिसाबले रावाबेसी गाउँपालिका उर्वर भुमी भएतापनि तरकारी एवं फलफुल सुरक्षित राख्न किसानलाई समस्या हुने गरेको छ । जसले गर्दा किसानको समस्या समाधानको लागि गाउँपालिकाले कोल्ड स्टोर निर्माणको कार्य अघि सारेको गाउँपालिका...
लोकसेवा आयोगको परीक्षा नरोकिने

लोकसेवा आयोगको परीक्षा नरोकिने

Banner News 3, ताजा अपडेट, समाचार
लोकसेवा आयोगले लिने कुनै पनि परीक्षा अब स्थगित नहुने आयोगले जनाएको छ । आयोगले तालिका प्रकाशित गरेको परीक्षाहरु नरोक्ने आयोगका प्रवक्ता तोयनारायण सुवेदीले बताए । उनले भने ‘हामीले तालिका प्रकाशित गरेका परीक्षाहरु सञ्चालन भईरहेका छन् र अबका परीक्षाहरु पनि तोकिएकै समयमा हुन्छ ।’ परीक्षा स्थगित गर्नेबारे छलफल नै नभएको समेत उनले बताए । आयोगले आ.व. २०७६-०७७ र आ.व. २०७७-०७८ मा विज्ञापन भई परीक्षा सञ्चालन हुन बाँकी विभिन्न तहका परीक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । आयोगले साउन १५ गतेदेखि असोज २३ गतेसम्म हुने परीक्षा तालिका प्रकाशित गरी परीक्षा सञ्चालन गरिरहेको छ ।...
जसपा खारेजको मागमा सर्वोच्चले दिएन अन्तरिम आदेश

जसपा खारेजको मागमा सर्वोच्चले दिएन अन्तरिम आदेश

Banner News 2, ताजा अपडेट, राजनीति
तत्कालिन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीचको एकता खारेजको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । तत्कालिन राजपासँग पार्टी एकता गरी आएका राष्ट्रिय जनमुक्ति पार्टीका राजकुमार थापाले एकीकरण प्रक्रिया नमिलेको भन्दै खारेजीको माग गर्दै रिट दिएका थिए । सोमबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासले राजपा र समाजवादी पार्टीबीचको एकता खारेज नपर्ने आदेश दिएको हो । यही रिटमा गत असार ३० गते न्यायाधीश कुमार रेग्मीको इजलासले विपक्षीसँग लिखित जवाफ माग गरी अन्तरिम आदेशका लागि छलफलमा बोलाएको थियो ।...
साम्राज्ञीसँग जीतुको रोमान्स  !

साम्राज्ञीसँग जीतुको रोमान्स !

Banner News 3, ताजा अपडेट, मनोरञ्जन
अभिनेता तथा हास्य कलाकार जीतु नेपालको अहिले हिट हिरोइन अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग रोमान्स रहने भएको छ । नेपालले रियलमा नभएर रिल लाइफमा साम्राज्ञीसँग रोमान्स गर्न लागेका हुन् । लण्डन निवासी कपिल रिजालको निर्देशन रहने एक फिल्ममा नेपाल र शाह मुख्य भूमिकाको लागि छानिएका हुन् । फिल्म अभिनयका लागि दुबै कलाकारले लिखित सम्झौता गरिसकेको बताइएको छ । १५ भदौबाट फ्लोरमा निस्कने फिल्म काठमाडौं र पोखराको विभिन्न स्थानमा खिचिनेछ । यसअगाडि फिल्म ‘ड्रिम्स’ निर्माण गरेका कपिलले यसै चलचित्रमार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन् । फिल्मको प्राविधिक लगायत सबै पक्षको छिट्टै प्रेसमिट गरेर जानकारी दिने निर्माण युनिटले जनाएको छ । ‘छक्का पन्जा’ टिमसँग बाहिरिएपछि जितुले पहिलो पटक बाहिरको फिल्ममा काम गर्न लागेका हुन् । फिल्ममा जीतु साम्राज्ञीको प्रेमीको भूमिकामा देखिने बताइएको छ ।...
समाजवादी केन्द्र ः सके एकता नत्र चुनावी मोर्चा, माधव नेपाललाई अध्यक्ष प्रस्ताव

समाजवादी केन्द्र ः सके एकता नत्र चुनावी मोर्चा, माधव नेपाललाई अध्यक्ष प्रस्ताव

Banner News 1, ताजा अपडेट, राजनीति, समाचार
गत माघ १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा भेट भयो । नेकपा विभाजनको संघारमा पुगेको बेला यो भेट भएको थियो। माओवादी आन्दोलनका पुराना सहयात्री प्रचण्ड र भट्टराई पुनः एक ठाउँमा उभिने सम्भावनाको खोजी गरिरहेका थिए। ०७२ साल असोज १० गते तत्कालीन एमाओवादी पार्टी परित्याग गरेर वैकल्पिक राजनीति थालेका भट्टराई विभिन्न घुम्ती पार गर्दै जनता समाजवादी पार्टीमा पुगेका छन्। प्रचण्डले भने माओवादी ब्रान्ड टिकाउन हम्मे परेपछि एमालेसँग चुनावी तालमेलपछि पार्टी एकता गरेका थिए। तर, नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पुस ५ प्रतिनिधि सभा विघटन गरेपछि उनीहरु एकठाउँ बस्ने सम्भावना समाप्त भयो। प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमलाई ०७७ फागुन ११ गते सर्वाेच्च ...
भारत र इङ्ग्ल्यान्डबीचको पहिलो टेस्ट क्रिकेट बराबरीमा

भारत र इङ्ग्ल्यान्डबीचको पहिलो टेस्ट क्रिकेट बराबरीमा

खेलकुद, ताजा अपडेट
भारत र इङ्ग्ल्यान्डबीचको पहिलो टेस्ट क्रिकेट बराबरीमा सकिएको छ । अन्तिम तथा पाँचौँ दिन वर्षाका कारण खेल हुन नसक्दा पहिलो टेस्ट बराबरीमा सकिएको हो । इङ्ग्ल्यान्डलाई जितको लागि १ सय ५७ रन अघिनै भारतको नौ विकेट लिनुपर्ने हुन्थ्यो । तर वर्षा बाधक हुँदा नजिताविहीन हुन पुग्यो । चौथो दिनको खेल सकिँदा जितको लागि २ सय ९ रनको लक्ष्य पछ्याएको भारतले १४ ओभरमा एक विकेट गुमाएर ५२ रन बनाएको थियो । ‍पाँच टेस्ट श्रृङ्खला अन्तर्गत दोस्रो खेल बिहिवारदेखि लर्ड्स क्रिकेट मैदानमा हुनेछ ।...
आज विश्व आदिवासी दिवस मनाइँदै

आज विश्व आदिवासी दिवस मनाइँदै

Banner News 1, ताजा अपडेट, समाचार, समाज
आज २७ औँ विश्व आदिवासी दिवस । नेपालमा पनि आदिवासी जनजाति समुदायको हक अधिकारमा जोड दिएर मनाइँदै छ । सन् १९९४ देखि मनाइँदै आएको दिवसको यस वर्षको नारा 'कसैलाई पछाडि नछोडौँ, आदिवासी जनजाति र नयाँ सामाजिक सम्झौताका लागि आह्वान' भन्ने नारासहित तय गरिएको छ । यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले अल्पसङ्ख्यक र सीमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध रहेको बताउनुभएको छ ।  आदिवासी दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले संसारभरका आदिवासी समुदायलाई एकै सूत्रमा बाँध्ने उल्लेख गर्नुभएको छ । नेपालले सन् २००७ सेप्टेम्बर १३ तारिखमा आदिवासीहरूको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको प्रावधानलाई अनुमोदन गरिसकेको र त्यस अनुसार महासन्धिलाई कार्यान्वयन गर्न पूर्ण प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाको भनाइ  छ ।...
आजको राशिफल

आजको राशिफल

Banner News 2, ताजा अपडेट, धर्म संस्कृति
आज – २५ साउन २०७८ सोमवार को राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विलासी बस्तुको प्रयोग गर्न पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ । लामो समय देखि भेट नभएका मित्रहरू सँग भेट हुनेछ परिश्रम गर्दा धनार्जन हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । बौद्धिकताको विकास हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफन्तको प्रगतिमा मन रमाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । महिला वा मित्रबाट सहयोग मिल्नेछ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) इच्छा र आक...
अफगानिस्तानमा तालिबानको बढ्दो प्रभाव रोक्न हवाई आक्रमणलाई तीव्रता

अफगानिस्तानमा तालिबानको बढ्दो प्रभाव रोक्न हवाई आक्रमणलाई तीव्रता

Banner News 3, अन्तर्राष्ट्रिय, ताजा अपडेट
अफगानिस्तानमा विद्रोही समूह तालिबानको बढ्दो प्रभाव रोक्न अमेरिकाले हवाई आक्रमणलाई बढाएको छ । अफगानिस्तानको सेनासँगको सहकार्यमा अमेरिकाले लडाकु विमानमार्फत हवाई आक्रमणलाई बढाएको हो । केही समययता तालिबानले विभिन्न सहरलाई नियन्त्रणमा लिन थालेसँगै भएको हवाई आक्रमणमा कयौँ लडाकु मारिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तालिबानले पनि आक्रमणका घटनालाई बढाउँदै लगेको छ । जरञ्ज राज्यको शाबरगानमा रहेको एक जेलका सबै कैदीलाई तालिबानले रिहा गरिदिएको छ । तालिबानले पछिल्लो तीन दिनमा तीन वटा प्रान्तीय राजधानी आफूहरुले कब्जामा लिएको दाबी गरेको छ । लडाकुहरुले पछिल्लो पटक कुन्दुज प्रान्तको राजधानी नियन्त्रणमा लिएको दाबी गरेका हुन् । यसअघि निम्रोजको राजधानीकाे जरञ्ज र जोजन राज्यको शाबरगान नियन्त्रणमा लिइएको दाबी गरिएको थियो । अफगानिस्तानबाट अमेरिकासहितका विदेशी सेना फिर्ता हुने निर्णयसँगै तालिबानल...
खोटाङमा नेपाल मास्क अभियानको सुरुवात

खोटाङमा नेपाल मास्क अभियानको सुरुवात

Banner News 1, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङमा बजार क्षेत्रका घर–घरमा सचेतना फैलाउँदै नेपाल मास्क अभियान सुरु गरिएको छ । सरकारले कोरोना संक्रमणको रोकथामका लागि मास्कको महत्व तथा मास्कको सही प्रयोग बारे जनचेतना जगाउने उद्देश्यले सुरु गरेको अभियानमा जिल्लाका सरोकारवालाहरु सहभागी भएका हुन् । अभियान अन्र्तगत आईतबार जिल्लाका प्रमुख ब्यापारिक केन्द्र दिक्तेल बजारका सर्वसाधारण लगायतलाई मास्क वितरण गर्दै जनचेतना विस्तार गर्न सुरु गरिएको छ । अभियानमा जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालय, रेडक्रस, स्थानीय तह, नागरिक समाज लगायतका सहभागिता थियो । अभियानमा उद्योग बाणिज्य संघ, गैर सरकारी संस्था, अधिकारकर्मी, पत्रकारको समेत सहभागिता रहेको जिल्ला स्वास्थ्य कार्यालयका पमुख  पुण्यप्रसाद सिग्देलले बताउनुभयो । जिल्लामा कोरोना संक्रमितको संख्या बढिरहेको सन्दर्भमा सचेतना बिस्तारलाई जोड दिईएको छ । अभियान अन...