खोटाङमा एक घरमा आगलागि हुँदा ६ लाख बराबरको क्षेती
खोटाङमा एक घरमा आगलागि हुँदा ६ लाख बराबरको क्षेती भएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका ५ गणेसटार स्थीत केशव कुमार राईको घरमा आगलागि हुँदा उक्त रकम बराबरको क्षेती भएको हो ।
बिहिबार (आज) दिउँसो ३ बजेर २० मिनेटको समयमा आगलागि हुँदा राईको ढुंगा माटोले बनेको खरको छाना भएको ३ तले घर जलेर नष्ट भएको छ । घरमा रहेको अन्नपात, लत्ता कपडा, भाडाकुडा सहित घर नजिकैको मतानमा रहेको ३ वटा खसी, २ वटा सुँगुर जल्दा ६ लाख बराबरको क्षेती भएको जिल्ला प्रहरी कार्यलय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक (इन्सपेक्टर) अम्मर प्रसाद गजमेरले जानकारी दिनुभयो ।
घटना भएको लगत्तै हलेसी तुवाचुङ प्रहरी चौकीबाट असईको कमाण्डमा प्रहरी पुगेर केहि समय पश्चात आगो नियन्त्रणमा ल्याएको उहाँको भनाई छ । आगलागिको कारण भने खुल्न बाकी रहेको इन्सपेक्टर गजमेरले बताउँनु भयो ।...






