Friday, October 23News That Matters

समाज

हाल खोटाङमा सार्वजनिक यातायातको भाडा कहाँ सम्मको कती ?

हाल खोटाङमा सार्वजनिक यातायातको भाडा कहाँ सम्मको कती ?

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ साउन २० : खोटाङमा सार्वजनिक यातायातको भाडा बृद्धि भएको छ । २८ प्रतिशतले बृद्धि भएको भाडा साउन १९ गते देखि लागु भएको हो । जिल्लाका यातायात व्यवसायीहरुले बृद्धि गरेको भाडा अनुसार अब दिक्तेलबाट बसमा काठमाण्डौ, ईटहरी र धरान जानका लागि १ हजार ५ सय ३६ रुपैयाँ भाडा लाग्नेछ । दिक्तेल–बिराटनगर १ हजार ६ सय, दिक्तेल–काकडभित्ता १ हजार ७ सय २८ रुपैयाँ र दिक्तेल–गाईघाट १ हजार २४ रुपैयाँ भाडा लाग्ने खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिनुभयो । यस्तै, जिपमा दिक्तेलबाट काठमाण्डौ जान १ हजार ८ सय ५६ रुपैयाँ, दिक्तेल–ईटहरी २ हजार २ सय, दिक्तेल–धरान २ हजार २ सय ४० रुपैयाँ, दिक्तेल– बिराटनगर र दिक्तेल–काकडभिट्टा २ हजार ३ सय ४ रुपैयाँ र दिक्तेलबाट गाईघाट जान १ हजार ५ सय ३६ रुपैयाँ भाडा निर्धारण गरिएको छ ।...
शुक्रबारदेखि दोस्रो डोजको खोप

शुक्रबारदेखि दोस्रो डोजको खोप

Banner News 3, ताजा अपडेट, समाचार, समाज
सरकारले पर्सि शुक्रबारदेखि दोस्रो डोजको खोप दिन देशभर अभियान सुरु गर्ने भएको छ । गएको असार २९ गतेदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुले पर्सिदेखि दोस्रो डोज पाउने स्वाथ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा  विभागले जनाएको छ । पहिलो डोज लगाएका ५५ वर्षदेखि माथिका नागरिकलाई २१ दिनपछि दोस्रो डोज दिन लागिएको हो ।  यस्तै, अहिलेसम्म खोप नलगाएका व्यक्तिले खोपका लागि स्वास्थ्य मन्त्रालयको वेभसाइट www.vaccine.mohp.gov.np मा अनिवार्य नाम दर्ता गर्नु पर्ने विभागले जनाएको छ । मन्त्रालयले यसकै आधारमा तोकेको लक्षित समूहभित्रका व्यक्तिलाई खोपको व्यवस्था गर्ने स्पष्ट पारेको छ । यस्तै, आजदेखि विदेश जाने नेपाली नागरिकले खोप लगाएको विद्युतीय प्रमाण पत्र (क्यूआर कोडसहितको) कीर्तिपुर नगरपालिकामा रहेको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट पाउने भएका छन् । यो सेवा अन्य जिल्लामा...
नौ दिनको शिशुसहित तीन जनाको पोखरीमा डुबेर मृत्यु

नौ दिनको शिशुसहित तीन जनाको पोखरीमा डुबेर मृत्यु

Banner News 3, ताजा अपडेट, समाचार, समाज
सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ । स्थानीयवासी सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, १८ महिनाकी छोरी रामा र नौ दिनको छोराको स्थानीयवासी सूर्यवंश चौधरीको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको ब्रम्ह्पुरी–३ भेल्हीका वडाध्यक्ष श्याम साहले जानकारी दिए । गए राति करिब १२ बजे घरबाट निस्केकी रिकेवादेवीको शव आज बिहान स्थानीयवासीले पोखरीमा देखेपछि घटना सार्वजनिक भएको वडाध्यक्ष साहले जानकारी दिए । महिलाको मानसिक सन्तुलन ठिक नभएको उनले जानकारी दिए । राति घरबाट बच्चासहित श्रीमती निस्केपछि खोजीमा निस्केका श्रीमान् सञ्जीव कापड अहिलेसम्म घर आइनपुगेको प्रहरीले जनाएको छ । उनको साथमा मोबाइल नभएका कारण सम्पर्क पनि हुन नसकेको सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए...
कक्षा १२ को परीक्षा होम सेन्टरबाटै

कक्षा १२ को परीक्षा होम सेन्टरबाटै

Banner News 2, ताजा अपडेट, समाचार, समाज
कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होमसेन्टरबाटै परीक्षा लिने तय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए । बुधबार संसदको शिक्षा तथा स्वास्थ समितिको बैठकमा बोल्दै सदस्य सचिव अर्यालले भने, “अर्को ठाउँमा जानु पर्दा यातायातको समस्या हुने, विद्यार्थीले कोठा खोजेर बस्नुपर्ने, यस्ता कार्यले कोरोना जोखिमलाई पनि थप बढाउन सक्ने भएकाले होम सेन्टरबाट गर्नुपर्ने भएको छ । कक्षा १० को आन्तरिक मूल्यांकनबाट नतिजा  निकाल्ने तयारी भएको तर १२ को भने आन्तरिक मूल्यांकनबाट नभइ भौतिक उपस्थितिमै परीक्षा लिनुपर्ने सुझाव आएकोले होम सेन्टरबाट परीक्षा लिन लागेको  सदस्य सचिव अर्यालले जानकारी दिए । उनका अनुसार कक्षा १२ का २८ भन्दा कम विद्यार्थी भएका एक हजार विद्यालय छन्, ५० भन्दा कम विद्यार्थी भएका दुई हजार ३००,  एक सयभन्दा...
इजरायलले मागेको एक हजार श्रमिकका लागि आवेदन आह्वान

इजरायलले मागेको एक हजार श्रमिकका लागि आवेदन आह्वान

Banner News 2, ताजा अपडेट, समाचार, समाज
इजरायलले मागेको नेपालबाट लगिने एक हजार जना श्रमिकका लागि आवेदन आह्वान भएको छ । वैदेशिक रोजगार विभागले २१ दिनको म्याद राखेर एक हजार जनाका लागि आज(मङ्गलवार) आवेदन खुलाएको हो। २५ वर्ष पूरा भइ ४५ वर्ष ननाघेको, १० कक्षा उत्तीर्ण तथा केयरगिभिङ्ग तालिम प्राप्तले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । नेपालसँग सम्झौता भएको लामो समयसम्म पनि इजरायलले यसअघि नेपाली कामदार लैजान आनाकानी गरिरहेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल नेपाली कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७८ जारी गरिसकेको छ । सरकारले पछिल्लोपटक गएकाे असोज १४ गते सम्झौतापत्रमा हस्ताक्षर गरी सरकार टु सरकार (जीटूजी)मार्फत कामदार पठाउनेछ ।...
मानव अधिकार उल्लङ्घनमा दोषी ठहर १५ जनालाई कारबाही भएन

मानव अधिकार उल्लङ्घनमा दोषी ठहर १५ जनालाई कारबाही भएन

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ साउन ११ : मानव अधिकार उल्लङ्घनकर्ता १५ जनालाई कारबाही नभएको पाईएको छ । मानव अधिकार उल्लङ्घनकर्ता भनि कारबाहीको लागि सिफारिश गरिएपनि उनिहरुलाई अझै कारबाही नभएको मानव अधिकार आयोग शाखा कार्यलय खोटाङले जनाएको छ । बि.स. २०६० साल भदौ १५ गते खोटाङको साविक चिसापानी गा.वि.स वडा नम्बर ४ का देव बहादुर राई, कैलाश कार्की, धिर बहादुर कार्की र दिपक बिष्टलाई अपहरण गरी हत्या गरेको आरोपमा दोषी ठहर भएपनि नेपाली सेनामा कार्यरत सुवास के.सी र नेपाल प्रहरीमा कार्यरत मनिष मल्ललाई अझै कारबाही हुन नसकेको मानव अधिकार आयोग शाखा कार्यलय खोटाङका प्रमुख श्याम बाबु काफ्लेले बताउँनु भयो । यस्तै पाथेकाका किरण राईलाई यातना दिदा निजको मृत्यु भएको आरोपमा दोषी ठहर भएका ११ जना प्रहरीलाई कारबाही नभएको उहाँको भनाई छ । ओखलढुंगा मुलखर्कका दिर्ग बहादुर खत्रीलाई अपहरण गरी यातना दिएको भनि दोषी ठहरीएका तत्कालिन नेकपा माववादीका ...
मेलम्ची आयोजनामा झण्डै दुई अर्बको क्षति

मेलम्ची आयोजनामा झण्डै दुई अर्बको क्षति

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा करीब दुई अर्ब बराबरको क्षति भएको अनुमान गरिएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठका अनुसार प्रारम्भिक रुपमा गरिएको अनुमानअनुसार एक अर्ब ८८ करोडको क्षति भएको देखिएको हो । आयोजनाले चिनियाँ ठेकदार कम्पनी सिनो हाइड्रोले हालसालै बनाइसकेको स्थायी बाँधमा सामान्य मात्रै क्षति पुगको अनुमानमा आधारित भएर क्षतिको पूर्वानुमान गरेको हो । बाढीबाट सुरुङ जोगिए पनि आयोजनाको बाँधसहितका बाहिरी संरचना ढुंगा, गिट्टी, बालुवा र माटोले पुरिएका छन् । बनेका संरचनामाथि नै खोला बगिरहेकाले नदी नियन्त्रणको काम पनि प्रभावकारी ढंगले गर्नुपर्ने अवस्था आएको छ । ‘क्षतिको एकीन विवरण बाढीले पुरिएका सबै संरचना हेरेर विस्तृत अध्ययनपछि मात्रै भन्न सकिन्छ,’ उनले भने, ‘आयोजनाको बाँधस्थलको पुनर्स्थापनाका लागि के-के गर्न सकिन्छ भनेर हाम्रो प्राविधिक टोली मेलम...
भारतमा चोरेको गाडी नेपालमा, दुई जना पक्राउ

भारतमा चोरेको गाडी नेपालमा, दुई जना पक्राउ

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
भारतबाट ल्याएका चोरीको गाडीसहित प्रहरीले काठमाडौंमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले वौद्धबाट दुईवटा चोरीको गाडीसहित मुस्ताङ घर भई वौद्ध बस्ने आग्या गुरुङ र भारत पश्चिम बंगाल घर भई वौद्ध बस्ने सोनाम टासी योल्मोलाई पक्राउ गरेको छ । बरामद गाडी भारतबाट चोरेर नेपाल ल्याएको हुन सक्ने महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए । उनका अनुसार बरामद गाडीमध्ये एउटामा नेपाली नम्बर प्लेट र एउटामा भारतीय नम्बर प्लेट नै भेटिएको थियो । ‘भारतबाट नै चोरेर ल्याएको देखियो, विस्तृत अनुसन्धान हुँदैछ’ उनले भने । उनीहरुले यसअघि पनि भारतीय गाडी ल्याएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान शुरु गरेको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।...
एकै वर्ष ५० अर्बको चामल र ३८ अर्ब रुपैयाँको हरियो तरकारी विदेशबाट भित्रियो

एकै वर्ष ५० अर्बको चामल र ३८ अर्ब रुपैयाँको हरियो तरकारी विदेशबाट भित्रियो

Banner News 1, ताजा अपडेट, समाचार, समाज
कृषिप्रधान देश नेपालले एक वर्षमै झण्डै ८० अर्ब रुपैयाँको खाद्यान्न विदेशबाट आयात गरेको छ । नेपालमै मनग्य उत्पादन गर्न सकिने धान, गहुँ, मकै, कोदो, फापर, जौँ तिल लगायतका खाद्यान्न छिमेकी देश भारतदेखि युरोपका विभिन्न देश, अमेरिका अनि दक्षिण अफ्रिकाबाट समेत आयात भएको छ । गएको आर्थिक वर्षमा ५० अर्ब रुपैयाँ भन्दा धेरैको धान/चामल मात्रै आयात भएको छ । भन्सार विभागका अनुसार गत वर्ष ५० अर्ब ८० करोड रुपैयाँको धान, चामल, कनिका र च्युरा आयात भएको छ । यसमध्ये झण्डै ४५ अर्ब रुपैयाँको धान/चामल भारतबाट मात्रै आयात भएको छ । नेपालले चीन, अमेरिका, इन्डोनेसिया, जापान फिलिपिन्स लगायत देशबाट धान, चामल आयात गर्दै आएको छ । यस्तै, गएको वर्ष मात्रै साढे १६ अर्ब रुपैयाँको मकै आयात भएको छ । नेपालले भारत, चीन देखि अर्जेन्टिना, दक्षिण अफ्रिका लगायतका देशबाट मकै आयात गरेको छ । नेपालमा एकै वर्ष ३८ अर्ब ५० करोड रुपैयाँको...
६० वटा स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट

६० वटा स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
मुलुकभरका ७ सय ५३ स्थानीय तहमध्ये ६० वटाले आर्थिक वर्ष २०७८/०७९ नीति, कार्यक्रम तथा बजेट ल्याउन सकेका छैनन्। अधिकांश स्थानीय तहमा जनप्रतिनिधि विवादका कारण बजेट पेस गर्न नसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।  स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले सबै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि असार १० गतेभित्र आ-आफ्नो सभामा नीति, कार्यक्रम र बजेट पेस गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था गरेको छ। तर,कतिपय स्थानीय तहले भने बजेट बिना नै आर्थिक वर्ष गुजार्ने भएका छन्। अहिलेसम्म बजेट नल्याउने स्थानीय तहमा प्रदेश १ मा ९ वटा गाउँपालिका, प्रदेश २ मा १५ वटा नगरपालिका र २२ गाउँपालिका, बागमती प्रदेशमा ५ वटा गाउँपालिका, लुम्बिनी प्रदेशमा २ वटा गाउँपालिका, कर्णाली प्रदेशमा एउटा नगरपालिका र दुई वटा गाउँपालिका तथा सुदूरपश्चिम प्रदेशमा एउटा नगर...