Monday, August 24News That Matters

समाज

कक्षा १२ को परीक्षा होम सेन्टरबाटै

कक्षा १२ को परीक्षा होम सेन्टरबाटै

Banner News 2, ताजा अपडेट, समाचार, समाज
कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होमसेन्टरबाटै परीक्षा लिने तय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए । बुधबार संसदको शिक्षा तथा स्वास्थ समितिको बैठकमा बोल्दै सदस्य सचिव अर्यालले भने, “अर्को ठाउँमा जानु पर्दा यातायातको समस्या हुने, विद्यार्थीले कोठा खोजेर बस्नुपर्ने, यस्ता कार्यले कोरोना जोखिमलाई पनि थप बढाउन सक्ने भएकाले होम सेन्टरबाट गर्नुपर्ने भएको छ । कक्षा १० को आन्तरिक मूल्यांकनबाट नतिजा  निकाल्ने तयारी भएको तर १२ को भने आन्तरिक मूल्यांकनबाट नभइ भौतिक उपस्थितिमै परीक्षा लिनुपर्ने सुझाव आएकोले होम सेन्टरबाट परीक्षा लिन लागेको  सदस्य सचिव अर्यालले जानकारी दिए । उनका अनुसार कक्षा १२ का २८ भन्दा कम विद्यार्थी भएका एक हजार विद्यालय छन्, ५० भन्दा कम विद्यार्थी भएका दुई हजार ३००,  एक सयभन्दा...
इजरायलले मागेको एक हजार श्रमिकका लागि आवेदन आह्वान

इजरायलले मागेको एक हजार श्रमिकका लागि आवेदन आह्वान

Banner News 2, ताजा अपडेट, समाचार, समाज
इजरायलले मागेको नेपालबाट लगिने एक हजार जना श्रमिकका लागि आवेदन आह्वान भएको छ । वैदेशिक रोजगार विभागले २१ दिनको म्याद राखेर एक हजार जनाका लागि आज(मङ्गलवार) आवेदन खुलाएको हो। २५ वर्ष पूरा भइ ४५ वर्ष ननाघेको, १० कक्षा उत्तीर्ण तथा केयरगिभिङ्ग तालिम प्राप्तले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । नेपालसँग सम्झौता भएको लामो समयसम्म पनि इजरायलले यसअघि नेपाली कामदार लैजान आनाकानी गरिरहेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल नेपाली कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७८ जारी गरिसकेको छ । सरकारले पछिल्लोपटक गएकाे असोज १४ गते सम्झौतापत्रमा हस्ताक्षर गरी सरकार टु सरकार (जीटूजी)मार्फत कामदार पठाउनेछ ।...
मानव अधिकार उल्लङ्घनमा दोषी ठहर १५ जनालाई कारबाही भएन

मानव अधिकार उल्लङ्घनमा दोषी ठहर १५ जनालाई कारबाही भएन

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ साउन ११ : मानव अधिकार उल्लङ्घनकर्ता १५ जनालाई कारबाही नभएको पाईएको छ । मानव अधिकार उल्लङ्घनकर्ता भनि कारबाहीको लागि सिफारिश गरिएपनि उनिहरुलाई अझै कारबाही नभएको मानव अधिकार आयोग शाखा कार्यलय खोटाङले जनाएको छ । बि.स. २०६० साल भदौ १५ गते खोटाङको साविक चिसापानी गा.वि.स वडा नम्बर ४ का देव बहादुर राई, कैलाश कार्की, धिर बहादुर कार्की र दिपक बिष्टलाई अपहरण गरी हत्या गरेको आरोपमा दोषी ठहर भएपनि नेपाली सेनामा कार्यरत सुवास के.सी र नेपाल प्रहरीमा कार्यरत मनिष मल्ललाई अझै कारबाही हुन नसकेको मानव अधिकार आयोग शाखा कार्यलय खोटाङका प्रमुख श्याम बाबु काफ्लेले बताउँनु भयो । यस्तै पाथेकाका किरण राईलाई यातना दिदा निजको मृत्यु भएको आरोपमा दोषी ठहर भएका ११ जना प्रहरीलाई कारबाही नभएको उहाँको भनाई छ । ओखलढुंगा मुलखर्कका दिर्ग बहादुर खत्रीलाई अपहरण गरी यातना दिएको भनि दोषी ठहरीएका तत्कालिन नेकपा माववादीका ...
मेलम्ची आयोजनामा झण्डै दुई अर्बको क्षति

मेलम्ची आयोजनामा झण्डै दुई अर्बको क्षति

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा करीब दुई अर्ब बराबरको क्षति भएको अनुमान गरिएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठका अनुसार प्रारम्भिक रुपमा गरिएको अनुमानअनुसार एक अर्ब ८८ करोडको क्षति भएको देखिएको हो । आयोजनाले चिनियाँ ठेकदार कम्पनी सिनो हाइड्रोले हालसालै बनाइसकेको स्थायी बाँधमा सामान्य मात्रै क्षति पुगको अनुमानमा आधारित भएर क्षतिको पूर्वानुमान गरेको हो । बाढीबाट सुरुङ जोगिए पनि आयोजनाको बाँधसहितका बाहिरी संरचना ढुंगा, गिट्टी, बालुवा र माटोले पुरिएका छन् । बनेका संरचनामाथि नै खोला बगिरहेकाले नदी नियन्त्रणको काम पनि प्रभावकारी ढंगले गर्नुपर्ने अवस्था आएको छ । ‘क्षतिको एकीन विवरण बाढीले पुरिएका सबै संरचना हेरेर विस्तृत अध्ययनपछि मात्रै भन्न सकिन्छ,’ उनले भने, ‘आयोजनाको बाँधस्थलको पुनर्स्थापनाका लागि के-के गर्न सकिन्छ भनेर हाम्रो प्राविधिक टोली मेलम...
भारतमा चोरेको गाडी नेपालमा, दुई जना पक्राउ

भारतमा चोरेको गाडी नेपालमा, दुई जना पक्राउ

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
भारतबाट ल्याएका चोरीको गाडीसहित प्रहरीले काठमाडौंमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले वौद्धबाट दुईवटा चोरीको गाडीसहित मुस्ताङ घर भई वौद्ध बस्ने आग्या गुरुङ र भारत पश्चिम बंगाल घर भई वौद्ध बस्ने सोनाम टासी योल्मोलाई पक्राउ गरेको छ । बरामद गाडी भारतबाट चोरेर नेपाल ल्याएको हुन सक्ने महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए । उनका अनुसार बरामद गाडीमध्ये एउटामा नेपाली नम्बर प्लेट र एउटामा भारतीय नम्बर प्लेट नै भेटिएको थियो । ‘भारतबाट नै चोरेर ल्याएको देखियो, विस्तृत अनुसन्धान हुँदैछ’ उनले भने । उनीहरुले यसअघि पनि भारतीय गाडी ल्याएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान शुरु गरेको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।...
एकै वर्ष ५० अर्बको चामल र ३८ अर्ब रुपैयाँको हरियो तरकारी विदेशबाट भित्रियो

एकै वर्ष ५० अर्बको चामल र ३८ अर्ब रुपैयाँको हरियो तरकारी विदेशबाट भित्रियो

Banner News 1, ताजा अपडेट, समाचार, समाज
कृषिप्रधान देश नेपालले एक वर्षमै झण्डै ८० अर्ब रुपैयाँको खाद्यान्न विदेशबाट आयात गरेको छ । नेपालमै मनग्य उत्पादन गर्न सकिने धान, गहुँ, मकै, कोदो, फापर, जौँ तिल लगायतका खाद्यान्न छिमेकी देश भारतदेखि युरोपका विभिन्न देश, अमेरिका अनि दक्षिण अफ्रिकाबाट समेत आयात भएको छ । गएको आर्थिक वर्षमा ५० अर्ब रुपैयाँ भन्दा धेरैको धान/चामल मात्रै आयात भएको छ । भन्सार विभागका अनुसार गत वर्ष ५० अर्ब ८० करोड रुपैयाँको धान, चामल, कनिका र च्युरा आयात भएको छ । यसमध्ये झण्डै ४५ अर्ब रुपैयाँको धान/चामल भारतबाट मात्रै आयात भएको छ । नेपालले चीन, अमेरिका, इन्डोनेसिया, जापान फिलिपिन्स लगायत देशबाट धान, चामल आयात गर्दै आएको छ । यस्तै, गएको वर्ष मात्रै साढे १६ अर्ब रुपैयाँको मकै आयात भएको छ । नेपालले भारत, चीन देखि अर्जेन्टिना, दक्षिण अफ्रिका लगायतका देशबाट मकै आयात गरेको छ । नेपालमा एकै वर्ष ३८ अर्ब ५० करोड रुपैयाँको...
६० वटा स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट

६० वटा स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
मुलुकभरका ७ सय ५३ स्थानीय तहमध्ये ६० वटाले आर्थिक वर्ष २०७८/०७९ नीति, कार्यक्रम तथा बजेट ल्याउन सकेका छैनन्। अधिकांश स्थानीय तहमा जनप्रतिनिधि विवादका कारण बजेट पेस गर्न नसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।  स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले सबै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि असार १० गतेभित्र आ-आफ्नो सभामा नीति, कार्यक्रम र बजेट पेस गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था गरेको छ। तर,कतिपय स्थानीय तहले भने बजेट बिना नै आर्थिक वर्ष गुजार्ने भएका छन्। अहिलेसम्म बजेट नल्याउने स्थानीय तहमा प्रदेश १ मा ९ वटा गाउँपालिका, प्रदेश २ मा १५ वटा नगरपालिका र २२ गाउँपालिका, बागमती प्रदेशमा ५ वटा गाउँपालिका, लुम्बिनी प्रदेशमा २ वटा गाउँपालिका, कर्णाली प्रदेशमा एउटा नगरपालिका र दुई वटा गाउँपालिका तथा सुदूरपश्चिम प्रदेशमा एउटा नगर...
नौ लाखका लागि सैनिकले गरे आफ्नै साथीको हत्या

नौ लाखका लागि सैनिकले गरे आफ्नै साथीको हत्या

Banner News 2, समाचार, समाज
नेपाली सेना हुद्दा भरत गुरूङको हत्या आरोपमा उनकै सहकर्मी पक्राउ परेका छन् । सिपाही गंगाधर ढकालले ९ लाख रुपैयाँका लागि गुरुङको हत्या गरेको प्रारम्भिक अनुसन्न्धानबाट देखिएको प्रहरीले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका–१७ को सिमलडाँडा नजिकै बिहीबार बिहान एक पुरुषको शव भेटिएको थियो । गोली हानेर हत्या गरिएको अवस्था फेला परेको शव कसको हो भनेर पत्ता लगाउन नै प्रहरीलाई समय लाग्यो । तर मृतकको पहिचान भएको २४ घण्टाभित्रै प्रहरीले ढकाललाई भरतपुर–२० चनौलीबाट पक्राउ गरेको छ । नेपाली सेनाको महिन्द्र दल गण, शिवपुरीमा कार्यरत २६ वर्षीय ढकालले धादिङको निलकण्ठ नगरपालिका–१३ बस्ने ३६ वर्षीय गुरूङलाई ९ लाख रकमका लागि हत्या गरेको खुलेको छ । प्रहरीले झाडीमा फालेको एसएमजी हतियार एक थान, एक थान गोलीको खोका, नगद आठ लाख रूपैयाँ लगायत घटनामा प्रयोग भएका सामग्री बरामद गरेको जनाएको छ । एसपी ओमप्रसाद अधिकारीका अनुस...
उदयपुरमा खुकुरी प्रहार गरी हत्या

उदयपुरमा खुकुरी प्रहार गरी हत्या

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाज
त्रियुगा नगपालिका–८ उत्तराई टोलमा खुकुरी प्रहारबाट एक वृद्धको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार खुकुरी प्रहारबाट मृत्यु हुने ६५ वर्षीय मोहिकर चौधरी रहेका छन्। प्रहरीका अनुसार बुधबार बिहान ५ बजे बिहान चौधरी र त्रियुगा–१३ का ४५ वर्षीय किसन सदाबीच विवाद भएको थियो। त्यही क्रममा सदाले चौधरीकै घरको खुकुरी झिकेर चौधरीको टाउकामा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। सदा केही समययतादेखि चौधरीको घरमा कामदारका रूपमा बस्दै आएका थिए। घटना हुनासाथ स्थानीयवासीले प्रहरीमा खबर गरेपछि जिल्ला प्रहरीको टोली घटनास्थलमा पुगेर अहिले शवको मुचुल्का सर्जमिन गर्ने कार्य सुरु गरेको छ। चौधरीको हत्यामा संलग्न खुकुरी प्रहार गर्ने सदा र खुकुरी प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।...
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले हिजो साउन ३१ गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरेपछि तालिका सार्वजनिक भएको हो । परीक्षा साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ११ बजेदेखि दिउँसाे २ बजेसम्म सञ्चालन हुनेछ । विद्यार्थीहरूले आफूले अध्ययन गरेकै विद्यालयबाट परीक्षा दिन पाउने छन् । गएको जेठ २६ गतेदेखि सुरु गर्ने तय भएको परीक्षा कोरोना सङ्क्रमण जोखिमका कारण लगाइएको निषेधाज्ञाले गर्दा स्थगित भएको थियो । यस वर्ष सय पूर्णाङ्क रहने गरि नै परीक्षा भौतिक उपस्थितिमा गर्ने बोर्डले निर्णय गरेको हो । गएको वर्ष बोर्डले ४० प्रतिशतका लागि परीक्षा लिएर बाँकी ४० प्रतिशत कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्कनको आधारमा परीक्षा लिएको थियो ।...