Wednesday, July 29News That Matters

Banner News 3

माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्ज

माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्ज

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार
नेकपा माओवादी केन्द्रले ६ वटा प्रदेशमा इन्चार्ज तोकेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले प्रदेशका इन्चार्ज र पदाधिकारी तोकेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । माओवादी केन्द्रले प्रदेश २ मा गणेश साहलाई इन्चार्जको जिम्मेवारी दिएको छ भने बागमतीमा हितमान शाक्य र गण्डकीमा हितराज पाण्डेलाई इन्चार्ज तोकेको छ । कर्णालीको इन्चार्ज शक्ति बस्नेतलाई तोकिएको छ भने सुदूरपश्चिममा खगराज भट्टलाई इन्चार्जको जिम्मेवारी दिइएको छ । प्रदेश १ को इन्चार्ज भने टुंगो लागेको छैन । सुरेन्द्र कार्की र सावित्री काफ्लेमध्ये एक जनालाई प्रदेश १ को इन्चार्ज बनाइने बताइएको छ । जिल्ला समन्वय समितिको संयोजक चयन गर्ने जिम्मा भने प्रदेश कमिटीलाई दिइएको प्रवक्ता श्रेष्ठले बताए ।...
महालेखापरीक्षकाे प्रतिवेदन : चार खर्ब १८ अर्ब ८५ कराेड बेरुजु

महालेखापरीक्षकाे प्रतिवेदन : चार खर्ब १८ अर्ब ८५ कराेड बेरुजु

Banner News 3, ताजा अपडेट, समाचार, समाज
आर्थिक वर्ष २०७६/०७७ सम्म बेरुजु रकम चार खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ बराबर रहेको छ । महालेखापरीक्षकको ५८ औँ वार्षिक प्रतिवेदनअनुसार आव २०७५/०७६ मा चार खर्ब १८ अर्ब ३२ करोड रुपैयाँ रहेको बेरुजु आव २०७६/०७७ मा थप ५३ करोड रुपैयाँले बढेको हो । लेखापरीक्षणबाट ६ अर्ब १७ करोड रुपैयाँ बराबरको असुल भएको छ । यस्तै आर्थिक वर्ष २०७६/०७७ सरकारले कारबाही गरेर टुङ्गो लगाउनुपर्ने रकम रु ६ खर्ब ७६ अर्ब ४१ करोड रुपैयाँ बराबर रहेको छ । सङ्घीय, प्रदेश सरकारी निकाय र पालिका, सङ्गठित संस्था, समिति र अन्य संस्थाको समेत ५३ खर्ब २७ अर्ब ९१ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । त्यसमध्ये तीन हजार ७९ सरकारी निकाय र एक हजार १९ कार्यालयको १५ खर्ब ५५ अर्ब ८१ करोड रुपैयाँ बराबरको लेखापरीक्षणबाट ४४ अर्ब ३९ करोड, प्रदेश निकाय र कार्यालय गरी कुल एक हजार १९ को दुई खर्ब ३७ अर्ब ४१ ...
चौधौँ महाधिवेशन मंसिरमा गर्ने कांग्रेसको निर्णय

चौधौँ महाधिवेशन मंसिरमा गर्ने कांग्रेसको निर्णय

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार
नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७८ मंसिर ९ देखि १२ गतेसम्म हुने भएको छ। प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय समितिको बैठकले भदौको मिति सारेर मंसिर ९ गतेको लागि सारेको हो । बैठकले क्रियाशील सदस्यको अन्तिम नामावली भदौ २ गतेभित्र बुझाइसक्ने र भदाै १८ गते वडा अधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले बताउनुभयो ।...
भदौ १ गतेबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा लकडाउन हुँदै

भदौ १ गतेबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा लकडाउन हुँदै

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङको दिक्तेल रुपोकोट मझुवागढी नगरपालिकामा लकडाउन गरिने भएको छ । नगरपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रोकथाम र नियन्त्रणको लागि लकडाउन गर्न लागिएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख दिप नारायण रिजालको अध्यक्षतामा राजनीतिक दल, सुरक्षा निकाय, उद्योग ब्यबसायी, यातायात ब्यबसायी, होटल ब्यबसायी लगायतको बुधबार बसेको बैठकले नगरपालिकामा लकडाउन गर्ने निर्णय गरेको हो । बैठकको निर्णय अनुसार कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भदौ १ गते बाट १० गते सम्म लकडाउन हुने नगर प्रमुख रिजालले जानकारी दिनुभयो । लकडाउनको समयमा आवश्यक पर्ने खाद्यान्न, तरकारी, औषधि, ग्याँस लगायतका अन्य सामग्रीको ब्यबस्था मिलाउन नगरबासीलाई नगरले आग्रह समेत गरेको छ । नगरपालिकामा हाल १ सय ५६ जना सक्रिय संक्रमित रहेका छन । संक्रिय संक्रमित मध्ये ३ जनाको अस्पतालमा उपचार भईरहेको नगरपालिकाका स्वास्थ्य शाखाका कर...
खोटाङमा डढेलोबाट एक बर्षमा ६ सय बढी हेक्टर वन क्षेत्रफल प्रभावित

खोटाङमा डढेलोबाट एक बर्षमा ६ सय बढी हेक्टर वन क्षेत्रफल प्रभावित

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङमा आर्थिक बर्ष २०७७\०७८ मा ६ सय हेक्टर बढी वन क्षेत्रफलमा डढेलो लागेको छ । जिल्लाको बिभिन्न सामुदायिक वनमा लागेको डढेलोले एक बर्षमामा ६ सय २९ हेक्टर क्षेत्रफल वन प्रभावित भएको डिबिजन वन कार्यलय खोटाङले जनाएको छ । डिबिजन वन कार्यलय खोटाङका अनुसार सबै भन्दा धेरै जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको २ सय ९० हेक्टर क्षेत्रफल सामुदायिक वनमा डढेलो लागेको छ । यस्तै ऐसेलुखर्क गाउँपालिकाको १ सय ८७, केपिलासगढी गाउँपालिकाको १ सय २८, हलेसी तुवाचुङ नगरपालिकाको २२ र रावाबेसी गाउँपालिकाको २ हेक्टर वन क्षेत्रफलमा डढेलो लागेहो हो । बिभिन्न मितिमा लागेको डढेलो बाट रुख बिरुवासँगै ३ वटा घर र ४ सय मिटर पानीको पायप जलेर नष्ट भएको डिबिजन वन कार्यलय खोटाङले जनाएको छ ।...
अष्ट्रेलिया मात्र ६२ रनमा अल आउट

अष्ट्रेलिया मात्र ६२ रनमा अल आउट

Banner News 3, खेलकुद, ताजा अपडेट
अष्ट्रेलिया बंगलादेशसँगको पाँचौं तथा अन्तिम टि२० आई खेलमा मात्र ६२ रनमा अल आउट भएको छ । अष्ट्रेलियालाई अन्तिम खेलमा ६० रनले पराजित गर्दै घरेलु टोली बंगलादेशले पाँच टि२० आई सिरिज ४–१ ले जितेको छ । जितको लागि १ सय २३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया १३.४ ओभरमा ६२ रनमा अल आउट भयो । अष्ट्रेलिया ये टि२० आई इतिहासकै सवैभन्दा कम योगफल हो । यसअघि अष्ट्रेलिया टि२० आईमा सबैभन्दा कम योगफल इंग्ल्यान्डविरुद्ध २००५ मा ७९ रन थियो । अष्ट्रेलिया कप्तान म्याथ्यु वेडले २२ बलमा २ छक्का सहित सर्वाधिक २२ रनको योगदान दिए । बेन म्याकडेरमोट १६ बलमा १ छक्का सहित १७ रनमा आउट भए । अन्य ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर ड्यानियल क्रिष्टिउन ३, मिचेल मार्श ४, एलेक्स केरी र मोइजेस हेनरिक्स ३–३ रनमा आउट भए । तल्लोक्रमका एश्टन टर्नर १ र एश्टन अगर २ रनमा आउट भए । बंगलादेशका स्पिनर सकिब अल हसन ३...
लोकसेवा आयोगको परीक्षा नरोकिने

लोकसेवा आयोगको परीक्षा नरोकिने

Banner News 3, ताजा अपडेट, समाचार
लोकसेवा आयोगले लिने कुनै पनि परीक्षा अब स्थगित नहुने आयोगले जनाएको छ । आयोगले तालिका प्रकाशित गरेको परीक्षाहरु नरोक्ने आयोगका प्रवक्ता तोयनारायण सुवेदीले बताए । उनले भने ‘हामीले तालिका प्रकाशित गरेका परीक्षाहरु सञ्चालन भईरहेका छन् र अबका परीक्षाहरु पनि तोकिएकै समयमा हुन्छ ।’ परीक्षा स्थगित गर्नेबारे छलफल नै नभएको समेत उनले बताए । आयोगले आ.व. २०७६-०७७ र आ.व. २०७७-०७८ मा विज्ञापन भई परीक्षा सञ्चालन हुन बाँकी विभिन्न तहका परीक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । आयोगले साउन १५ गतेदेखि असोज २३ गतेसम्म हुने परीक्षा तालिका प्रकाशित गरी परीक्षा सञ्चालन गरिरहेको छ ।...
साम्राज्ञीसँग जीतुको रोमान्स  !

साम्राज्ञीसँग जीतुको रोमान्स !

Banner News 3, ताजा अपडेट, मनोरञ्जन
अभिनेता तथा हास्य कलाकार जीतु नेपालको अहिले हिट हिरोइन अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग रोमान्स रहने भएको छ । नेपालले रियलमा नभएर रिल लाइफमा साम्राज्ञीसँग रोमान्स गर्न लागेका हुन् । लण्डन निवासी कपिल रिजालको निर्देशन रहने एक फिल्ममा नेपाल र शाह मुख्य भूमिकाको लागि छानिएका हुन् । फिल्म अभिनयका लागि दुबै कलाकारले लिखित सम्झौता गरिसकेको बताइएको छ । १५ भदौबाट फ्लोरमा निस्कने फिल्म काठमाडौं र पोखराको विभिन्न स्थानमा खिचिनेछ । यसअगाडि फिल्म ‘ड्रिम्स’ निर्माण गरेका कपिलले यसै चलचित्रमार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन् । फिल्मको प्राविधिक लगायत सबै पक्षको छिट्टै प्रेसमिट गरेर जानकारी दिने निर्माण युनिटले जनाएको छ । ‘छक्का पन्जा’ टिमसँग बाहिरिएपछि जितुले पहिलो पटक बाहिरको फिल्ममा काम गर्न लागेका हुन् । फिल्ममा जीतु साम्राज्ञीको प्रेमीको भूमिकामा देखिने बताइएको छ ।...
अफगानिस्तानमा तालिबानको बढ्दो प्रभाव रोक्न हवाई आक्रमणलाई तीव्रता

अफगानिस्तानमा तालिबानको बढ्दो प्रभाव रोक्न हवाई आक्रमणलाई तीव्रता

Banner News 3, अन्तर्राष्ट्रिय, ताजा अपडेट
अफगानिस्तानमा विद्रोही समूह तालिबानको बढ्दो प्रभाव रोक्न अमेरिकाले हवाई आक्रमणलाई बढाएको छ । अफगानिस्तानको सेनासँगको सहकार्यमा अमेरिकाले लडाकु विमानमार्फत हवाई आक्रमणलाई बढाएको हो । केही समययता तालिबानले विभिन्न सहरलाई नियन्त्रणमा लिन थालेसँगै भएको हवाई आक्रमणमा कयौँ लडाकु मारिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तालिबानले पनि आक्रमणका घटनालाई बढाउँदै लगेको छ । जरञ्ज राज्यको शाबरगानमा रहेको एक जेलका सबै कैदीलाई तालिबानले रिहा गरिदिएको छ । तालिबानले पछिल्लो तीन दिनमा तीन वटा प्रान्तीय राजधानी आफूहरुले कब्जामा लिएको दाबी गरेको छ । लडाकुहरुले पछिल्लो पटक कुन्दुज प्रान्तको राजधानी नियन्त्रणमा लिएको दाबी गरेका हुन् । यसअघि निम्रोजको राजधानीकाे जरञ्ज र जोजन राज्यको शाबरगान नियन्त्रणमा लिइएको दाबी गरिएको थियो । अफगानिस्तानबाट अमेरिकासहितका विदेशी सेना फिर्ता हुने निर्णयसँगै तालिबानल...
एसईईको नतिजा प्रकाशित

एसईईको नतिजा प्रकाशित

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित गरेको छ । विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्यांकन देशभरबाट संकलन गरी बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गरेको हो । विद्यालयबाट आएको मूल्यांकनलाई प्रमाणीकरण गरी सार्वजनिक गरिएको परीक्षा नियन्त्रक रुद्र प्रसाद अधिकारीले जानकारी दिए । विद्यालयको आन्तरिक मूल्यांकनलाई नै प्रमाणीकरण गरेकोले यो वर्ष पनि बोर्डले नतिजा विश्लेषण नगरेको उनले जानकारी दिए । उनले भने, ‘हामीले विद्यालयले पठाएको मूल्यांकनलाई नै प्रमाणीकरण गरेकोले जीपीए छुट्याएर विश्लेषण गर्न बोर्डले आवश्यक ठानेन ।’ परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर मार्फ प्राप्त गर्न सकिने बताएको छ । बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक ...