दिक्तेलको सार्वजनिक चौतारो पाँच वर्षदेखि गायब
राजकुमार सरगम (भट्टराई)
खोटाङ, भदौ ३ । खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलस्थित हस्पिटल चोकमा रहेको सार्वजनिक चौतारो गायब भएको छ । करिब २ सय वर्षदेखि स्थानीय समुदायको संस्कारसँगसमेत जोडिएको सार्वजनिक चौतारो अहिले गायब भएको हो ।
हस्पिटल चोक नामले परिचित जिल्ला अस्पताल नजिकै रहेको सार्वजनिक धारा अहिले पनि जिवित छ । परापूर्वकालदेखि नागरिकको तिर्खा मेटाउदै आएको धारालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोगमा संरक्षण गरिएको छ । तर, धारासँगै जोडिएको सार्वजनिक चौतारो भने अहिले गायब भएको छ । उक्त स्थानमा दुई कित्ता सार्वजनिक जग्गा रहेको छ । एक कित्ता सार्वजनिक धारा र अर्को कित्ता सार्वजनिक चौतारोकोरुपमा भूमि प्रशासन कार्यालय (तत्कालिन मालपोत कार्यालय)मा दर्ता रहेको देखिन्छ ।
साविक दिक्तेल गाउँविकास समिति वडा नम्बर २ र ३ अन्तरगत हस्पिटल चोकस्थित ७ आना ३ दाम २ पैसा क्षेत्रफल रहेको कित्ता नम्बर ...









