Friday, October 23News That Matters

Banner News 2

बजारको फोहोर अव्यवस्थित फाल्दा खानेपानीको मुहानमा असर

बजारको फोहोर अव्यवस्थित फाल्दा खानेपानीको मुहानमा असर

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज ८ । खोटाङको सिम्पानी बजारको फोहोर अव्यवस्थितरुपमा फाल्दा खानेपानीको मुहानमा असर भएको छ । जिल्लाको पुरानो बजार खोटेहाङ गाउँपालिका–८ सिम्पानी बजारको फोहोर बजार नजिकै अव्यवस्थितरुपमा फाल्दा खानेपानीको मुहानमा असर पुगेको हो । चिसापानी बजारको फोहोर बजार नजिकै सडकबाट खोल्सामा फाल्ने गरेको देखिएको छ । सडकको डिलमा बोतल, प्लास्टिकजन्य लगायतका फोहोर असरल्ल छरिएका छन् । स्वास्थ्य संस्थाले प्रयोग गर्ने सिरिन्जसमेत सडकको डिलमा फालिएको छ । सडक भन्दा तल रहेको खोल्सामा खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चेको तीन खोप्रे गाउँमा जाने खानेपानीको मुहान रहेको स्थानीय रोमन श्रेष्ठले बताउनुभयो । फालिएको फोहोर खानेपानीको मुहानसम्म पुग्ने भएकाले पटक पटक सम्बन्धित निकायलाई आग्रह गर्दा पनि सुनुवाइ नभएको उहाँको भनाइ छ । सिम्पानी बजारको फोहोर व्यवस्थापनको लागि वडा कार्यालयले हरेक वर्ष ठेक्का खुलाउने गरेको छ ।...
सडकमा अस्तायो अरुणको सपना

सडकमा अस्तायो अरुणको सपना

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
खोटाङ, असोज २ गते । लोकसेवाको तयारीका लागि काठमाडौं गएका खोटाङका २५ वर्षीय युवाको सपना सडकमा अस्ताएको छ । सडक पार गर्दा मोटरसाइकलको ठक्करले खोटाङका २५ वर्षीय अरुण कटुवालको घटनास्थलमै मृत्यु भएको हो । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका कटुवाल लोकसेवाको तयारीका लागि काठमाडौं पुगेका थिए । काठमाडौंमा लोकसेवाको कक्षा लिदै भक्तपुरमा रहेको काकाको घरमा बस्दै आएका कटुवालको असोज १ गते साँझ मोटरसाइकलको ठक्करबाट ज्यान गएको हो । भक्तपुरको सानोठिमीस्थित अनुदान चोकमा सडक पार गर्दै गरेका कटुवाललाई तिव्रगतिको मोटरसाइलले ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको बताइएको छ । खड्ग बहादुर कटुवालको एक्लो छोरा अरुण कटुवालको सडक दुर्घटनामा निधन भएपछि परिवार भावविह्वल भएको छिकेकी डिएसपी पोखरेलले बताउनुभयो । अरुण केही वर्ष अघिबाट लोकसेवाको तयारीमा लागेका थिए । तिव्र गतिको मोटरसाइलले ठक्कर दिदा अरुण ...
खोटाङमा चार ट्रक उत्तिसको काठ बरामद

खोटाङमा चार ट्रक उत्तिसको काठ बरामद

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ ९ । खोटाङमा चार ट्रक उत्तिसको काठ बरामद गरिएको छ । जिल्लाको साप्सु खोला किनारबाट सव डिभिजन वन कार्यालय दिक्तेलले चार ट्रक उत्तिसको काठ बरामद गरेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलिडाँडा र साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सिमानामा अवस्थित साप्सु खोला किनारमा छरपस्ट रहेका काठ बरामद गरिएको हो । अवैधानिकरुपमा काठ कटान गरेर निकासी गर्न लागेको भन्ने सूचनाको आधारमा वन कार्यालयका कर्मचारीले निरीक्षण गरेका थिए । निरीक्षणको क्रममा काठ काट्नेहरु बेपत्ता भएपछि काठ बरामद गरिएको सव डिभिजन वन कार्यालय दिक्तेलका प्रमुख सरोज घिमिरेले बताउनुभयो । वन कार्यालयबाट करिब ८ दिन निरीक्षणहुँदा काठ काट्नेहरु बेखबर भएपछि बरामद गरिएको उहाँको भनाइ छ । अवैधानिक तरिकाले काठ निकासा हुने लागेको विषयमा रुपाकोट खबरले समाचार प्रशारण गरेको थियो । समाचार पश्चात वन कार्यालयले तत्काल एक्सन लिएर का...
समयको चाल चलन

समयको चाल चलन

Banner News 2, कला, साहित्य, ट्रेन्डिङ, ताजा अपडेट
विनोद राई पाषण                                समयको चाल चलन बाटो देखिन्न अगाडि पहाड छ हुन त हामीसँग डोजर पनि छ आस्था राख्छु भन्न पाईएन । स्वतन्त्र रूपमा घण्टी बजाउन पाइएन समयको चालचलन यस्तो छ... कृषि प्रधान देशको हामी किसानले मेरो माटो भन्न पाइएन श्रमदान भन्नु पर्या छ । समयको दखल यस्तो छ... रूख जोगाउनु सितल दिन्छु, देश बनाउछु भन्नेहरू मासुभात दिएर वन फडानीमा लाग्या छन् । समयको अकल यस्तो छ... अनन्त शक्ति घाम नै हो भन्थे देशको नागरिक रापले पिल्सिएर सेकुवा भएका छ्न । समयको हालत यस्तो छ... ... उता बिजुली बत्तिको टुङ्गो छैन पिलिक्क पिलिक्क आँउदै जाँदै गर्छ... समयको स्थिरता यस्तो छ... यता हसिया हतौडा वन फडानी गर्दै घाम छेक्ने छाप्रो बनाउने दाउको पर्खाइमा छ । समयको खिचातानि यस्तो छ । भन्नै पर्दा यि सबै एकै ड्याङका मुला हुन् । हजार ग्राम र...
खोटाङमा १३ वर्षीया छात्रालाई बलात्कार गर्ने शिक्षक पक्राउ

खोटाङमा १३ वर्षीया छात्रालाई बलात्कार गर्ने शिक्षक पक्राउ

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ फागुन, १० गते । खोटाङमा १३ वर्षीया  छात्रालाई बलात्कार गर्ने शिक्षक पक्राउ परेका छन् । दिक्तेल बोर्डिङ स्कुलमा कार्यरत सोलुखुम्बु थुलुङ दुधकोसी गाउँपालिका–१ नेलेका २४ वर्षीय टेकबहादुर खत्री पक्राउ परेका हुन् । आरोपित शिक्षक खत्रीले फागुन ९ गते होमवर्क सिकाइ दिने बाहनामा छात्रालाई आफ्नै कोठामा बोलाएर जवरजस्ती करणी  गरेको जाहेरी आएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।  घटनापछि बालिकालाई तीन घण्टासम्म कोठामा थुनेर राखेको पीडित परिवारले बताएका छन् । पीडित बालिका रुँदै कोठामा पुगेपछि मात्रै अभिभावकले घटनाको विषयमा जानकारी पाएका थिए । परिवारले घटनाको विषयमा जानकारी गराएपछी शिक्षकलाई तत्काल पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी प्रकाश बुढाथोकीले बताउनुभयो । परिवारले लिखित जाहेरी दिइसकेका छन । घटनाको विषयमा अनुसन्धान भइरहेको उहाँको भनाइ छ । बालिकाको जिल्ला अस्...
पहिलो पटक कांग्रेसको साझा उम्मेदवार बने बिरकाजी राई, इतिहास रच्ने अवसर

पहिलो पटक कांग्रेसको साझा उम्मेदवार बने बिरकाजी राई, इतिहास रच्ने अवसर

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
राजकुमार सरगम (भट्टराई) खोटाङ, माघ १३ गते । नेपाली कांग्रेस खोटाङको पहिलो पटक बिरकाजी राई साझा उम्मेदवार बनेका छन् । विभिन्न गुटका कारण प्राय सबै निर्वाचनमा टिकटप्रति रुष्टहुँदै आएको खोटाङ कांग्रेस यो पटक सबैले उम्मेदवारलाई समर्थन गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा खोटाङबाट बिरकाजी राई कांग्रेसको उम्मेदवार छन् । उनलाई अहिलेसम्म जिल्लाका सबै कांग्रेसी नेताहरुले समर्थन गरेको देखिन्छ । बागी उम्मेदवार र अन्तरघातले आजित भएको कांग्रेस यो पटक एक ठाउँमा उभिएर जीत निकाल्ने दाउमा रहेको छ । विगतका निर्वाचनहरुमा एउटा पक्षले टिकट ल्याउने अनि अर्को पक्ष रुष्टहुँदै आएको प्रष्ट देखिन्थ्यो । तर, बिरकाजी राईलाई अहिले सबै पक्षले समर्थन गरेका छन् । कांग्रेस जिल्ला कार्यसमितिको एक कार्यकाल सचिव भएका राई सभापतिमा पराजित भएका थिए । अहिले कांग्रेसको महाधिवेशन प्रतिनिधि रहेका राईलाई प...
हलेसी तुवाचुङका पाठेघरको समस्या भएका १३ महिलाको निःशूल्क शल्यक्रिया

हलेसी तुवाचुङका पाठेघरको समस्या भएका १३ महिलाको निःशूल्क शल्यक्रिया

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ १२ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले पाठेघरको समस्या भएका १३ जना महिलाहरुको शल्यक्रियासहितको सफल उपचार गराएको छ । बनेपास्थित शीर मेमोरियल अस्पताल लगेर नगरपालिकाले महिलाहरुको निःशूल्क उपचार गराएको हो । पाठेघरको समस्या भएका महिलाको पहिचान र उपचारका लागि नगरपालिकाले पुस २० र २१ गते महिला प्रजनन रुग्णता शिविर सञ्चालन गरेको छ । सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा २२ जना महिलाहरुको पाठेघरको शलयक्रिया गर्नु पर्ने देखिएको थियो । २२ मध्ये १८ जनालाई माघ ४ गते अस्पताल लगिएको नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत अहेव विबेक पराजुलीले बताउनुभयो । ४ जना अउपचारको लागि जान नमानेको उहाँको भनाइ छ । उपचारसहित बिरामी र कुरुवालाई निःशूल्क खाना बस्न र यायातायातको व्यवस्था नगरपालिकाले गरेको थियो । बस रिजर्भ गरेर नगरपालिकाले अस्पताल पुराएको १८ मध्ये १३ जनाको ...
खोटाङकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिताको उपाधि नेर्पाले जित्यो

खोटाङकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिताको उपाधि नेर्पाले जित्यो

Banner News 2, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ ११ गते । खोटाङमा सञ्चालित हालसम्मकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिताको उपाधि नेर्पा स्पोर्टस क्लबले जितेका छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा आयोजित ‘प्रभुराम राई कप–२०८२’ आमन्त्रित फुटबल प्रतियोगिताको उपाधि नेर्पाले जितेको हो । आइतबार भएको फाइनलमा गछिया युवा समाज मोरङलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको नेर्पाले नगद ३ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा ५–४ गोलले नेर्पासँग गछिया पराजित भएको थियो । उपविजेता बनेको गछिया युवा समाजले १ लाख ५१ हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सेमिफाइनलिस्ट भएका आयोजक बुइपा–११ स्पोर्टस क्लब र रारम्बु स्पोर्टस क्लबले नगद ५०/५० हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । बुइपास्थित यलम्बर खेलमैदानमा सम्पन्न आम...
खोटाङमा व्यवसायिक राँगा पालन 

खोटाङमा व्यवसायिक राँगा पालन 

Banner News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ भदौ १६ । बिहान जङ्गलमा लगेर राँगा छाड्ने र बेलुका गोठमा ल्याएर बाँध्ने, खोटाङ खाल्लेका कृषकहरुको अहिलेको दैनिकी बनेकोे छ । सामुहिकरुपमा व्यवसायिक राँगा पालन सुरु गरेका खाल्लेका चारसले दाप्सा कृषक समुहसँग अहिले राँगा र पाडी गरेर २४ वटा छन् । उनीहरुलाई घाँसको कुनै चिन्ता छैन् । दिनभरी जङ्गलमा चरेर राँगाभैँसी अघाउछन् । कृषकहरु भने हिउँदको लागि घाँस जोहो गरिरहेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोगमा कृषकहरुले व्यवसायिकरुपमा राँगा पालन सुरु गरेका हुन् । किसानलाई स्वरोजगार बनाउँदै राँगाको मासुमा आत्मनिर्भर बन्ने नगरपालिकाको नीति अनुसार कृषकहरुले व्यवसायिकरुपमा राँगा पाल्न थालेका हुन् । दुधको लागि भैँसी पाल्दै आएपनि मासुका लागि व्यवसायिकरुपमा खोटाङमा हालसम्म राँगा पालिएको थिएन । यतिबेला भने कृषकहरुले केही ठाउँमा सामुहिक र केही ठाउँमा ब्यक्तिगत राँगा पालन सुरु गरेका हुन् । अ...
अनेरास्ववियु खोटाङ र सोलुखुम्बुको इन्चार्जमा उपरकोटी, खोटाङ संयोजकमा तिमिल्सिना

अनेरास्ववियु खोटाङ र सोलुखुम्बुको इन्चार्जमा उपरकोटी, खोटाङ संयोजकमा तिमिल्सिना

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ, साउन १६ । नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको खोटाङ र सोलुखुम्बु जिल्ला इन्चार्जको जिम्मेवारी विष्णु उपरकोटीले पाएका छन् । अनेरास्ववियुकाको खोटाङ जिल्लाको निवर्तमान अध्यक्ष उपरकोटी हालै सम्पन्न अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । केन्द्रीय सदस्य उपरकोटीलाई अनेरास्वियुको केन्द्रीय सचिवालय बैठकले खोटाङ र सोलुखुम्बु दुई जिल्लको इन्चार्जको जिम्मेवारी दिएको हो । यस्तै, सचिवालयको बैठकले अनेरास्ववियु खोटाङ जिल्ला संयोजक शुसिला तिमिल्सिनालाई तोकेको छ । तिमिल्सिनाले संयोजकको जिम्मेवारी पाउदा अबिशेक घिमिरे र इश्वर आचार्यलाई सह–संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।...