Sunday, October 25News That Matters

Banner News 2

जसपा खारेजको मागमा सर्वोच्चले दिएन अन्तरिम आदेश

जसपा खारेजको मागमा सर्वोच्चले दिएन अन्तरिम आदेश

Banner News 2, ताजा अपडेट, राजनीति
तत्कालिन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीचको एकता खारेजको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । तत्कालिन राजपासँग पार्टी एकता गरी आएका राष्ट्रिय जनमुक्ति पार्टीका राजकुमार थापाले एकीकरण प्रक्रिया नमिलेको भन्दै खारेजीको माग गर्दै रिट दिएका थिए । सोमबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासले राजपा र समाजवादी पार्टीबीचको एकता खारेज नपर्ने आदेश दिएको हो । यही रिटमा गत असार ३० गते न्यायाधीश कुमार रेग्मीको इजलासले विपक्षीसँग लिखित जवाफ माग गरी अन्तरिम आदेशका लागि छलफलमा बोलाएको थियो ।...
आजको राशिफल

आजको राशिफल

Banner News 2, ताजा अपडेट, धर्म संस्कृति
आज – २५ साउन २०७८ सोमवार को राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विलासी बस्तुको प्रयोग गर्न पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ । लामो समय देखि भेट नभएका मित्रहरू सँग भेट हुनेछ परिश्रम गर्दा धनार्जन हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । बौद्धिकताको विकास हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफन्तको प्रगतिमा मन रमाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । महिला वा मित्रबाट सहयोग मिल्नेछ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) इच्छा र आक...
जापानबाट आइपुग्याे तीन लाख डाेज खोप, बाँकी एक हप्तापछि आउने

जापानबाट आइपुग्याे तीन लाख डाेज खोप, बाँकी एक हप्तापछि आउने

Banner News 2, ताजा अपडेट, समाचार, समाज
जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको तीन लाख डाेज खोप आइपुगेको छ ।  कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको तीन लाख डाेज खोप आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिनुभयो । जापानले नेपाललाई १६ लाख डाेज एस्ट्राजेनेकाको खोप दिने बताएको थियो । जापानबाटै हिजाे शनिबार पाँच लाख मात्रा खोप आएको थियो । बाँकी खोप एक हप्तापछि आउने मन्त्रालयले जनाएको छ । यसअघि शुक्रबार भुटानबाट दुई लाख ३० हजार डाेज कोभिशिल्ड खोप प्राप्त भएको थियो । जापानबाट प्राप्त खोप पहिलो मात्रा लगाएका नागरिकलाई लगाइनेछ ।  अहिलेसम्म खरिद र अनुदान गरेर झन्डै एक करोड डाेज खोप नेपाल आइपुगेको छ । नेपालले ६० लाख डाेज खाेप खरिद गरेको छ । चीनबाट ४० लाख डाेज भेरोसेल र भारतबाट २० लाख डाेज कोभिशिल्ड खोप खरिद गरिएको छ । भारतबाट खरिद गरिएकामध्ये १० लाख डाेज खोप अझैसम्म आपूर्...
प्रदेश १ मा बढ्दो आत्महत्या, छैन रोकथामको योजना

प्रदेश १ मा बढ्दो आत्महत्या, छैन रोकथामको योजना

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
प्रदेश १ मा आत्महत्याका घटना भयावह बन्दै गएको छ । यो प्रदेशमा  दैनिक सरदर ५ जनाले विभिन्न माध्यमबाट आत्महत्याको बाटो रोजेर जीवन समाप्त गर्ने गरेका छन् । अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ । प्रदेश १ मा मात्र गत वर्ष २०७७/०७८ मा १५ सय १६ जनाले आत्महत्या गरेका छन् । प्रदेशमा सबैभन्दा बढी झापामा ८ सय ५१ जना र मोरङमा ८०२ जनाले आत्महत्या गरेका छन् ।  यसमध्ये सबैभन्दा बढी विष सेवन गरेर, त्यसपछि झुन्डिएर आत्महत्या हुने गरेको छ। प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पुरुषभन्दा तेब्बर बढी महिलाले आत्महत्या गर्ने गरेका छन् । ८० प्रतिशत आत्महत्या डिप्रेसन, १० प्रतिशत कडा खाले मनोरोग र बाँकी अन्य कारणले हुने गरेको छ । प्रहरीको तथ्याङ्कमा १५ वर्षदेखि ४४ वर्ष उमेर समूहका व्यक्ति सबैभन्दा बढी ४५ प्रतिशत आत्महत्याका घटना हुने गरेको छन् । प्रहरीको तीन...
कक्षा १२ को परीक्षा स्थगित

कक्षा १२ को परीक्षा स्थगित

Banner News 2, ताजा अपडेट, समाचार, समाज
कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले कोरोना महामारीको कारण परीक्षा सञ्चालन गर्न सम्भव नभएको भन्दै स्थगित गर्ने निर्णय गरेको हो । बोर्डले साउन ३१ गतेदेखि होम सेन्टरमै परीक्षाको तयारी गरे पनि स्वास्थ्य मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्रसमक्ष परीक्षा रोक्न सिफारिस गरेको थियो । महामारीको बढ्दो रुप र माथिल्ला निकायको निर्देशन अनुसार परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ । अब कोरोना महामारीको अवस्था हेरेर सीसीएमसी र स्वास्थ्य मन्त्रालयको सुझाव र निर्देशन अनुसार अर्को मितिमा परीक्षा हुने शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिनुभयो । परीक्षा हुनुभन्दा कम्तिमा १५ दिनअघि सूचना निकालिने सचिव थपलियाले बताउनुभयो । परीक्षा स्थगित हुने र नहुने हल्लाका कारण विद्यार्थी अन्योलमा रहेकोमा अब विद्यार्थीको अन्योल हटेको छ ।...
कुभिण्डेमा पहिरोको कारण विद्युतको पोल उच्च जोखिममा, मानवीय क्षतीको संभावना

कुभिण्डेमा पहिरोको कारण विद्युतको पोल उच्च जोखिममा, मानवीय क्षतीको संभावना

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
  खोटाङ साउन २० : खोटाङको रावाबेसी गाउँपालिका १ कुभिण्डेमा पहिरोको कारण बिद्युतको पोल उच्च जोखिममा रहेको छ । साउन १३ गते राती गएको पहिरोको कारण निगाले स्थीत विद्युतको दुई वटा जोडि पोल जोखिममा परेको हो । जुन सुकै समयमा पोल ढलेर मानवीय क्षती गर्न सक्ने भएको हुँदा तत्काल पोल सार्र्न नेपाल विद्युत प्राधिकरण शाखा कार्यलय दिक्तेललाई पत्र पठाएको रावाबेसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेख बहादुर थापाले बताउँनु भयो । तर पत्र पठाएको ६ दिन बितिसक्दा पनि प्राधिकरणले कुनै चासो नदेखाएको उहाँको भनाई छ । यता नेपाल विद्युध प्राधिकरण शाखा कार्यलय दिक्तेलका कार्यलय प्रमुख ललित नारायण चौधरीले भने पत्र प्राप्त गरेपछि उक्त क्षेत्रमा कर्मचारी खटाएको बताउँनु भएको छ । कर्मचारीले स्थलगत अनुगमन गरेर रिपोर्ट बुझाएपछि कार्य अगाडि बढाउँने उहाँको भनाई छ । जोखिममा रहेको विद्युतको पोल ढलेमा रावाब...
कक्षा १२ को परीक्षा होम सेन्टरबाटै

कक्षा १२ को परीक्षा होम सेन्टरबाटै

Banner News 2, ताजा अपडेट, समाचार, समाज
कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होमसेन्टरबाटै परीक्षा लिने तय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए । बुधबार संसदको शिक्षा तथा स्वास्थ समितिको बैठकमा बोल्दै सदस्य सचिव अर्यालले भने, “अर्को ठाउँमा जानु पर्दा यातायातको समस्या हुने, विद्यार्थीले कोठा खोजेर बस्नुपर्ने, यस्ता कार्यले कोरोना जोखिमलाई पनि थप बढाउन सक्ने भएकाले होम सेन्टरबाट गर्नुपर्ने भएको छ । कक्षा १० को आन्तरिक मूल्यांकनबाट नतिजा  निकाल्ने तयारी भएको तर १२ को भने आन्तरिक मूल्यांकनबाट नभइ भौतिक उपस्थितिमै परीक्षा लिनुपर्ने सुझाव आएकोले होम सेन्टरबाट परीक्षा लिन लागेको  सदस्य सचिव अर्यालले जानकारी दिए । उनका अनुसार कक्षा १२ का २८ भन्दा कम विद्यार्थी भएका एक हजार विद्यालय छन्, ५० भन्दा कम विद्यार्थी भएका दुई हजार ३००,  एक सयभन्दा...
इजरायलले मागेको एक हजार श्रमिकका लागि आवेदन आह्वान

इजरायलले मागेको एक हजार श्रमिकका लागि आवेदन आह्वान

Banner News 2, ताजा अपडेट, समाचार, समाज
इजरायलले मागेको नेपालबाट लगिने एक हजार जना श्रमिकका लागि आवेदन आह्वान भएको छ । वैदेशिक रोजगार विभागले २१ दिनको म्याद राखेर एक हजार जनाका लागि आज(मङ्गलवार) आवेदन खुलाएको हो। २५ वर्ष पूरा भइ ४५ वर्ष ननाघेको, १० कक्षा उत्तीर्ण तथा केयरगिभिङ्ग तालिम प्राप्तले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । नेपालसँग सम्झौता भएको लामो समयसम्म पनि इजरायलले यसअघि नेपाली कामदार लैजान आनाकानी गरिरहेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल नेपाली कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७८ जारी गरिसकेको छ । सरकारले पछिल्लोपटक गएकाे असोज १४ गते सम्झौतापत्रमा हस्ताक्षर गरी सरकार टु सरकार (जीटूजी)मार्फत कामदार पठाउनेछ ।...
जसपा विवाद : यादव पक्षको बहुमत, छिट्टै सरकारमा जाने

जसपा विवाद : यादव पक्षको बहुमत, छिट्टै सरकारमा जाने

Banner News 2, ताजा अपडेट, राजनीति
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्यको सनाखत लिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यले निर्वाचन आयोगमा पुगेर सनाखत गरेका हुन् । जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षमा बहुमत कार्यकारिणी सदस्यले हस्ताक्षर गर्नुभएको छ । जसपाको ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये ३४ सदस्यले अध्यक्ष यादवको पक्षमा हस्ताक्षर गर्नुभएको छ । पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरका पक्षमा १६ सदस्यले हस्ताक्षर गर्नुभएको छ । अहिले जेल सजाय भोगिरहनुभएका जसपाका सांसद रेशम चौधरी निर्वाचन आयोग परिसर पुगे पनि तटस्थ बस्नुभएको छ । जसपाको आधिकारिकता विवाद निरूपणका लागि आयोगले आवश्यक कागजातसहित आयोगमा आज बिहान ११ बजे उपस्थिति हुन आग्रह गरेको थियो । निर्वाचन आयोगका अनुसार जसपाको कार्यकारिणी सदस्यको सनाखत सकिएको छ । जसपाका कार्यकारिणी सदस्य मोहम्मद इस्तिया...
नेपाली कांग्रेसको तल्‍लो तहका अधिवेशन स्थगित

नेपाली कांग्रेसको तल्‍लो तहका अधिवेशन स्थगित

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
नेपाली कांग्रेसले साउन १२ गते हुने वडा लगायत सबै तहका अधिवेशन स्थगन गरेको छ। शनिबार सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले तल्लो तहका सबै अधिवेशन स्थगन गर्ने निर्णय गरेको हो। साउन १२ बाट गरिने भनिएको वडा तहको अधिवेशन क्रियाशील सदस्यता विवादले स्थगन गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझाएपछि अर्को मिति तोकिने उनले बताए। स्थानीय तलको अधिवेशनको तालिका फेरिने भए पनि यसबाट केन्द्रीय अधिवेशनको कार्यतालिका भने प्रभावित नहुने शर्माले बताए। केन्द्रीय कार्य समिति बैठकले अधिवेशनको अर्को कार्यतालिका सार्वजनिक गर्ने उनले जानकारी दिए। वडा अधिवेशन तोकिएको १२ गते क्रियाशील सदस्यता छानविन समितिले केन्द्रीय समितिलाई प्रतिवेदन बुझाउने पनि शर्माले बताए। पदाधिकारी बैठकमा महाधिवेशन गर्ने उपाय र विकल्पको बारेमा छलफल भए...