Wednesday, April 29News That Matters

Banner News 2

कक्षा १२ को परीक्षा स्थगित

कक्षा १२ को परीक्षा स्थगित

Banner News 2, ताजा अपडेट, समाचार, समाज
कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले कोरोना महामारीको कारण परीक्षा सञ्चालन गर्न सम्भव नभएको भन्दै स्थगित गर्ने निर्णय गरेको हो । बोर्डले साउन ३१ गतेदेखि होम सेन्टरमै परीक्षाको तयारी गरे पनि स्वास्थ्य मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्रसमक्ष परीक्षा रोक्न सिफारिस गरेको थियो । महामारीको बढ्दो रुप र माथिल्ला निकायको निर्देशन अनुसार परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ । अब कोरोना महामारीको अवस्था हेरेर सीसीएमसी र स्वास्थ्य मन्त्रालयको सुझाव र निर्देशन अनुसार अर्को मितिमा परीक्षा हुने शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिनुभयो । परीक्षा हुनुभन्दा कम्तिमा १५ दिनअघि सूचना निकालिने सचिव थपलियाले बताउनुभयो । परीक्षा स्थगित हुने र नहुने हल्लाका कारण विद्यार्थी अन्योलमा रहेकोमा अब विद्यार्थीको अन्योल हटेको छ ।...
कुभिण्डेमा पहिरोको कारण विद्युतको पोल उच्च जोखिममा, मानवीय क्षतीको संभावना

कुभिण्डेमा पहिरोको कारण विद्युतको पोल उच्च जोखिममा, मानवीय क्षतीको संभावना

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
  खोटाङ साउन २० : खोटाङको रावाबेसी गाउँपालिका १ कुभिण्डेमा पहिरोको कारण बिद्युतको पोल उच्च जोखिममा रहेको छ । साउन १३ गते राती गएको पहिरोको कारण निगाले स्थीत विद्युतको दुई वटा जोडि पोल जोखिममा परेको हो । जुन सुकै समयमा पोल ढलेर मानवीय क्षती गर्न सक्ने भएको हुँदा तत्काल पोल सार्र्न नेपाल विद्युत प्राधिकरण शाखा कार्यलय दिक्तेललाई पत्र पठाएको रावाबेसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेख बहादुर थापाले बताउँनु भयो । तर पत्र पठाएको ६ दिन बितिसक्दा पनि प्राधिकरणले कुनै चासो नदेखाएको उहाँको भनाई छ । यता नेपाल विद्युध प्राधिकरण शाखा कार्यलय दिक्तेलका कार्यलय प्रमुख ललित नारायण चौधरीले भने पत्र प्राप्त गरेपछि उक्त क्षेत्रमा कर्मचारी खटाएको बताउँनु भएको छ । कर्मचारीले स्थलगत अनुगमन गरेर रिपोर्ट बुझाएपछि कार्य अगाडि बढाउँने उहाँको भनाई छ । जोखिममा रहेको विद्युतको पोल ढलेमा रावाब...
कक्षा १२ को परीक्षा होम सेन्टरबाटै

कक्षा १२ को परीक्षा होम सेन्टरबाटै

Banner News 2, ताजा अपडेट, समाचार, समाज
कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होमसेन्टरबाटै परीक्षा लिने तय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए । बुधबार संसदको शिक्षा तथा स्वास्थ समितिको बैठकमा बोल्दै सदस्य सचिव अर्यालले भने, “अर्को ठाउँमा जानु पर्दा यातायातको समस्या हुने, विद्यार्थीले कोठा खोजेर बस्नुपर्ने, यस्ता कार्यले कोरोना जोखिमलाई पनि थप बढाउन सक्ने भएकाले होम सेन्टरबाट गर्नुपर्ने भएको छ । कक्षा १० को आन्तरिक मूल्यांकनबाट नतिजा  निकाल्ने तयारी भएको तर १२ को भने आन्तरिक मूल्यांकनबाट नभइ भौतिक उपस्थितिमै परीक्षा लिनुपर्ने सुझाव आएकोले होम सेन्टरबाट परीक्षा लिन लागेको  सदस्य सचिव अर्यालले जानकारी दिए । उनका अनुसार कक्षा १२ का २८ भन्दा कम विद्यार्थी भएका एक हजार विद्यालय छन्, ५० भन्दा कम विद्यार्थी भएका दुई हजार ३००,  एक सयभन्दा...
इजरायलले मागेको एक हजार श्रमिकका लागि आवेदन आह्वान

इजरायलले मागेको एक हजार श्रमिकका लागि आवेदन आह्वान

Banner News 2, ताजा अपडेट, समाचार, समाज
इजरायलले मागेको नेपालबाट लगिने एक हजार जना श्रमिकका लागि आवेदन आह्वान भएको छ । वैदेशिक रोजगार विभागले २१ दिनको म्याद राखेर एक हजार जनाका लागि आज(मङ्गलवार) आवेदन खुलाएको हो। २५ वर्ष पूरा भइ ४५ वर्ष ननाघेको, १० कक्षा उत्तीर्ण तथा केयरगिभिङ्ग तालिम प्राप्तले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । नेपालसँग सम्झौता भएको लामो समयसम्म पनि इजरायलले यसअघि नेपाली कामदार लैजान आनाकानी गरिरहेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल नेपाली कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७८ जारी गरिसकेको छ । सरकारले पछिल्लोपटक गएकाे असोज १४ गते सम्झौतापत्रमा हस्ताक्षर गरी सरकार टु सरकार (जीटूजी)मार्फत कामदार पठाउनेछ ।...
जसपा विवाद : यादव पक्षको बहुमत, छिट्टै सरकारमा जाने

जसपा विवाद : यादव पक्षको बहुमत, छिट्टै सरकारमा जाने

Banner News 2, ताजा अपडेट, राजनीति
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्यको सनाखत लिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यले निर्वाचन आयोगमा पुगेर सनाखत गरेका हुन् । जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षमा बहुमत कार्यकारिणी सदस्यले हस्ताक्षर गर्नुभएको छ । जसपाको ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये ३४ सदस्यले अध्यक्ष यादवको पक्षमा हस्ताक्षर गर्नुभएको छ । पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरका पक्षमा १६ सदस्यले हस्ताक्षर गर्नुभएको छ । अहिले जेल सजाय भोगिरहनुभएका जसपाका सांसद रेशम चौधरी निर्वाचन आयोग परिसर पुगे पनि तटस्थ बस्नुभएको छ । जसपाको आधिकारिकता विवाद निरूपणका लागि आयोगले आवश्यक कागजातसहित आयोगमा आज बिहान ११ बजे उपस्थिति हुन आग्रह गरेको थियो । निर्वाचन आयोगका अनुसार जसपाको कार्यकारिणी सदस्यको सनाखत सकिएको छ । जसपाका कार्यकारिणी सदस्य मोहम्मद इस्तिया...
नेपाली कांग्रेसको तल्‍लो तहका अधिवेशन स्थगित

नेपाली कांग्रेसको तल्‍लो तहका अधिवेशन स्थगित

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
नेपाली कांग्रेसले साउन १२ गते हुने वडा लगायत सबै तहका अधिवेशन स्थगन गरेको छ। शनिबार सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले तल्लो तहका सबै अधिवेशन स्थगन गर्ने निर्णय गरेको हो। साउन १२ बाट गरिने भनिएको वडा तहको अधिवेशन क्रियाशील सदस्यता विवादले स्थगन गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझाएपछि अर्को मिति तोकिने उनले बताए। स्थानीय तलको अधिवेशनको तालिका फेरिने भए पनि यसबाट केन्द्रीय अधिवेशनको कार्यतालिका भने प्रभावित नहुने शर्माले बताए। केन्द्रीय कार्य समिति बैठकले अधिवेशनको अर्को कार्यतालिका सार्वजनिक गर्ने उनले जानकारी दिए। वडा अधिवेशन तोकिएको १२ गते क्रियाशील सदस्यता छानविन समितिले केन्द्रीय समितिलाई प्रतिवेदन बुझाउने पनि शर्माले बताए। पदाधिकारी बैठकमा महाधिवेशन गर्ने उपाय र विकल्पको बारेमा छलफल भए...
नौ लाखका लागि सैनिकले गरे आफ्नै साथीको हत्या

नौ लाखका लागि सैनिकले गरे आफ्नै साथीको हत्या

Banner News 2, समाचार, समाज
नेपाली सेना हुद्दा भरत गुरूङको हत्या आरोपमा उनकै सहकर्मी पक्राउ परेका छन् । सिपाही गंगाधर ढकालले ९ लाख रुपैयाँका लागि गुरुङको हत्या गरेको प्रारम्भिक अनुसन्न्धानबाट देखिएको प्रहरीले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका–१७ को सिमलडाँडा नजिकै बिहीबार बिहान एक पुरुषको शव भेटिएको थियो । गोली हानेर हत्या गरिएको अवस्था फेला परेको शव कसको हो भनेर पत्ता लगाउन नै प्रहरीलाई समय लाग्यो । तर मृतकको पहिचान भएको २४ घण्टाभित्रै प्रहरीले ढकाललाई भरतपुर–२० चनौलीबाट पक्राउ गरेको छ । नेपाली सेनाको महिन्द्र दल गण, शिवपुरीमा कार्यरत २६ वर्षीय ढकालले धादिङको निलकण्ठ नगरपालिका–१३ बस्ने ३६ वर्षीय गुरूङलाई ९ लाख रकमका लागि हत्या गरेको खुलेको छ । प्रहरीले झाडीमा फालेको एसएमजी हतियार एक थान, एक थान गोलीको खोका, नगद आठ लाख रूपैयाँ लगायत घटनामा प्रयोग भएका सामग्री बरामद गरेको जनाएको छ । एसपी ओमप्रसाद अधिकारीका अनुस...
वरिष्ठ कलाकार उत्तम नेपालीको निधन

वरिष्ठ कलाकार उत्तम नेपालीको निधन

Banner News 2, कला, साहित्य
वरिष्ठ कलाकार  उत्तम नेपालीको निधन भएको छ।  ८५ वर्षीय  नेपालीको मनमोहन कार्डियो भास्कुलर सेन्टर महाराजगञ्जमा आज विहान चार बजे निधन भएको वरिष्ठ फोटो पत्रकार गोपाल चित्रकारले जनाकारी दिए। नेपाली नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य हुन्। नेपाली अमूर्त कलाका सिद्ध हस्त कलाकार मानिन्छन्। उनी मुटु सम्बन्धि समस्याबाट ग्रस्त थिए। नेपालीका दुई छोरी छन्।...
खानेपानी आयोजनामा काम गर्ने चार जना मजदुरको ज्यान गयो

खानेपानी आयोजनामा काम गर्ने चार जना मजदुरको ज्यान गयो

Banner News 2, ताजा अपडेट, समाचार, समाज
बाग्लुङमा खानेपानी आयोजनामा काम गर्ने चार जना मजदुरको ज्यान गएको छ । गलकोट नगरपालिका–७ मल्ममा खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षका दीपेन्द्र पुन, ३९ वर्षका दूधबहादुर राना, ५१ वर्षका रेखबहादुर राना र ३० वर्षका प्रविन घर्तीको ज्यान गएको हो । विषाक्त जाँडरक्सी खाएर उनीहरुको ज्यान गएको हुनसक्ने र थप अनुसन्धान भइरहेकाे बाग्लुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो । बिरामी ३८ वर्षका खेमराज घर्ती र २६ वर्षका रवीन्द्र पुनको धौलागिरि अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।...
देउवालाई विश्वासको मत दिने यी हुन् एमालेका २२ सांसद

देउवालाई विश्वासको मत दिने यी हुन् एमालेका २२ सांसद

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा नेकपा एमालेका २२ जना सांसदले उनको पक्षमा मतदान गरेका छन् । देउवाले प्रतिनिधिसभामा १६५ मत पाउँदा नेकपा एमालेका २२ सांसदले मत दिएका हुन् । मत दिनेमा माधव नेपाल पक्ष मात्र नभई अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद पनि छन् । देउवालाई मत दिनमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् । त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् ।...