Monday, May 25News That Matters

राजनीति

प्रदेश–१ का नवनियुक्त मुख्यमन्त्री आचार्यद्वारा शपथ ग्रहण

प्रदेश–१ का नवनियुक्त मुख्यमन्त्री आचार्यद्वारा शपथ ग्रहण

ताजा अपडेट, राजनीति, समाचार
प्रदेश–१ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । प्रदेश प्रमुख सोमनाथ प्यासीले उहाँलाई शपथ ग्रहण गराउनु भएको हो । मुख्यमन्त्री शेरधन राईको राजीनामा पछि उहाँ नेकपा एमालेको संसदीय दलको नेतामा सर्वसम्मत चयन  हुनुभएको थियाे । यसअघि शेरधन राईसँग २ मत अन्तरले पराजित भएका आचार्यलाई राईकै समर्थनमा पुन : संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।...
सबै सङ्गठनलाई २०७५ जेठ २ अघिकै अवस्थामा फर्कन एमालेको निर्देशन

सबै सङ्गठनलाई २०७५ जेठ २ अघिकै अवस्थामा फर्कन एमालेको निर्देशन

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार
नेकपा एमालेले सबै सङ्गठनलाई २०७५ सालको जेठ २ गते पूर्वकै अवस्था र जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिएको छ । ललितपुरमा आज मङ्गलवार बसेको स्थायी कमिटीको बैठकले पार्टी एकताका लागि भन्दै केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्लालगायत सबै सङ्गठन र कमिटीलाई २०७५ जेठ २ गते अघिकै अवस्था र जिम्मेवारीमा क्रियाशील हुन आग्रह गरेको हो । पार्टीको विवाद मिलाउन गठन भएको कार्यदलले गरेको सहमतिअनुसार नै आजको बैठकले यस्ताे निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति पालना गर्दै एमालेका सङ्गठन र नेताको जिम्मेवारी २०७५ सालको जेठ २ गते अघिकै अवस्थामा फर्काउने वाचा गरेपछि माधव नेपाल पक्षमा गएका स्थायी कमिटी सदस्यहरु पनि एमालेमै फर्किएका छन् । आजको बैठकमा माधव नेपालको साथ छाडेका युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण व...
ओलीसँग वार्ताको कुनै सम्भावना छैन : माधव नेपाल

ओलीसँग वार्ताको कुनै सम्भावना छैन : माधव नेपाल

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार
प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग वार्ताको कुनै सम्भावना नरहेको बताएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत् नेपालले आफू नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रियामा अगाडि बढिरहेको भन्दै ओलीसँग ‘वार्ता र सहमति’ हुन नसक्ने स्पष्ट पारेका हुन्। उनले पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको अवस्थामा बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमति’ का भ्रमपूर्ण समाचारहरू प्रकाशित भइरहेको पनि बताएका छन्। उनले त्यस्ता हल्लाको पछाडि नलाग्न आफ्ना नेता र कार्यकर्तालाई आग्रहसमेत गरेका छन्। उनले लेखेका छन्, ‘वार्ता र सहमतिका छलकपटपूर्ण समाचारबाट भ्रममा नपरी नपरी हाम्रो पार्टी एवम् नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति, न्यायप्रेमी एवम् क्रान्तिकारी जनसमुदायमा हार्दिक अपिल...
माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्ज

माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्ज

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार
नेकपा माओवादी केन्द्रले ६ वटा प्रदेशमा इन्चार्ज तोकेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले प्रदेशका इन्चार्ज र पदाधिकारी तोकेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । माओवादी केन्द्रले प्रदेश २ मा गणेश साहलाई इन्चार्जको जिम्मेवारी दिएको छ भने बागमतीमा हितमान शाक्य र गण्डकीमा हितराज पाण्डेलाई इन्चार्ज तोकेको छ । कर्णालीको इन्चार्ज शक्ति बस्नेतलाई तोकिएको छ भने सुदूरपश्चिममा खगराज भट्टलाई इन्चार्जको जिम्मेवारी दिइएको छ । प्रदेश १ को इन्चार्ज भने टुंगो लागेको छैन । सुरेन्द्र कार्की र सावित्री काफ्लेमध्ये एक जनालाई प्रदेश १ को इन्चार्ज बनाइने बताइएको छ । जिल्ला समन्वय समितिको संयोजक चयन गर्ने जिम्मा भने प्रदेश कमिटीलाई दिइएको प्रवक्ता श्रेष्ठले बताए ।...
निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको दलबारे भदौ ९ गते सनाखत गर्ने

निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको दलबारे भदौ ९ गते सनाखत गर्ने

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललाई सनाखतका लागि भदौ ९ गते बोलाएको छ । दुवै पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरूलाई सनाखतका लागि भदौ ९ बुधवार गते बिहान ११ बजेदेखि दिउँसाे दुई बजेसम्म निर्वाचन आयोगको कार्यालयमा बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । केन्द्रीय सदस्य र सांसदहरू स्वयम् उपस्थित भएर सनाखत गरेपछि दल दर्ताका लागि प्रस्ताव पेस हुने उहाँले बताउनुभयो । प्रस्तावित नेकपा एकीकृत समाजवादीमा नेपाल अध्यक्ष र वरिष्ठ नेतामा झलनाथ खनालसहित एक सय १५ जना केन्द्रीय सदस्य छन् भने लोकतान्त्रिक समाजवादी पार्टीमा ठाकुर अध्यक्ष, राजेन्द्र महतो र शरतसिंह भण्डारी वरिष्ठ नेतासहित ३१ जना कार्यकारिणी सदस्य छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले र...
चौधौँ महाधिवेशन मंसिरमा गर्ने कांग्रेसको निर्णय

चौधौँ महाधिवेशन मंसिरमा गर्ने कांग्रेसको निर्णय

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार
नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७८ मंसिर ९ देखि १२ गतेसम्म हुने भएको छ। प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय समितिको बैठकले भदौको मिति सारेर मंसिर ९ गतेको लागि सारेको हो । बैठकले क्रियाशील सदस्यको अन्तिम नामावली भदौ २ गतेभित्र बुझाइसक्ने र भदाै १८ गते वडा अधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले बताउनुभयो ।...
कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

Banner News 1, ताजा अपडेट, राजनीति, समाचार
नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको घोषणा गरेका छन् । शुक्रबार केन्द्रीय समिति बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको घोषणा गरेका हुन् । पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य स्वतह महाधिवेशन आउने प्रावधान आमन्त्रित केन्द्रीय सदस्यको हकमा लागू नभएको भन्दै उनीहरुले असन्तुष्टि जनाएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए । उनीहरुले कांग्रेसको विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई क्षेत्रीय प्रतिनिधि सरह अधिकार नदिएको भन्‍दै राजीनामा गरेका हुन् । पार्टीको क्षेत्रीय प्रतिनिधि सरह पनि हामीलाई अधिकार दिइएन, आमन्त्रित केन्द्रीय किरण पौडेलले भने, विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई विभेद गरिएकाले हामीले राजीनामा गरेका हौं ।’ उनले विधानले सबै तहको समान व्यवस्था गर्ने गरी ब्याख्या गर्नु पर्ने माग गरे । उनले भने, ‘केन्द्रीय समिति...
लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

ताजा अपडेट, राजनीति, समाचार
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार केसीलाई बहुमतको दाबीका आधारमा मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री केसीलाई माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको छ । केसी रोल्पाको निर्वाचन क्षेत्र १ 'क' बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । हिजो बुधवार मुख्यमन्त्री पदबाट शङ्कर पोखरेलले राजीनामा दिएसँगै प्रदेश प्रमुख अमिक शेरचनले २२ घण्टाको समय दिएर बहुमतसहित सरकारको दाबी गर्न आह्वान गर्नुभएको थियो ।...
जसपा खारेजको मागमा सर्वोच्चले दिएन अन्तरिम आदेश

जसपा खारेजको मागमा सर्वोच्चले दिएन अन्तरिम आदेश

Banner News 2, ताजा अपडेट, राजनीति
तत्कालिन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीचको एकता खारेजको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । तत्कालिन राजपासँग पार्टी एकता गरी आएका राष्ट्रिय जनमुक्ति पार्टीका राजकुमार थापाले एकीकरण प्रक्रिया नमिलेको भन्दै खारेजीको माग गर्दै रिट दिएका थिए । सोमबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासले राजपा र समाजवादी पार्टीबीचको एकता खारेज नपर्ने आदेश दिएको हो । यही रिटमा गत असार ३० गते न्यायाधीश कुमार रेग्मीको इजलासले विपक्षीसँग लिखित जवाफ माग गरी अन्तरिम आदेशका लागि छलफलमा बोलाएको थियो ।...
समाजवादी केन्द्र ः सके एकता नत्र चुनावी मोर्चा, माधव नेपाललाई अध्यक्ष प्रस्ताव

समाजवादी केन्द्र ः सके एकता नत्र चुनावी मोर्चा, माधव नेपाललाई अध्यक्ष प्रस्ताव

Banner News 1, ताजा अपडेट, राजनीति, समाचार
गत माघ १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा भेट भयो । नेकपा विभाजनको संघारमा पुगेको बेला यो भेट भएको थियो। माओवादी आन्दोलनका पुराना सहयात्री प्रचण्ड र भट्टराई पुनः एक ठाउँमा उभिने सम्भावनाको खोजी गरिरहेका थिए। ०७२ साल असोज १० गते तत्कालीन एमाओवादी पार्टी परित्याग गरेर वैकल्पिक राजनीति थालेका भट्टराई विभिन्न घुम्ती पार गर्दै जनता समाजवादी पार्टीमा पुगेका छन्। प्रचण्डले भने माओवादी ब्रान्ड टिकाउन हम्मे परेपछि एमालेसँग चुनावी तालमेलपछि पार्टी एकता गरेका थिए। तर, नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पुस ५ प्रतिनिधि सभा विघटन गरेपछि उनीहरु एकठाउँ बस्ने सम्भावना समाप्त भयो। प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमलाई ०७७ फागुन ११ गते सर्वाेच्च ...