Tuesday, October 27News That Matters

राजनीति

समाजवादी केन्द्र ः सके एकता नत्र चुनावी मोर्चा, माधव नेपाललाई अध्यक्ष प्रस्ताव

समाजवादी केन्द्र ः सके एकता नत्र चुनावी मोर्चा, माधव नेपाललाई अध्यक्ष प्रस्ताव

Banner News 1, ताजा अपडेट, राजनीति, समाचार
गत माघ १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा भेट भयो । नेकपा विभाजनको संघारमा पुगेको बेला यो भेट भएको थियो। माओवादी आन्दोलनका पुराना सहयात्री प्रचण्ड र भट्टराई पुनः एक ठाउँमा उभिने सम्भावनाको खोजी गरिरहेका थिए। ०७२ साल असोज १० गते तत्कालीन एमाओवादी पार्टी परित्याग गरेर वैकल्पिक राजनीति थालेका भट्टराई विभिन्न घुम्ती पार गर्दै जनता समाजवादी पार्टीमा पुगेका छन्। प्रचण्डले भने माओवादी ब्रान्ड टिकाउन हम्मे परेपछि एमालेसँग चुनावी तालमेलपछि पार्टी एकता गरेका थिए। तर, नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पुस ५ प्रतिनिधि सभा विघटन गरेपछि उनीहरु एकठाउँ बस्ने सम्भावना समाप्त भयो। प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमलाई ०७७ फागुन ११ गते सर्वाेच्च ...
जसपा विवाद : यादव पक्षको बहुमत, छिट्टै सरकारमा जाने

जसपा विवाद : यादव पक्षको बहुमत, छिट्टै सरकारमा जाने

Banner News 2, ताजा अपडेट, राजनीति
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्यको सनाखत लिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यले निर्वाचन आयोगमा पुगेर सनाखत गरेका हुन् । जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षमा बहुमत कार्यकारिणी सदस्यले हस्ताक्षर गर्नुभएको छ । जसपाको ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये ३४ सदस्यले अध्यक्ष यादवको पक्षमा हस्ताक्षर गर्नुभएको छ । पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरका पक्षमा १६ सदस्यले हस्ताक्षर गर्नुभएको छ । अहिले जेल सजाय भोगिरहनुभएका जसपाका सांसद रेशम चौधरी निर्वाचन आयोग परिसर पुगे पनि तटस्थ बस्नुभएको छ । जसपाको आधिकारिकता विवाद निरूपणका लागि आयोगले आवश्यक कागजातसहित आयोगमा आज बिहान ११ बजे उपस्थिति हुन आग्रह गरेको थियो । निर्वाचन आयोगका अनुसार जसपाको कार्यकारिणी सदस्यको सनाखत सकिएको छ । जसपाका कार्यकारिणी सदस्य मोहम्मद इस्तिया...
नेपाली कांग्रेसको तल्‍लो तहका अधिवेशन स्थगित

नेपाली कांग्रेसको तल्‍लो तहका अधिवेशन स्थगित

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
नेपाली कांग्रेसले साउन १२ गते हुने वडा लगायत सबै तहका अधिवेशन स्थगन गरेको छ। शनिबार सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले तल्लो तहका सबै अधिवेशन स्थगन गर्ने निर्णय गरेको हो। साउन १२ बाट गरिने भनिएको वडा तहको अधिवेशन क्रियाशील सदस्यता विवादले स्थगन गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझाएपछि अर्को मिति तोकिने उनले बताए। स्थानीय तलको अधिवेशनको तालिका फेरिने भए पनि यसबाट केन्द्रीय अधिवेशनको कार्यतालिका भने प्रभावित नहुने शर्माले बताए। केन्द्रीय कार्य समिति बैठकले अधिवेशनको अर्को कार्यतालिका सार्वजनिक गर्ने उनले जानकारी दिए। वडा अधिवेशन तोकिएको १२ गते क्रियाशील सदस्यता छानविन समितिले केन्द्रीय समितिलाई प्रतिवेदन बुझाउने पनि शर्माले बताए। पदाधिकारी बैठकमा महाधिवेशन गर्ने उपाय र विकल्पको बारेमा छलफल भए...
देउवालाई विश्वासको मत दिने यी हुन् एमालेका २२ सांसद

देउवालाई विश्वासको मत दिने यी हुन् एमालेका २२ सांसद

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा नेकपा एमालेका २२ जना सांसदले उनको पक्षमा मतदान गरेका छन् । देउवाले प्रतिनिधिसभामा १६५ मत पाउँदा नेकपा एमालेका २२ सांसदले मत दिएका हुन् । मत दिनेमा माधव नेपाल पक्ष मात्र नभई अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद पनि छन् । देउवालाई मत दिनमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् । त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् ।...
यस्तो छ देउवाको पाँचौँ पटक प्रधानमन्त्री बन्दासम्मको राजनीतिक यात्रा

यस्तो छ देउवाको पाँचौँ पटक प्रधानमन्त्री बन्दासम्मको राजनीतिक यात्रा

Banner News 2, राजनीति, समाचार
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदमा शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई शपथ ग्रहण गराउनुभएको हो । २००३ सालमा डडेल्धुराको असीग्राममा जन्मनुभएका देउवाले राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । २०२८ सालमा नेविसङ्घको सभापति बन्नुभएका देउवा विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिमा प्रवेश गर्नुभएको हो । देउवाले राजनीतिक जीवनकालमा पटक–पटक गरी नाै वर्षभन्दा बढी समय जेल जीवन बिताउनुभएको छ । देउवा २०४८ सालदेखि यताका सबै संसदीय तथा संविधान सभा चुनावमा अपराजित हुनुहुन्छ । देउवा २०७२ साल फागुनमा सम्पन्न कांग्रेसको १३ औँ महाधिवेशनबाट पार्टी सभापति बन्नुभएको हो । २०५९ सालमा नेपाली कांग्रेस विभाजन गरेर उहाँ नेपाली कांग्रेस (प्रजातान्त्रिक) को सभापति बन्नुभएको थियो । २०६४ सालमा पार्टी एकीकरण गरेर देउवा पार्टीको वरिष्ठ नेता बन्नु...