जापानबाट आइपुग्याे तीन लाख डाेज खोप, बाँकी एक हप्तापछि आउने
जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको तीन लाख डाेज खोप आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको तीन लाख डाेज खोप आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिनुभयो । जापानले नेपाललाई १६ लाख डाेज एस्ट्राजेनेकाको खोप दिने बताएको थियो । जापानबाटै हिजाे शनिबार पाँच लाख मात्रा खोप आएको थियो । बाँकी खोप एक हप्तापछि आउने मन्त्रालयले जनाएको छ ।
यसअघि शुक्रबार भुटानबाट दुई लाख ३० हजार डाेज कोभिशिल्ड खोप प्राप्त भएको थियो । जापानबाट प्राप्त खोप पहिलो मात्रा लगाएका नागरिकलाई लगाइनेछ । अहिलेसम्म खरिद र अनुदान गरेर झन्डै एक करोड डाेज खोप नेपाल आइपुगेको छ । नेपालले ६० लाख डाेज खाेप खरिद गरेको छ । चीनबाट ४० लाख डाेज भेरोसेल र भारतबाट २० लाख डाेज कोभिशिल्ड खोप खरिद गरिएको छ । भारतबाट खरिद गरिएकामध्ये १० लाख डाेज खोप अझैसम्म आपूर्...









