रोमाञ्चक यौन–जीवनका लागि दम्पतीले थाहा पाउनुपर्ने १० कुरा
कुनै पनि व्यक्तिको शारीरिक रुपान्तरणको लागि तपाईंको कामुकताले ठूलो भूमिका खेलेको हुन्छ । हर्माेनको स्तरमा आउने गिरावटले न्यूरोलोजिकल र परिसञ्चरणको काममा ठूलो असर गर्ने गर्छ । जसले गर्दा योनीको दुखाइ जस्ता यौन समस्याहरु निम्तिने गर्छ ।
यस्ता शारीरिक परिवर्तनहरुको अक्सर मतलब यो हो कि युवाहरु यौन सन्तुष्टिको अभाव वा यौन सम्बन्धी कुनै समस्याका कारण आफूमा केही अपुग भएको महसुस गर्छन् । तर परिपक्व यौनको लागि आत्मविश्वास, भावनात्मकताको विकास आदिको भूमिका ठूलो हुन्छ । त्यसैले सही यौन क्रियाकलापको लागि केही व्यवहारगत पक्षलाई हामीले ध्यान दिनुपर्ने हुन्छ ।
१. यौन शिक्षा
उत्कृष्ट र आनन्ददायक यौन सम्बन्धका लागि यौन शिक्षाको ज्ञान हुन जरुरी छ । यसले हामीमा रहेको यौन सम्बन्धी भ्रम चिर्न र यौनलाई आयमिक रुपमा बुझ्न सहयोग गर्छ । सुरक्षित यौन सम्पर्क कसरी गर्ने, यौनजन्य संक्रमणबाट कसरी बच्ने भन्ने कुरा जा...









