खोटाङमा आगलागीबाट २ घर जलेर नष्ट
खोटाङ, २४ कात्तिक गते । खोटाङमा आगलागीबाट २ घर जलेर नष्टहुँदा ११ लाख बढीको क्षति भएको छ । शनिबार दिउँसो खाजा पकाउने क्रममा भान्छाबाट सल्किएको आगोले रावा बेसी गाउँपालिका–५ दुबेकोलस्थित तल्लोदुबेका बीरबहादुर गुरुङको दुई वटा घर जलेर नष्ट भएको हो । आगलागीबाट जल्दा ११ लाख चार हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
आगलागीमा गुरुङको तीन तले दुई वटा कच्ची घर तथा घरमा भएका दुई तोला सुन, सात वटा तामे गाग्री, छ वटा तामे खड्कुला, १० मुरी मकै, एक मुरी चामल, एक मुरी भटमास, एक मुरी आलु, नगद १० हजार, लत्ताकपडा, भाँडावर्तन लगायत जलेको जिल्ला प्रहरी कार्यालय खोटाङका सुचना अधिकारी प्रहरी निरीक्षक मोहन पोखरेलले बताउनुभयो । आगलागीमा गुरुङको गोठ पनि जलेको छ ।
भुपु प्रहरी हवल्दार रहेका गुरुङको तीन घरमध्ये दुई घर जलेको हो । हाल गुरुङ परिवार आगलागीबाट जोगिएको घरमा बस्नु भएको छ । अगेनाम...









