Sunday, August 30News That Matters

समाज

रावा क्याम्पसमा महिला र दलित विद्यार्थीलाई ५० प्रतिशत छुट

रावा क्याम्पसमा महिला र दलित विद्यार्थीलाई ५० प्रतिशत छुट

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक २२ । खोटाङको रावा बेसी गाउँपालिका–२ खार्पास्थित रावा क्याम्पसले महिला र दलित विद्यार्थीलाई ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । क्याम्पसमा लाग्ने सम्पुर्ण खर्चमा महिला र दलित समुदायका विद्यार्थीलाई ५० प्रतिशत छुट दिने निर्णय गरेको क्याम्पसले जनाएको छ । क्याम्पस व्यवस्थापन समितिले गरेको निर्णय कार्यन्वयनमा आइसकेको क्याम्पस प्रमुख दिपक पोखरेलले बताउनुभयो । अन्य विद्यार्थीलाई पनि २५ प्रतिशत छुटको व्यवस्था गरिएको उहाँको भनाइ छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त रावा क्याम्पसमा शिक्षाशास्त्र सङ्कायमा स्नातक तह पठनपाठन भइरहेको छ । हाल सञ्चालन भइरहेको स्नातक तह प्रथम वर्षमा क्याम्पसले निर्णय गरेको छुटसहित विद्यार्थीहरुको भर्ना भइरहेको प्रमुख पोखरेलले बताउनुभयो । रावा क्याम्पसमा अध्ययनरत स्नातक तहका सबै वर्षका प्रत्येक विद्यार्थीको वर्षमा रु १० हजार खर्च लाग्ने गरेको थिय...
दिक्तेलस्थित सरस्वती आविका प्रधानाध्यापक धमलाको निधन

दिक्तेलस्थित सरस्वती आविका प्रधानाध्यापक धमलाको निधन

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक २२ । जिल्ला सदरमुकाम दिक्तेलस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक मेघराज धमलाको निधन भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल घर भएका ३९ वर्षीय धमलाको अल्पायुमै बुधबार साँझ मृत्यु भएको हो । भाइटिका लगाउन काठमाडौं गएका प्रधानाध्यापक धमलाको बुधबार साँझ करिब ६ बजे अचानक मृत्यु भएको खबर आएको सरस्वती आविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय बस्नेतले बताउनुभयो । बुधबार काठमाडौंबाट दाइ यादब धमलासँग मोटरसाइकलमा खोटाङ आउदै गर्दा बाटोमा मुटु दुखो भनेपछि प्रधानाध्यापक धमलालाई धुलिखेल अस्पताल लगिएको थियो । त्यसपछि त्यहाँबाट रेफर गरेर काठमाडौंस्थित गंगालाल अस्पतालमा पुगेपछि चिकित्सकले मृत घोषणा गरेको बताइएको छ । बिरामीको कुनै लक्षण नदेखिएका प्रधानाध्यापक धमलाको हृदयघातका कारण मृत्यु भएको अनुमान गरिएको छ । मृतक प्रधानाध्यापक धमलाको शव अन्त्येष्टिका लागि दिक्ते...
तिहारमा माइती जाने चेलीलाई खोटाङमा निःशूल्क बाइक सेवा

तिहारमा माइती जाने चेलीलाई खोटाङमा निःशूल्क बाइक सेवा

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक १५ गते । खोटाङमा युवाहरुको समुहले तिहारमा माइती जाने चेलीलाई निःशूल्क बाइक सेवा दिने भएका छन् । आर्थिक अवस्था कमजोर भएका वा समस्यामा परेका चेलीहरुलाई मोटरसाइकलमा निःशूल्क माइती घर पुराइदिने युवाहरुको अभियान रहेकोछ । गत दसैँबाट सुरु भएको यो अभियान तिहारमा पनि निरन्तरता दिने समुहले जनाएका छन् । दसैँमा आपतविपत्मा परेकाहरुलाई गन्तव्यसम्म पुराउने योजनासहित अभियान सुरु गरिएको अभियानका संयोजक सञ्जय कुमार राईले बताउनुभयो । दसैँमा चार दिनसम्म सञ्चालन भएको अभियानबाट ७० जना बढीले सेवा पाएका थिए । “दसैँ, तिहार चेलीलाई उपहार” नाम दिएर सुरु भएको अभियानमा करिब १० जना युवाहरु जेडिएका छन् । अझै जोडिने क्रम जारी रहेको संयोजक राईले बताउनुभयो । नेपालीको महत्वपूर्ण चाड तिहारमा माइती घरसम्म पुग्न समस्या भएका चेलीहरुलाई निःशूल्क मोटरसाइकलमा पुराइदिने उहाँको भनाइ छ । माइती र चेलीको यो पर्वमा आर्थ...
वडाध्यक्ष अमेरिका सुइँकुच्चा ठोकेपछि वडामा लगाइएको ताला खोलियो, यस्तो भयो सहमति

वडाध्यक्ष अमेरिका सुइँकुच्चा ठोकेपछि वडामा लगाइएको ताला खोलियो, यस्तो भयो सहमति

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक ९ । खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष ९ महिनासम्म अमेरिकाबाट नफर्किएपछि वडा कार्यालयमा लगाइएको ताला खोलिएको छ । वडाध्यक्ष अमेरिका बसेकाले सेवाग्राहीलाई समस्या भएको भन्दै सर्वपक्षीय राजनीतिक समितिले बुधबार वडामा ताला लगाएका थिए । अमेरिका पलायन भएका वडाध्यक्ष अर्जुन कुमार कट्वालको विषयमा गाउँपालिकाले कानुनी कारबाही प्रक्रिया सुरु गर्ने सहमति भएपछि शुक्रबार ताला खोलिएको हो । नेकपा माओवादी केन्द्रबाट निर्वाचित मात्तिमका वडाध्यक्ष कट्वाल २०८० माघ १९ गते अमेरिका जानुभएको थियो । हालसम्म पनि नर्फिएपछि मात्तिमका पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वपक्षीय समितिले बुधबार वडा कार्यालयमा ताला लगाएको हो । जनताको सेवा गर्न निर्वाचित वडाध्यक्ष अमेरिकामा बसेर उल्टै जनतालाई दुःख दिएको भन्दै वडा कार्यालयमा ताला लगाइएको पूर्ववडाध्यक्ष भट्टराईको भनाइ छ । ०८०...
खोटाङमा आगलागीबाट जलेर एक घर नष्ट

खोटाङमा आगलागीबाट जलेर एक घर नष्ट

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक ९ । खोटाङमा आगलागीबाट जलेर एक घर पूर्णरुपमा नष्ट भएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका बबरसिंह राईको घर आगलागीबाट जलेर पूर्णरुपमा नष्ट भएको हो । च्यास्मिटार दाल्फुका राईको घरमा शुक्रबार आज बिहान करिब साँढे ६ बजे आगलागी भएको स्थानीयले बताएका छन् । राईको घरमा आगलागी भएको थाहा पाएपछि च्यास्मिटार प्रहरी चौकीका प्रहरी र स्थानीयहरु भेला भएर आगो निभाउने प्रायस गरेपनि घर पूर्णरुपमा जलेको हो । पशुचौपाय र मानवीय क्षति भएको छैन् । घर भित्रका सबै सामान भने जलेर नष्ट भएको स्थानीय केशिराज राईले बताउनुभयो । फुसको छानो भएको घरसँगै घर भित्र भएको अन्नपात, लत्ताकपडा, भाँडाकुडा सबै जलेर नष्टहुँदा करिब ५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी (प्रहरी निरीक्षक) मोहन पोखरेलले बतानुभयो । नजिकै रहेको बुहारी कल्पना राईको घरमा खाना खाएर उक्त घरमा बृद...
खोटाङको कुभिण्डेमा बोलेरो दुर्घटना ६ जना सामान्य घाइते

खोटाङको कुभिण्डेमा बोलेरो दुर्घटना ६ जना सामान्य घाइते

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज २९ । खोटाङमा बोलेरो दुर्घटना भएको छ । रावा बेसी गाउँपालिका–१ कुभिण्डेमा बोलेरो दुर्घटनाहुँदा छ जना सामान्य घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ । रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीबाट दिक्तेल आउदै गरेको स १ ज ५५८ नम्बरको बोलेरो कुभिण्डे हाँचेकामा मंगलबार आज बिहान करिब ९ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । सडकमै पल्टिएको बोलेरोमा आठ जना यात्रु थिए । जसमा छ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।...
खोटाङको कुभिण्डे केन्द्र भएर ४.३ म्याग्निच्यूडको भूकम्प

खोटाङको कुभिण्डे केन्द्र भएर ४.३ म्याग्निच्यूडको भूकम्प

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज २९  । खोटाङलाई केन्द्र बनाएर गएराति भूकम्प गएको छ । राति १० बजेर ३२ मिनेटमा खोटाङको रावा बेसी गाउँपालिका–१ कुभिण्डे केन्द्र बनाएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । खोटाङ, सोलुखुम्बु, ओखलढुंगा लगायतका आसपासका जिल्लामा भूकम्पको धक्का राम्रै महसुस भएको थियो । भूकम्पको कारण कुनै क्षति भएको जानकारी हालसम्म नआएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । भूकम्पको केन्द्र कुभिण्डे आसपासका ठाउँहरुमा राति मानिसहरुको भागाभागसमेत भएको थियो । हालसम्म कुनै क्षति भएको जानकारी नआएको त्यहाँका वडाध्यक्ष गेहेन्द्रमान राईले बताउनुभयो । यसअघि असोज १५ गते सिन्धुपाल्चोकको जलविरे केन्द्रबिन्दु भएर ३.६ म्याग्निच्यूडको र भदौ १८ गते सिन्धुपाल्चोककै शिखरपुर केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको थियो ।...
करबि ३२ घण्टापछि खुल्यो हलेसी–जयराम सडक

करबि ३२ घण्टापछि खुल्यो हलेसी–जयराम सडक

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज १९ । अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको हलेसी–जयराम सडक करबि ३२ घण्टापछि खुलेको छ । ठाउँ–ठाउँमा खसेको पहिरो पन्छाएर करिब ३२ घण्टा पश्चात शनिबार आज बिहान ७ः३० बाट सडक पूर्णरुपमा सञ्चालनमा आएको हो । १७ गते राती परेको अविरल वर्षाका कारण सडकको ठाउँ–ठाउँमा पहिरो खसेको हो । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवा र लाकुरीभञ्ज्याङ, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारको बाङमा र हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेको खोक्सेली लगायतका ठाउँहरुमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । धेरै ठाउँमा ठुलो पहिरो खसेकाले सडक खुलाउन ढिला भएको हलेसी तुवाचुङ नगरपालिका मेयर मिवला राईले बताउनुभयो । नगरपालिकाले व्यवस्थापन गरेको २ वटा जेसिबि प्रयोग गरेर पहिरो पन्छाइएको हो । शुक्रबार बिहानबाटै सडकको पहिरो पन्छाउन सुरु गरिएको थियो । शुक्रबार साँझसम्म पनि पहिरो पन्छाउन नसकेपछि मेयर राई लगा...
ठाउँ–ठाउँमा पहिरो : हलेसी–जयराम सडक अझै खुलेन, यात्रु अलपत्र

ठाउँ–ठाउँमा पहिरो : हलेसी–जयराम सडक अझै खुलेन, यात्रु अलपत्र

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज १८ । अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको हलेसी–जयराम सडक अझै खुल्न सकेको छैन् । धेरै ठाउँमा पहिरो खसेकाले सडक खुल्न ढिलो भएको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ । १७ गते राती परेको अविरल वर्षाका कारण सडकको ठाउँ–ठाउँमा पहिरो खसेको हो । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवा र लाकुरीभञ्ज्याङ, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारको बाङमा र हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेको खोक्सेली लगायतका ठाउँहरुमा पहिरो खस्दा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईले बताउनुभयो । अन्य सबै पहिरो पन्छाएर जेसिबि अहिले कदुवा पुगेको छ । कदुवामा पनि दुई वटा पहिरो रहेकाले पन्छाएर सडक खोल्न अझै २ घण्टा बढी लाग्ने उहाँको भनाइ छ । साँझ ७ बजेसम्ममा सडक पूर्णरुपमा सञ्चालनमा आउने प्रहरी निरीक्षक राईले बताउनुभयो । हलेसी तुवाचुङ नगरपालिकाले व्यवस्थाप...
पहिरोले अवरुद्ध हलेसी–जयराम सडक ३ बजेसम्ममा खुल्ने

पहिरोले अवरुद्ध हलेसी–जयराम सडक ३ बजेसम्ममा खुल्ने

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज १८ गते । ठाउँ–ठाउँमा पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको हलेसी–जयराम सडक फेरी अवरुद्ध भएको छ । १७ गते राती परेको अविरल वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेपछि यात्रुहरु बाटैमा अलपत्र परेका छन् । इलाका प्रहरी कार्यालय हलेसीका अनुसार हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवा र लाकुरीभञ्ज्याङ, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारको बाङमा र हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेको खोक्सेली लगायतका ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । नगरपालिकाले निजी जेसिबी भाडामा लिएर धमाधम पहिरो पन्छाउने काम भइरहेको मेयर विमला राईले बताउनुभयो । नगरपालिकाले बडहरेतर्फबाट सडकको पहिरो पन्छाउदै अघि बढेको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताउनुभयो । बडहरेबाट च्यास्मीटार हुँदै कदुवासम्मको पहिरो हटाउने तयारी गरिएको छ । दशैंका लागि खोटाङ भित्रिदै गरेका यात्रु पहिरोले सडक अवरुद्ध भएपछि कदु...