Friday, October 23News That Matters

समाज

सशस्त्र प्रहरीमा भर्ना खुल्यो

सशस्त्र प्रहरीमा भर्ना खुल्यो

Banner News 3, ताजा अपडेट, समाचार, समाज
सशस्त्र प्रहरी बलले विभिन्न पदमा भर्ना आह्वान गरेको छ । शुक्रबार गोरखापत्रमा सार्वजनिक सूचना निकाल्दै सशस्त्र प्रहरीले निरीक्षकदेखि परिचरसम्मका पदमा भर्ना आह्वान गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले भदौ ११ गतेदेखि असोज १० गतेभित्र दरखास्त दिन सक्नेछन् । सूचना अनुसार सशस्त्र प्रहरी निरीक्षक पदमा ७५, सहायक निरीक्षक पदमा १३७, जहान पदमा ७५५ जना माग भएको छ । यस्तै यस्तै परिचर पदमा १२८ जना माग भएको छ । सूचना हेर्नुहोस्ः...
पहिरोमा परेर एकै परिवारका तीन जना बेपत्ता

पहिरोमा परेर एकै परिवारका तीन जना बेपत्ता

Banner News 2, ताजा अपडेट, समाचार, समाज
नवलपरासी (बर्दघाट सुस्तापूर्व )नवलपुरको हुप्सेकोट गाउँपालिकामा पहिरोमा परेर एकै परिवारका तीन जना बेपत्ता भएका छन् । अविरल वर्षापछि गएकाे पहिरोमा परेर हुप्सेकोट गाउँपालिका-४ माथिल्लो चार घरेका तीन जना बेपत्ता भएका हुन् । हुप्सेकोट गाउँपालिका-४ का अध्यक्ष रोशन थापाका अनुसार बेपत्ता हुनेमा हर्कबहादुर पुलामीकी श्रीमती धनमाया पुलामी, नातिनीहरू भूमिसार पुलामी र देउमाया पुलामी रहेका छन् । हर्कबहादुर पुलामीको भने गम्भीर अवस्थामा उद्धार गरिएको वडा अध्यक्ष थापाले बताउनुभयो । सुरक्षाकर्मीको टोली अहिले घटना स्थलमा पुगेको र बेपत्ता भएकाहरूको खोजी भइरहेको उहाँले बताउनुभयो । पहिरोका कारण त्यही ठाउँका पदमबहादुर पुलामीकाे घरमा समेत क्षति पुर्याएको वडा अध्यक्ष थापाले बताउनुभयो । अविरल वर्षाका कारण माथिल्लो चार घरेका १७ घर परिवार पहिरोको जोखिममा परेका छन् । यस्तै शङ्खदेवमा समेत एक घरमा क्षति पुगेको छ । वड...
भारी बर्षाका कारण विभिन्न ठाउँ डुबानमा

भारी बर्षाका कारण विभिन्न ठाउँ डुबानमा

Banner News 1, ताजा अपडेट, समाचार, समाज
लगातारको झरीले देशका विभिन्न ठाउँ डुबानमा परेका छन् । रुपन्देहीको भैरहवा, तिलोत्तमा, रुद्रपुरलगायतका ठाउँ डुबानमा परेको छ ।रूपन्देहीको तिनाउ, रोहिणी, कञ्चन, कपिलवस्तुको बाणगङ्गा लगायतका नदी छेउछाउमा बाढी पसेको छ । यस्तै गएरातिदेखिको अविरल वर्षाले नेपालगञ्ज आसपासको क्षेत्र जलमग्न भएको छ । निरन्तर परिरहेको वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत न्युरोड, सेतु विक चोक, बेलासपुर, कोरियनपुर, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर, रामलिला मैदान, बाँके गाउँलगायतका ठाउँमा पानी जमेर जलमग्न भएको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो। उहाँका अनुसार नेपालगञ्जमा २० मिलिमिटर वर्षा भएको छ । ढल निकासको उचित व्यवस्थापन नहुँदा नेपालगञ्जमा सामान्य वर्षातमा पनि डुबान हुने गरेको छ । पानी जमेपछि पैदलयात्रीलाई आवतजावतमा समस्या भएको छ । निरन्तरको वर्षाले राप्त...
खोटाङमा हत्या अभियोगमा २ जना पक्राउ

खोटाङमा हत्या अभियोगमा २ जना पक्राउ

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङमा हत्या गरेको अभियोगमा २ जना पक्राउ परेका छन । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ काँडे बस्ने ३३ वर्षीय गिरीराज थापाको हत्या गरेको अभियोगमा सोही ठाउँका मृतककै भाइ २२ वर्षीय नारायण थापा र १३ वर्षीय किशोरलाई बुधबार राति पक्राउ गरेको जिल्ल प्रहरी कार्यलय खोटाङले जनाएको छ । बुधबार दिउँसो घरबाट हिडेका गिरीराज अबेरसम्म घर नफर्केपछि खोजि गर्दा घर भन्दा करिब २ सय मिटर टाढा बारीमा मृत फेला परेका थिए । घटना भएको जानकारी पश्चात जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा गिरीराजलाई डोरीले घाँटी कसी हत्या गरेको खुल्न आएको थियो । उक्त घटनामा संलग्न उनीहरूलाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । घटनाको थप अनुसन्धाद भईरहेको जिल्ल प्रहरी कार्यलय खोटाङले जनाएको छ ।...
प्रदेश १ को कृषि मन्त्रालयमा बेथिति‚ २५ जनाको नौ दिनको खर्च साढे ४० लाख

प्रदेश १ को कृषि मन्त्रालयमा बेथिति‚ २५ जनाको नौ दिनको खर्च साढे ४० लाख

Banner News 1, ताजा अपडेट, समाचार, समाज
प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषक भ्रमणको नाममा ४० लाख ५० हजार रूपैयाँ खर्च गरेको छ। १२ जना कृषक र १३ जना कर्मचारीसहित २५ जनाको नौ दिनको भारत भ्रमणमा उक्त खर्च भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ। प्रदेश आर्थिक कार्यविधि नियमावली, २०७५ को नियम ३६ मा कार्यालयलाई प्राप्त निकासा रकम स्वीकृत कार्यक्रमको आधारमा खर्च गर्नुपर्ने व्यवस्था छ। उद्यमी एवं व्यावसायिक कृषकहरुलाई भारतस्थित व्यावसायिक फर्महरुमा स्थलगत तालिम तथा अवलोकन भ्रमण गर्न मन्त्रालयको २०७६ असार २९ मा १२ जना कृषक र १३ जना कर्मचारीलाई नौ दिनको भारत भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको थियो। महालेखाले भ्रमणमा लगिएका कृषक कसरी छनौट गरियो र कर्मचारी किन बढी लगियो भनी प्रश्न गरेको छ। प्रतिवेदनमा उल्लेख छ, ‘उक्त कार्यक्रममा कृषक छनौटको आधार पेश भएन। कृषकका लागि निर्धारित कार्यक्रमबाट कृषकभन्दा बढी...
नेप्सेका सीईओ साउदद्वारा राजीनामा

नेप्सेका सीईओ साउदद्वारा राजीनामा

Banner News 3, अर्थ, ताजा अपडेट, समाचार, समाज
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिनुभएको छ । सर्वोत्तम सिमेन्टको आईपीओ प्रकरणमा विवादित भएका साउदले अर्थ मन्त्रालय पुगेर राजीनामा दिनुभएको हो । सर्वोत्तम सिमेन्टले बुक विल्डिङमार्फत जारी गर्न लागेको आईपीओमा पहिल्यै शेयर किनेर बजार प्रभावित पार्न खोजेको आरोप साउदमाथि लागेको थियो । यो विषयमा छानबिनका लागि अर्थ मन्त्रालयले बनाएको छानबिन समितिले धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगाना र नेप्सेका सीईओ साउद पनि दोषी रहेको ठहर गरेको छ । राजीनामा दिँदै साउनले आफ्नो कार्यकालमा नेपालका लगानीकर्ता र नेपालको पुँजीबजारको विकास र विस्तारका लागि गर्नुपर्ने हरदम कोसिस गरेको बताउनुभयो । दैनिक रूपमा डेढ अर्बको कारोबार हुने बजार आज २१ औँ अर्बको कारोबार हुन सक्ने अवस्थामा पुर्‍याएकाे उहाँको दाबी छ ।...
एक युवकद्धारा आफ्नै बुवा र श्रीमतीको हत्या

एक युवकद्धारा आफ्नै बुवा र श्रीमतीको हत्या

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
धनुषामा केही दिनअघि वैदेशिक रोजगारीबाट फर्केका एक व्यक्तिले आफ्नै बुवा र श्रीमतीको हत्या गरेका छन् । मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ ललिया निवासी भागेश्वर मण्डलले ५५ वर्षीय बुवा रामवृक्ष र २४ वर्षीया श्रीमती अमिरकादेवीको हत्या गरेका हुन् । दुवै जनाको हत्या गरी शव छिमेकी रामकिसुन मण्डलको आँपको बगैंचामा खाल्डो खनेर गाडेका थिए। २७ वर्षीय भागेश्वरले सोमबार राति १२ बजेतिर दुवैको हत्या गरेको पाइएको धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । ‘बिहान उनका ३ र ४ वर्षका बच्चा रोइरहेको र भागेश्वर आफैं टोलाएर बसिरहँदा पुगेका छिमेकीले दुवैको हत्या भएको पत्ता लगाएर हामीलाई जानकारी गराएका थिए,’ बस्नेतले भने, ‘तत्कालै भागेश्वरलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले हत्या गरेको स्वीकारेका छन् ।’ शव गाडेको ठाउँमा उत्खनन् गर्दा दुवैको शव फेला परेको बस्नेतले जानकारी दिए । भागेश्व...
प्रदेश १ को कृषि मन्त्रालयमा बेथिति‚ २५ जनाको नौ दिनको खर्च साढे ४० लाख

प्रदेश १ को कृषि मन्त्रालयमा बेथिति‚ २५ जनाको नौ दिनको खर्च साढे ४० लाख

Banner News 2, ताजा अपडेट, समाचार, समाज
प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषक भ्रमणको नाममा ४० लाख ५० हजार रूपैयाँ खर्च गरेको छ। १२ जना कृषक र १३ जना कर्मचारीसहित २५ जनाको नौ दिनको भारत भ्रमणमा उक्त खर्च भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ। प्रदेश आर्थिक कार्यविधि नियमावली, २०७५ को नियम ३६ मा कार्यालयलाई प्राप्त निकासा रकम स्वीकृत कार्यक्रमको आधारमा खर्च गर्नुपर्ने व्यवस्था छ। उद्यमी एवं व्यावसायिक कृषकहरुलाई भारतस्थित व्यावसायिक फर्महरुमा स्थलगत तालिम तथा अवलोकन भ्रमण गर्न मन्त्रालयको २०७६ असार २९ मा १२ जना कृषक र १३ जना कर्मचारीलाई नौ दिनको भारत भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको थियो। महालेखाले भ्रमणमा लगिएका कृषक कसरी छनौट गरियो र कर्मचारी किन बढी लगियो भनी प्रश्न गरेको छ। प्रतिवेदनमा उल्लेख छ, ‘उक्त कार्यक्रममा कृषक छनौटको आधार पेश भएन। कृषकका लागि निर्धारित कार्यक्रमबाट कृषकभन्दा बढी...
विद्यार्थी नै नभएको विद्यालयमा शिक्षकको तलब भत्ता साढे १२ लाख

विद्यार्थी नै नभएको विद्यालयमा शिक्षकको तलब भत्ता साढे १२ लाख

Banner News 2, ताजा अपडेट, समाचार, समाज
विद्यार्थी नै नभएको विद्यालयमा करार दरबन्दीमा शिक्षक नियुक्ति गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८औं प्रतिवेदनमा विद्यार्थी नभएका उक्त विद्यालयहरुका शिक्षकका लागि स्थानीय सरकारले तलब भत्ताका लागि निकासा गरेको उल्लेख गरेको छ । प्रतिवेदनका अनुसार मनाङको नार्पा भूमि गाउँपालिकाले  फू आधारभूत विद्यालयमा बालविकास बाहेकका एकजना पनि विद्यार्थी नभएको विद्यालय लागि दुई स्थायी र एक करार शिक्षकको तलब भत्ता लगायतको सुविधको लागि वार्षिक १२ लाख ६५ हजार निकासा गरेको पाइएको जनाएको छ । त्यस्तैगरी ङीस्याङ गाउँपालिका अन्तर्गतको ङावल आधारभूत विद्यालयमा एकजना पनि विद्यार्थी नभएको विद्यालयका ८ जना स्थायी शिक्षकको तलब भत्ता लगायतको सुविधाका लागि ३५ लाख ८६ हजार निकासा दिएको छ । एक जना पनि विद्यार्थी नभएको विद्यालयमा समेत करारको शिक्षक नियुक्ति गरेको देखिएको छ । यस्तो अवस्थामा विद्याल...
खोटाङमा दुई ब्यक्ति पक्राउ

खोटाङमा दुई ब्यक्ति पक्राउ

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ भदौ ६ : खोटाङमा दुई ब्यत्तिलाई प्रहरीले पक्राउ गरेको छ । १५ केजी गाँजा सहित ५७ वर्षीय मगम राईलाइ र भरुवा बन्दुक सहित ३७ वर्षीय खगेन्द्र राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका मगम राईको घरमा लागू औषध गाँजा लुकाएर राखेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले खान तलासी गर्दा १५ केजी गाँजा बरामद गरेको थियो । लागू औषध गाँजा सहित राईलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरिक्षक सागर शाहले जानकारी दिनुभयो । यस्तै, हलेसी तुवाचुङ नगरपालिका–७ ऐसेलुखर्कका खगेन्द्र राईको घरमा अवैध हातहतियार लुगाएर राखेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले १ नाल भरुवा बन्दुध सहित राईलाई पनि शनिबारनै पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुई जनालार्ई ...