Friday, July 3News That Matters

समाज

प्रदेश १ को कृषि मन्त्रालयमा बेथिति‚ २५ जनाको नौ दिनको खर्च साढे ४० लाख

प्रदेश १ को कृषि मन्त्रालयमा बेथिति‚ २५ जनाको नौ दिनको खर्च साढे ४० लाख

Banner News 1, ताजा अपडेट, समाचार, समाज
प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषक भ्रमणको नाममा ४० लाख ५० हजार रूपैयाँ खर्च गरेको छ। १२ जना कृषक र १३ जना कर्मचारीसहित २५ जनाको नौ दिनको भारत भ्रमणमा उक्त खर्च भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ। प्रदेश आर्थिक कार्यविधि नियमावली, २०७५ को नियम ३६ मा कार्यालयलाई प्राप्त निकासा रकम स्वीकृत कार्यक्रमको आधारमा खर्च गर्नुपर्ने व्यवस्था छ। उद्यमी एवं व्यावसायिक कृषकहरुलाई भारतस्थित व्यावसायिक फर्महरुमा स्थलगत तालिम तथा अवलोकन भ्रमण गर्न मन्त्रालयको २०७६ असार २९ मा १२ जना कृषक र १३ जना कर्मचारीलाई नौ दिनको भारत भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको थियो। महालेखाले भ्रमणमा लगिएका कृषक कसरी छनौट गरियो र कर्मचारी किन बढी लगियो भनी प्रश्न गरेको छ। प्रतिवेदनमा उल्लेख छ, ‘उक्त कार्यक्रममा कृषक छनौटको आधार पेश भएन। कृषकका लागि निर्धारित कार्यक्रमबाट कृषकभन्दा बढी...
नेप्सेका सीईओ साउदद्वारा राजीनामा

नेप्सेका सीईओ साउदद्वारा राजीनामा

Banner News 3, अर्थ, ताजा अपडेट, समाचार, समाज
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिनुभएको छ । सर्वोत्तम सिमेन्टको आईपीओ प्रकरणमा विवादित भएका साउदले अर्थ मन्त्रालय पुगेर राजीनामा दिनुभएको हो । सर्वोत्तम सिमेन्टले बुक विल्डिङमार्फत जारी गर्न लागेको आईपीओमा पहिल्यै शेयर किनेर बजार प्रभावित पार्न खोजेको आरोप साउदमाथि लागेको थियो । यो विषयमा छानबिनका लागि अर्थ मन्त्रालयले बनाएको छानबिन समितिले धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगाना र नेप्सेका सीईओ साउद पनि दोषी रहेको ठहर गरेको छ । राजीनामा दिँदै साउनले आफ्नो कार्यकालमा नेपालका लगानीकर्ता र नेपालको पुँजीबजारको विकास र विस्तारका लागि गर्नुपर्ने हरदम कोसिस गरेको बताउनुभयो । दैनिक रूपमा डेढ अर्बको कारोबार हुने बजार आज २१ औँ अर्बको कारोबार हुन सक्ने अवस्थामा पुर्‍याएकाे उहाँको दाबी छ ।...
एक युवकद्धारा आफ्नै बुवा र श्रीमतीको हत्या

एक युवकद्धारा आफ्नै बुवा र श्रीमतीको हत्या

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
धनुषामा केही दिनअघि वैदेशिक रोजगारीबाट फर्केका एक व्यक्तिले आफ्नै बुवा र श्रीमतीको हत्या गरेका छन् । मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ ललिया निवासी भागेश्वर मण्डलले ५५ वर्षीय बुवा रामवृक्ष र २४ वर्षीया श्रीमती अमिरकादेवीको हत्या गरेका हुन् । दुवै जनाको हत्या गरी शव छिमेकी रामकिसुन मण्डलको आँपको बगैंचामा खाल्डो खनेर गाडेका थिए। २७ वर्षीय भागेश्वरले सोमबार राति १२ बजेतिर दुवैको हत्या गरेको पाइएको धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । ‘बिहान उनका ३ र ४ वर्षका बच्चा रोइरहेको र भागेश्वर आफैं टोलाएर बसिरहँदा पुगेका छिमेकीले दुवैको हत्या भएको पत्ता लगाएर हामीलाई जानकारी गराएका थिए,’ बस्नेतले भने, ‘तत्कालै भागेश्वरलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले हत्या गरेको स्वीकारेका छन् ।’ शव गाडेको ठाउँमा उत्खनन् गर्दा दुवैको शव फेला परेको बस्नेतले जानकारी दिए । भागेश्व...
प्रदेश १ को कृषि मन्त्रालयमा बेथिति‚ २५ जनाको नौ दिनको खर्च साढे ४० लाख

प्रदेश १ को कृषि मन्त्रालयमा बेथिति‚ २५ जनाको नौ दिनको खर्च साढे ४० लाख

Banner News 2, ताजा अपडेट, समाचार, समाज
प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषक भ्रमणको नाममा ४० लाख ५० हजार रूपैयाँ खर्च गरेको छ। १२ जना कृषक र १३ जना कर्मचारीसहित २५ जनाको नौ दिनको भारत भ्रमणमा उक्त खर्च भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ। प्रदेश आर्थिक कार्यविधि नियमावली, २०७५ को नियम ३६ मा कार्यालयलाई प्राप्त निकासा रकम स्वीकृत कार्यक्रमको आधारमा खर्च गर्नुपर्ने व्यवस्था छ। उद्यमी एवं व्यावसायिक कृषकहरुलाई भारतस्थित व्यावसायिक फर्महरुमा स्थलगत तालिम तथा अवलोकन भ्रमण गर्न मन्त्रालयको २०७६ असार २९ मा १२ जना कृषक र १३ जना कर्मचारीलाई नौ दिनको भारत भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको थियो। महालेखाले भ्रमणमा लगिएका कृषक कसरी छनौट गरियो र कर्मचारी किन बढी लगियो भनी प्रश्न गरेको छ। प्रतिवेदनमा उल्लेख छ, ‘उक्त कार्यक्रममा कृषक छनौटको आधार पेश भएन। कृषकका लागि निर्धारित कार्यक्रमबाट कृषकभन्दा बढी...
विद्यार्थी नै नभएको विद्यालयमा शिक्षकको तलब भत्ता साढे १२ लाख

विद्यार्थी नै नभएको विद्यालयमा शिक्षकको तलब भत्ता साढे १२ लाख

Banner News 2, ताजा अपडेट, समाचार, समाज
विद्यार्थी नै नभएको विद्यालयमा करार दरबन्दीमा शिक्षक नियुक्ति गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८औं प्रतिवेदनमा विद्यार्थी नभएका उक्त विद्यालयहरुका शिक्षकका लागि स्थानीय सरकारले तलब भत्ताका लागि निकासा गरेको उल्लेख गरेको छ । प्रतिवेदनका अनुसार मनाङको नार्पा भूमि गाउँपालिकाले  फू आधारभूत विद्यालयमा बालविकास बाहेकका एकजना पनि विद्यार्थी नभएको विद्यालय लागि दुई स्थायी र एक करार शिक्षकको तलब भत्ता लगायतको सुविधको लागि वार्षिक १२ लाख ६५ हजार निकासा गरेको पाइएको जनाएको छ । त्यस्तैगरी ङीस्याङ गाउँपालिका अन्तर्गतको ङावल आधारभूत विद्यालयमा एकजना पनि विद्यार्थी नभएको विद्यालयका ८ जना स्थायी शिक्षकको तलब भत्ता लगायतको सुविधाका लागि ३५ लाख ८६ हजार निकासा दिएको छ । एक जना पनि विद्यार्थी नभएको विद्यालयमा समेत करारको शिक्षक नियुक्ति गरेको देखिएको छ । यस्तो अवस्थामा विद्याल...
खोटाङमा दुई ब्यक्ति पक्राउ

खोटाङमा दुई ब्यक्ति पक्राउ

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ भदौ ६ : खोटाङमा दुई ब्यत्तिलाई प्रहरीले पक्राउ गरेको छ । १५ केजी गाँजा सहित ५७ वर्षीय मगम राईलाइ र भरुवा बन्दुक सहित ३७ वर्षीय खगेन्द्र राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका मगम राईको घरमा लागू औषध गाँजा लुकाएर राखेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले खान तलासी गर्दा १५ केजी गाँजा बरामद गरेको थियो । लागू औषध गाँजा सहित राईलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरिक्षक सागर शाहले जानकारी दिनुभयो । यस्तै, हलेसी तुवाचुङ नगरपालिका–७ ऐसेलुखर्कका खगेन्द्र राईको घरमा अवैध हातहतियार लुगाएर राखेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले १ नाल भरुवा बन्दुध सहित राईलाई पनि शनिबारनै पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुई जनालार्ई ...
महालेखापरीक्षकाे प्रतिवेदन : चार खर्ब १८ अर्ब ८५ कराेड बेरुजु

महालेखापरीक्षकाे प्रतिवेदन : चार खर्ब १८ अर्ब ८५ कराेड बेरुजु

Banner News 3, ताजा अपडेट, समाचार, समाज
आर्थिक वर्ष २०७६/०७७ सम्म बेरुजु रकम चार खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ बराबर रहेको छ । महालेखापरीक्षकको ५८ औँ वार्षिक प्रतिवेदनअनुसार आव २०७५/०७६ मा चार खर्ब १८ अर्ब ३२ करोड रुपैयाँ रहेको बेरुजु आव २०७६/०७७ मा थप ५३ करोड रुपैयाँले बढेको हो । लेखापरीक्षणबाट ६ अर्ब १७ करोड रुपैयाँ बराबरको असुल भएको छ । यस्तै आर्थिक वर्ष २०७६/०७७ सरकारले कारबाही गरेर टुङ्गो लगाउनुपर्ने रकम रु ६ खर्ब ७६ अर्ब ४१ करोड रुपैयाँ बराबर रहेको छ । सङ्घीय, प्रदेश सरकारी निकाय र पालिका, सङ्गठित संस्था, समिति र अन्य संस्थाको समेत ५३ खर्ब २७ अर्ब ९१ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । त्यसमध्ये तीन हजार ७९ सरकारी निकाय र एक हजार १९ कार्यालयको १५ खर्ब ५५ अर्ब ८१ करोड रुपैयाँ बराबरको लेखापरीक्षणबाट ४४ अर्ब ३९ करोड, प्रदेश निकाय र कार्यालय गरी कुल एक हजार १९ को दुई खर्ब ३७ अर्ब ४१ ...
खोटाङ प्रशासनलाई स्थानीयले बुझाए १७ नाल भरुवा बन्दुक

खोटाङ प्रशासनलाई स्थानीयले बुझाए १७ नाल भरुवा बन्दुक

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
भाद्र ४ खोटाङ : खोटाङमा जिल्ला प्रशासन कार्यलयले अवैध हातहतियार संकलन अभियान सुरु गरेको छ । जस अन्तरगत स्थानीयले शुक्रबार १७ नाल भरुवा बन्दुक बुझाएका छन । २ नगरपालिका र ८ गाउँपालिका रहेको जिल्लाको सबै स्थानीयतहमा अभियान सुरु गरिएको जिल्ला प्रशासन कार्यलय खोटाङले जनाएको छ । अभियानको सुरुवातमा जिल्लाको ऐसेलुखर्क गाउँपालिका ४ जलेश्वरीका स्थानीयले ७ नाल सावुद र १० नाल बेसावुद बन्दुक बुझाएका हुन् । स्थानीयले बोलाएपछि प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा स्वयं उपस्थीत भएर बन्दुक बुझ्नु भएको हो । बिहिबार प्राप्त बन्दुक शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । जिल्लामा हुने वन्यजन्तु चोरी शिकारी एवं अपराधिक क्रियाकलाप नियन्त्रणका लागि सुरु गरिएको हातहतियार संकलन अभियानलाई तिव्रता दिईने प्रमुख जिल्ला अधिकारी शर्माले बताउँनु भयो ।...
खोटाङमा २३ हजार नागरिक कोरोना बिरुद्धको दोस्रो डोज खोपको पर्खाईमा

खोटाङमा २३ हजार नागरिक कोरोना बिरुद्धको दोस्रो डोज खोपको पर्खाईमा

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ साउन ३० : खोटाङमा करीब २३ हजार नागरिक कोरोना बिरुद्धको दोस्रो डोज खोपको पर्खाईमा रहेका छन । जिल्लामा पहिलो डोजको खोप लगाएर २३ हजार ३ सय ६९ जना दोस्रो डोज खोपको पर्खाईमा रहेको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । खोटाङमा गत माग १५ गतेबाट कोरोना बिरुद्धको खोप अभियान सुरु भएको हो । हाल सम्म जिल्लामा ३ हजार ३ सय ७७ जनाले मात्र पुरा डोज खोप लगाएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुन्य प्रसाद सिक्देलले बताउँनु भयो । कोभिसिल्डकोे दोस्रो डोज खोप जिल्लामा नआएको कारण धेरै नागरिकले दोस्रो डोज खोप लगाउँन नपाएको उहाँको भनाई छ । यस्तै भेरोसेल खोपको पहिलो डोज लगाएको २१ दिन नकटेकोले दोस्रो डोज लगाउँन नमिलेको प्रमुख सिक्देलले बताउँनु भयो ।...
खोटाङमा १ सय ४९ जना प्रतिवादिहरु अझै पक्राउ परेनन

खोटाङमा १ सय ४९ जना प्रतिवादिहरु अझै पक्राउ परेनन

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ साउन ३० : खोटाङमा १ सय ४९ जना प्रतिवादिहरु फरार रहेको पाईएको छ । बिभिन्न मुद्धामा अदालतबाट दोषि ठहर भएपनि उनिहरुलाई हाल सम्म पक्राउ गर्न नसकिएको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ । फरार प्रतिवादिहरु मध्ये १ सय २६ जना पुरुष र २३ जना महिला रहेका छन । जस मध्ये सबै भन्दा धेरै सम्बन्ध बिच्छेद मुद्धामा दोषि ठहर १६ जना पुरुष र ३ जना महिला गरी १९ जना प्रतिवादिहरु फरार रहेका छन । यस्तै कर्तव्य ज्यान मुद्धाका १३ पुरुष र ३ महिला गरी १६ जना फरार रहेको जिल्ला प्रहरी कार्यलय खोटाङका प्रवक्ता एवं प्रहरी निरिक्षक सागर साहले बताउँनु भयो । यस्तै फरार हुनेमा सवारी ज्यान मुद्धाका ३, नागरिकता किर्ते ३, लेख बेईज्ती १, लागु औषध ३, चोरी ९, भ्रष्ट्रचार ८, बैदेसिक रोजगार ६, बैंकिङ कसुर ३, बाली कुटपिट १, बालबिबाह १, बहुबिबाह ३, वनपैदावर १, नगदजिन्सी हिनामिना १, डाँका ७, ठगी १, ज्यान मार्ने उद्योग ६,...