Monday, August 24News That Matters

समाज

खानेपानी आयोजनामा काम गर्ने चार जना मजदुरको ज्यान गयो

खानेपानी आयोजनामा काम गर्ने चार जना मजदुरको ज्यान गयो

Banner News 2, ताजा अपडेट, समाचार, समाज
बाग्लुङमा खानेपानी आयोजनामा काम गर्ने चार जना मजदुरको ज्यान गएको छ । गलकोट नगरपालिका–७ मल्ममा खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षका दीपेन्द्र पुन, ३९ वर्षका दूधबहादुर राना, ५१ वर्षका रेखबहादुर राना र ३० वर्षका प्रविन घर्तीको ज्यान गएको हो । विषाक्त जाँडरक्सी खाएर उनीहरुको ज्यान गएको हुनसक्ने र थप अनुसन्धान भइरहेकाे बाग्लुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो । बिरामी ३८ वर्षका खेमराज घर्ती र २६ वर्षका रवीन्द्र पुनको धौलागिरि अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।...
विश्वमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्दै

विश्वमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्दै

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
विश्वमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ । कोरोना विरुद्धको खोप अभियान चलिरहकै बेलामा पनि सङ्क्रमित बढ्नुले चुनौती थपेको विश्लेषण गरिएको छ । पछिल्लो समय इण्डोनेशियामा सङ्क्रमण तीव्र  गतिमा फैलिएको छ । सङ्क्रमणका कारण स्वास्थ्यकर्मी बढी प्रभावित भएका छन् । त्यहाँ अहिलेसम्म कोरोनाका कारण ५ सय ४५ जना डाक्टरको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इण्डोनेशिया सरकारले आफ्ना ९५ प्रतिशत स्वास्थ्यकर्मीलाई खोप लगाइसकेको दाबी गरेको छ ।  त्यहाँ गएको २४ घण्टामा ४४ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको छ । यस्तै, बेलायतमा पनि सङ्क्रमण फैलिन थालेको छ । गएको २४ घण्टामा बेलायतमा ५४ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको छ । यस्तै थाइल्याण्डमा पनि सङ्क्रमण फैलिन थालेपछि स्वास्थ्यका मापदण्डमा कडाइ गर्दै लकडाउन थपिएको छ । यस्तै, बङ्गलादेशमा पनि सङ्क्रमण फैलिरहेको छ । कोरोनाको डेल्टा भेरियन्टका...
गाई काटेको अभियोगमा दुई पक्राउ

गाई काटेको अभियोगमा दुई पक्राउ

Banner News 3, ट्रेन्डिङ, समाचार, समाज
खाँदबारी नगरपालिका–८ मा गाई काटेको अभियोगमा दुईजना पक्राउ परेका छन  । प्रहरीले भारतको सिलिगुडी घर भई हाल खाँदबारी–८ बस्ने २७ वर्षीय अम्बर तामाङ र सोही ठाउँका १८ वर्षीय डम्बर विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिनुभयो । उनीहरुलाई शुक्रबार दिउँसो खाँदबारी–८ भोटबारीबाट पक्राउ गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए। गाई काटेको भन्ने खबर पाउनसाथ खटिएको प्रहरी टोलीले भोटबारीबाट पक्राउ गरेको उहाँले बताउँनुभयो ।  प्रहरीले तामाङको घरबाट३०० मिटर पूर्वमा रहेको खोला किनारबाट गाई काटिरेहको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । अन्य दुईजना फरार रहेकाले खोजी गरिरहेको प्रहरी निरीक्षक अधिकारीले बताउँनुभयो ।  पक्राउ परेकामाथि गौवधसम्बन्धी मुद्दा चलाइएको प्रहरीले जनाएको छ । गौवधसम्बन्धी मुद्दामा तीन वर्षसम्म कैद हुन कानुनी ब्यवस्था रहेको प्रहरी...
अबको तीन दिन मनसुन थप सक्रिय हुने, केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

अबको तीन दिन मनसुन थप सक्रिय हुने, केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

Banner News 1, ट्रेन्डिङ, समाज
अबको तीन दिन मनसुन थप सक्रिय हुने मौसमविद्ले बताएका छन् । भारतमा बनेको न्यूनचापीय रेखा पूर्वबाट प्रवेश गरेर देशभर फैलिएकाले आजदेखि ५ गतेसम्म मनसुन थप सक्रिय हुने मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । उहाँका अनुसार यो अवधिमा  केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना छ । आज विशेषगरी सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वाग्मती, प्रदेश-२ र प्रदेश-१ का थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकाे छ । अरु ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । अहिले कास्की, स्याङ्जा लगायतका ठाउँमा ठूलो पानी परिरहेको छ । भोलि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, तथा प्रदेश- १ का थोरै ठाउँमा ठूलो पानी पर्ने र पर्सि प्रदेश-१, प्रदेश-२, वाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा भारी वर्षाको सम्भावना छ । भने अरु ठाउँको मौसम बद्ली भएर हल्कादेखि मध्यमखालको पानी पर्ने स...
आजबाट कस्ता मोबाइल फोन चल्दैनन् ?

आजबाट कस्ता मोबाइल फोन चल्दैनन् ?

Banner News 3, समाचार, समाज
नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध मोबाइल प्रयोग निरुत्साहित गर्ने उद्देश्यले सफ्टवेयर लागू गरेको छ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू भएको र यो प्रणालीले नेपाल भित्रिएका अवैध मोबाइल बन्द गर्ने र वैध मोबाइल मात्रै सञ्चालन हुने प्राधिकरणले जनाएको छ । अब विदेशबाट किनेर वा उपहारका रुपमा आएका मोबाइलको आईएमईआई दर्ता गर्नुपर्छ । दूरसञ्चार प्राधिकरणको वेबसाइटबाट आईएमईआई नम्बर दर्ता गर्न सकिन्छ । वेबसाइटबाट आफ्नो मोबाइलको आईएमईआई नम्बर दर्ता छ कि छैन भनेर पनि हेर्न सकिन्छ । तर दर्ता नभएका मोबाइल तत्काल बन्द हुँदैनन् । भन्सारबाट भित्रिएका मोबाइलको आईएमईआई नम्बर र प्रयोगकर्ता आफैंले दर्ता गराएको आईएमईआई नम्बर एमडीएमएसमा सूचीकरण गर्ने काम भैरहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार विदेशमा चोरी भएका वा कर नतिरी नेपाल भित्रिएका मोबाइल सेटको प्रयोग निरुत्साहित गर्ने उद...
खोटाङमा एक घरमा आगलागि हुँदा ६ लाख बराबरको क्षेती

खोटाङमा एक घरमा आगलागि हुँदा ६ लाख बराबरको क्षेती

Banner News 1, समाचार, समाज
खोटाङमा एक घरमा आगलागि हुँदा ६ लाख बराबरको क्षेती भएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका ५ गणेसटार स्थीत केशव कुमार राईको घरमा आगलागि हुँदा उक्त रकम बराबरको क्षेती भएको हो । बिहिबार (आज) दिउँसो ३ बजेर २० मिनेटको समयमा आगलागि हुँदा राईको ढुंगा माटोले बनेको खरको छाना भएको ३ तले घर जलेर नष्ट भएको छ । घरमा रहेको अन्नपात, लत्ता कपडा, भाडाकुडा सहित घर नजिकैको मतानमा रहेको ३ वटा खसी, २ वटा सुँगुर जल्दा ६ लाख बराबरको क्षेती भएको जिल्ला प्रहरी कार्यलय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक (इन्सपेक्टर) अम्मर प्रसाद गजमेरले जानकारी दिनुभयो । घटना भएको लगत्तै हलेसी तुवाचुङ प्रहरी चौकीबाट असईको कमाण्डमा प्रहरी पुगेर केहि समय पश्चात आगो नियन्त्रणमा ल्याएको उहाँको भनाई छ । आगलागिको कारण भने खुल्न बाकी रहेको इन्सपेक्टर गजमेरले बताउँनु भयो ।...
जाँदा–जाँदै ओली सरकारले २८ प्रतिशतसम्म गाडी भाडा बढायो

जाँदा–जाँदै ओली सरकारले २८ प्रतिशतसम्म गाडी भाडा बढायो

Banner News 2, समाचार, समाज
सरकारले लामो दुरीका सार्वजनिक गाडीको भाडा दर बढाएको छ । यातातात व्यवस्था विभागले आज बुधवार सार्वजनिक गरेको सूचनाअनुसार लामो दुरीमा चल्ने गाडीमा २८ प्रतिशत भाडा बढाइएको छ । भाडा बढाउनका लागि केपी शर्मा ओली नेतृत्वको सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गएको आइतवार अर्थात् असार २७ गते नै विभागलाई सहमति दिएको थियो । विभागले हिजो मङ्गलवार २९ गतेदेखि नै नयाँ भाडा दर लागू भएको जनाएको छ । नयाँ भाडा दर अनुसार सार्वजनिक बसको भाडा २८ प्रतिशतले बढेको छ । यस्तै पहाडमा चल्ने मालवाहक गाडीको भाडा २० प्रतिशत र तराईमा चल्ने मालवाहक गाडीको भाडा २६ प्रतिशतले बढेको छ । बढेको भाडादर दुई वा दुईभन्दा धेरै प्रदेश भएर चल्ने लामो दुरीका गाडीमा लागू हुनेछ । प्रदेशभित्र चल्ने गाडीको भाडा प्रदेश सरकारले नै तोक्ने अधिकार पाएको छ । भाडा बढाउँदा इन्धनको मूल्य वृद्धिलाई ३५ र अन्य सूचकलाई ६५ प्रतिशत आधार मान्...
कोरोना संक्रमित ४ सञ्चारकर्मीलाई लेखनावृति पुरस्कार

कोरोना संक्रमित ४ सञ्चारकर्मीलाई लेखनावृति पुरस्कार

Banner News 3, समाचार, समाज
नेपाल पत्रकार महासंघ सोलुखुम्बुले कोरोना संक्रमित ४ जना सञ्चारकर्मीलाई लेखनावृति पुरस्कार प्रदान गरेको छ । प्रदेश नम्बर एकको सहयोग तथा नेपाल पत्रकार महासंघ प्रदेश कमिटिको संयोजनमा मंगलबार एक कार्यक्रमका बीच नगद रु. १० हजारका दरले पुरस्कार प्रदान गरेको हो । पुरस्कार प्राप्त गर्नेहरुमा जिल्लामा सञ्चालित सोलु एफ.एममा कार्यरत अन्जु कार्की र रमन वन, रेडियो चोमोलुङ्मामा कार्यरत बिदुर बस्नेत र गोरखापत्र दैनिकका जिल्ला संवाददाता सन्तोष राउत रहेको नेपाल पत्रकार महासंघ सोलुखुम्बुले जनाएको छ । पुरस्कृत चारै जना संक्रमण मुक्त भईसकेको जनाइएको छ । उनीहरुलाई समाचार संङकलनको क्रममा कोरोना लेखनवृति वापतको रकम हस्तान्तरण गरिएको महासंघ सोलुखुम्बुका अध्यक्ष नुतन श्रेष्ठले बताउँनु भयो ।...