नौ लाखका लागि सैनिकले गरे आफ्नै साथीको हत्या
नेपाली सेना हुद्दा भरत गुरूङको हत्या आरोपमा उनकै सहकर्मी पक्राउ परेका छन् । सिपाही गंगाधर ढकालले ९ लाख रुपैयाँका लागि गुरुङको हत्या गरेको प्रारम्भिक अनुसन्न्धानबाट देखिएको प्रहरीले जनाएको छ ।
चितवनको भरतपुर महानगरपालिका–१७ को सिमलडाँडा नजिकै बिहीबार बिहान एक पुरुषको शव भेटिएको थियो । गोली हानेर हत्या गरिएको अवस्था फेला परेको शव कसको हो भनेर पत्ता लगाउन नै प्रहरीलाई समय लाग्यो । तर मृतकको पहिचान भएको २४ घण्टाभित्रै प्रहरीले ढकाललाई भरतपुर–२० चनौलीबाट पक्राउ गरेको छ । नेपाली सेनाको महिन्द्र दल गण, शिवपुरीमा कार्यरत २६ वर्षीय ढकालले धादिङको निलकण्ठ नगरपालिका–१३ बस्ने ३६ वर्षीय गुरूङलाई ९ लाख रकमका लागि हत्या गरेको खुलेको छ । प्रहरीले झाडीमा फालेको एसएमजी हतियार एक थान, एक थान गोलीको खोका, नगद आठ लाख रूपैयाँ लगायत घटनामा प्रयोग भएका सामग्री बरामद गरेको जनाएको छ ।
एसपी ओमप्रसाद अधिकारीका अनुस...









