Monday, April 20News That Matters

समाचार

सुशासनमा महिला अगाडि, महिलाले हाँकेको स्थानीय तहमा विमला राई अब्बल

सुशासनमा महिला अगाडि, महिलाले हाँकेको स्थानीय तहमा विमला राई अब्बल

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
राजकुमार भट्टराई (सरगम) खोटाङ, पुस १९ । नागरिकले नजिकबाट देख्ने, सुन्ने र भेट्ने सरकार भनेको स्थानीय सरकार हो । कतीपय स्थानीय सरकारले नागरिकलाई सरकारको महसुस पनि गराएका छन्, तर कतीपय स्थानीय सरकार आलोचित मात्रै पनि नभएका हैनन् । नेपालका तीनै तहका सरकारलाई सुशासन र पारदर्शिताको प्रश्न नउठ्ने हैन्, तथापि अहिले नागरिकको नजिकको सरकार भएकाले स्थानीय सरकारलाई बढी सुशासन र पारदर्शितामा प्रश्न उठेको छ । पालिका ७५३, महिला नेतृत्व २५ मात्र शिर्षकमा गत कात्तिक १ गते अन्नपुर्ण पोस्टमा एउटा समाचार छापिएको थियो । जहाँ चर्चा गरिएको थियो कि, महिलाले हाँकेका पालिका झन अब्बल । आज हामी यहि विषयलाई थोरै चर्चा गर्दैछौँ । के साच्चै महिलाले हाँकेका पालिका अब्बल छन् त ? देशभर ४ सय ६० वटा गाउँपालिका, ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका गरी कुल ७ सय ५३ वटा पालिका छन् । यीमध्ये अध्यक्ष र नगरप्रम...
रास्वपा खोटाङको समिति गठन, सभापतिमा मुकुन्द कृष्ण थापा

रास्वपा खोटाङको समिति गठन, सभापतिमा मुकुन्द कृष्ण थापा

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, १३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला कार्यसमिति गठन गरिएको छ । पुस १३ गते शनिबार दिक्तेलमा भएको प्रथम जिल्ला भेलाले रास्वपाको जिल्ला समिति चयन गरेको हो । रास्वपाका केन्द्रीय सह–प्रवक्ता रमेश प्रसाइँ, केन्द्रीय सदस्य एवं सांसद डा. तोषिमा कार्की लगायतको उपस्थितिमा भएको प्रथम भेलाले मुकुन्द कृष्ण थापाको सभापतित्वमा समिति चयन गरेको हो । इन्जिनियरसमेत रहेका थापा पार्टी स्थापना भएको सुरुवात दिनदेखिनै पार्टीमा सकृय थिए । उनै थापाको नेतृत्वमा पार्टीको जिल्ला समिति गठन गरिएको हो । समितिको सचिवमा सुमन खत्रीलाई चयन गरिएको बताइएको छ । पार्टीको अन्य पदाधिकारीमा जिल्लाको सबै भूगोल, जात मिलाएर राखिने नवनिर्वाचित सभापति थापाले बताए । शनिबार भएको जिल्ला भेलामा सह प्रवत्ता प्रसाइँ, माननीय कार्कीसँगै कोशी प्रदेशका उपसभापति सरिन तामाङ, महामन्त्री लालबिक्रम थापा लगायतले कार्यक्रममा ...
फेमिली केयर अस्पतालको १३ औँ साधरण सभा सम्पन्न, सेवा थप व्यवस्थित बनाइने

फेमिली केयर अस्पतालको १३ औँ साधरण सभा सम्पन्न, सेवा थप व्यवस्थित बनाइने

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १० । खोटाङमा सञ्चालित फेमिली केयर अस्पतालको १३ औँ साधरण सभा सम्पन्न भएको छ । बुधबार दिक्तेलस्थित रुपाकोट होटलमा अस्पतालको १३ औँ साधरण सभा गरिएको हो । २०६८ सालमा काठमाडौंमा खोलिएको फेमिली हेल्थ केयर इन्टरनेशनल एण्ड रिसर्च सेन्टर प्रा.लि अर्थात फेमिली केयर अस्पताल २०७६ सालमा दिक्तेलमा स्थानान्तरण गरिएको हो । २०७६ सालदेखि हालसम्म जिल्लाका नागरिकलाई अस्पतालले स्वास्थ्य सेवा दिदै आएको छ । हाल अस्पतालमा २ जना एमबिबिएस डक्टरसहित २१ जना कर्मचारी रहेको अस्पताल सञ्चालक समितिका अध्यक्ष जेपी राईले बताउनुभयो । दैनिक १५ देखि २० जना बिरामी अस्पतालमा उपचारका लागि आउने गरेको उहाँको भनाइ छ । हालसम्म अस्पतालमा ५६ जना सेयर सदस्यको ५ करोड ४० लाख बढी सेयर पुँजी रहेको अध्यक्ष राईले बताउनुभयो । जिल्ला समन्वय समिति खोटाङका प्रमुख सन बहादुर राईको प्रमुख आतिथ्यतामा १३ औँ साधरण सभा गरिएको हो । प्रमुख राई...
खोटाङ बाँसपानीमा सुमो दुर्घटनाहुँदा एक जना गम्भीर घाइते

खोटाङ बाँसपानीमा सुमो दुर्घटनाहुँदा एक जना गम्भीर घाइते

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १० । खोटाङको बाँसपानीमा सुमो दुर्घटनाहुँदा एक जना गम्भीर घाइते भएका छन् । केपिलासगढी गाउँपालिका–३ बाँसपानीस्थित राठीमा सुमो गाडी दुर्घटनाहुँदा एक जना गम्भीर घाइते भएका हुन् ।  काठमाडौंबाट केपिलासगढी गाउँपालिका–१ फेदी जादैगरेको ना १ ज ७१८१ नम्बरको सुमो बाँसपाानी भदौरेडाँडाबाट ताप खोला बगरमा झरेको हो । सुमोमा एक जना मात्र यात्रु रहेको पाइएको स्थानीय प्रताप राईले बताउनुभयो । सुमोे गाडी सडकबाट करिब ५ सय मिटर तल खोला बगरमा खसेर छ । सुमोसँगै खसेका फेदीका अन्दाजी ६० वर्षीय दुर्गा प्रसाद राई गम्भीरु घाइते अवस्थामा भेटिएको राईको भनाइ छ । घाइते राईको इलाका प्रहरी कार्यालय बाक्सिला, जनप्रतिनिधिसँगै स्थानीयले उद्धार गरेका हुन् । होस्मै रहेपनि गम्भीर घाइते अवस्थामा रहेका राईको प्राथमिक उपचार पश्चात थप उपचारकालागि जिल्ला अस्पताल दिक्तेल पठाइएको स्थानीय प्रताप राईले बताउनुभयो । सुमो चालक ऐस...
महुरे–फोक्सिन्टार सडक कालोपत्रेको काम पुनः सुरुहुँदै

महुरे–फोक्सिन्टार सडक कालोपत्रेको काम पुनः सुरुहुँदै

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस ८ गते । सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट–दिक्तेल खण्डको महुरे–फोक्सिङटार सडक कालोपत्रेको काम पुनः सुरु हुने भएको छ । निर्माण कम्पनीले सडक अलपत्र पारेपछि ठेक्का तोडिएको थियो । हाल नयाँ ठेक्काका लागि आर्थिक प्रस्ताव खुलेसँगै सडक कालोपत्रेको काम पुनः सुरु हुने निश्चित भएको हो । महुरे–फोक्सिङटार सडकलाई २०७७ सालसम्ममा सम्पन्न गर्नेगरी दुई खण्डमा विभाजन गरेर २०७३ सालमा ठेक्का खुलाइएको थियो । त्यसमध्ये महुरे–सिमपानी राजापानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम भारत कन्ट्रक्सन(सिद्धी शाही जेभी र सिमपानी राजापानी–फोक्सिङटार (२७ किलोमिटर)खण्डको ठेक्का देवनारायण पवन–मैनाचुली–खाम्पाचे जेभीले लिएको थियो । तर, निर्माण कम्पनीले सडक अलपत्र पारेर छाडेपछि दुवै खण्डको ठेक्का तोडिएको थियो । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले उक्त दुवै सडक खण्डको नयाँ ठेक्काका लागि पुस ५ गते आर्थिक प्रस्ताव खुल...
जिल्ला हुलाक कार्यालय दिक्तेलका प्रमुख आचार्य र उनका छोराको भक्तपुरमा हत्या

जिल्ला हुलाक कार्यालय दिक्तेलका प्रमुख आचार्य र उनका छोराको भक्तपुरमा हत्या

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस ८  । जिल्ला हुलाक कार्यालय दिक्तेलका कार्यालय प्रमुख कुलप्रसाद आचार्य र उनको कान्छा छोरा प्रबिन आचार्यको भक्तपुरमा हत्या भएको छ । भक्तपुरको बालकोटमा हत्या भएको अवस्थामा बाबु–छोराको शव फेला परेको बताइएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका घर भई बालकोट बस्दै आएका ५६ वर्षका कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविन आचार्य हत्या भएर मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । कुलप्रसाद आचार्य जिल्ला हुलाक कार्यालय दिक्तेलमा कार्यरत थिए । केही दिन अघि मात्र दिक्तेलबाट भक्तपुर छोराहरु भएको ठाउँमा गएको आचार्यका छिमेकी एवं नेपाल पत्रकार महासँघ खोटाङका अध्यक्ष हरिबोल आचार्यले बताउनुभयो । बाहिरबाट चाबी लगाएको अवस्थामा कोठाभित्रै सोमबार बिहान उनीहरुको शव फेला परेको हो । प्रहरीका अनुसार उनीहरूको शरीरका विभिन्न ठाउँमा चोट रहेको छ । अहिले भक्तपुर प्रहरी परिसरको ट...
बल्ल विद्यार्थीले पिउन पाए पानी

बल्ल विद्यार्थीले पिउन पाए पानी

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मङ्सिर १३ । च्यास्मीटार भन्ने बित्तिकै झट्ट दिमागमा आउने शब्द सुख्खा, पानी नपाइने ठाउँ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार सुख्खा ठाउँ हो । नगरपालिकाको प्राय सबै वडानै सुख्खा क्षेत्र हो । यहाँहा हरेक मानिस पानीको सङ्कट भोगिरहेका छन । कक्षा १२ सम्म पठनपाठन हुने च्यास्मीटार माध्यमिक विद्यालयका विद्यार्थी यस अघि प्यास मेटाउन विद्यालय नजिकका होटल पसल चार्ने गर्थे । टाढाबाट दुःखले ल्याएको पानी त्यति सजिलो कहाँ मिल्थ्योर । केही खानेकुरा किन्ने बहानामा होटल पसलको पानी पिउन बाध्य थिए विद्यार्थी । प्राय विद्यार्थी घरबाटै बोतलमा पानी लिएर आउथे । तर अहिले उनीहरुको दैनिकी फेरिएको छ । उनीहरु विद्यालयमै धित मरुन्जेल पानी पिउछन । पिउने पानीको समस्या भएपछि आकाशे पानीलाई शुद्धीकरण गरेर विद्यालयमा प्रयोग गर्न थालिएको छ । आकाशे पानीलाई संकलन गरेर शुद्धीकरण गरिएपछि विद्यालयको खानेपानीको सम्यस्या ...
मंगलटारको सुविधा सम्पन्न वडा कार्यालय भवन उद्घाटन

मंगलटारको सुविधा सम्पन्न वडा कार्यालय भवन उद्घाटन

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मङ्सिर ७ । हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार वडा कार्यालयको भवन उद्घाटन गरिएको छ । वडा कार्यालयको सुविधा सम्पन्न आरसिसि भवन शुक्रबार कोशी प्रदेशका भौतिक भूर्वाधार एवं स्वास्थ्य मन्त्री भुपेन्द्र राईले उद्घाटन गर्नुभएको हो । नगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा विनियोजन गरेको ८७ लाख बजेटबार मंगलटार वडा कार्यालयको भवन निर्माण भएको उपमेयर रमेश कुमार राउतले बताउनुभयो । सुविधा सम्पन्न आरसिसि दुई तले भवन निर्माण भएसँगैै वडा कार्यालय सञ्चालनमा सहज हुने वडाका जनप्रतिनिधिहरुले बताएका छन् । मन्त्री राई, हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राई, उपमेयर राउत, मंगलटारका वडाध्यक्ष गन राई लगायत अन्य वडाका वडाध्यक्ष, नेता एवं स्थानीयहरुको उपस्थितिमा शुक्रबार भवनको उद्घाटन गरिएको हो । यस अघि मंगलटार गाउँ विकास समितिको पुरानो भवन मर्मत गरेर वडा कार्यालय सञ्चालन भइरहेको उपमेयर राउतले बताउनुभयो । न...
आगलागी पीडित परिवारलाई पालिका र वडाको राहत

आगलागी पीडित परिवारलाई पालिका र वडाको राहत

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मङ्सिर ७ । रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीमा भएको आगलागी पीडित परिवारलाई वडा कार्यालय र पालिकाले राहत उपलब्ध गराएको छ । आगलागीबाट घर जलेर नष्ट भएका इन्द्रबहादुर भुजेलको परिवारलाई तत्काल आवश्यक राहत सामाग्री प्रदान गरिएको बताइएको छ । बुधबार राती घर आगलागीहुँदा भुजेलको ढुङ्गा माटोले बनेको, जस्ताको छानो भएको २ तले घर, घर भित्र भएको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा सबै जलेर नष्ट भएको थियो । आगलगाीबाट पीडित परिवारलाई पालिका अध्यक्ष फटिक कुमार श्रेष्ठ, वडाध्यक्ष ज्ञान बहादुर पाण्डे लगायतले बिहिबार घटनास्थलमै पुगेर राहत सामाग्री हस्तान्त्रण गर्नुभएको छ । पालिकाकोतर्फबाट एक थान पाल, ३ थान ब्लाङ्केट, ६० केजी चामल, २० केजी चिउरा, एक काटन तेल, ४ पोका नुन, २ केजी चिनी, एक केजी जिरा, एक दर्जन सावन, २ केजी दाल र एक केजी चिवारङ्ग प्रदान गरिएको छ । यस्तै, वडा कार्यालयकोतर्फबाट ६० केजी चामल, १...
जन्तेढुङ्गा र बराहपोखरी जोड्ने मोटरेबल पुल पूर्वाधार मन्त्री राईद्धारा शिलान्यास

जन्तेढुङ्गा र बराहपोखरी जोड्ने मोटरेबल पुल पूर्वाधार मन्त्री राईद्धारा शिलान्यास

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मङ्सिर ७ । खोटाङको जन्तेढुङ्गा गाउँपालिका र बराहपोखरी गाउँपालिका जोड्ने मोटरेबल पुलको शिलान्यास गरिएको छ । साँढे १७ करोडमा निर्माण हुने मोटरेबल पुलको कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री एवं स्वास्थ्य मन्त्री भुपेन्द्र राईले शिलान्यास गर्नुभएको हो । मन्त्री राईले शिलान्यास गर्नुभएको पुलले जन्तेढुङ्गा गाउँपालिका–१ देविस्थानस्थित मैनाटार र बराहपोखरी गाउँपालिका–५ पौवासेरालाई जोड्ने छ । चिसापानी–देविस्थान–मैनटार–पौवासेरा सडकखण्ड लामो समयदेखि कच्ची अवस्थामा सञ्चालन हुँदै आएको छ । मैनटार र पौवासेराको सिमानामा पर्ने बुँवा खोलामा पुल नहुँदा बर्खायाममा यातायात ठप्प हुने गरेको छ । हरेक वर्ष यातायात ठप्प गराउने बुवाँखोलामा मोटरेबल पक्की पुल बन्ने भएपछि स्थानीयवासी हर्षित भएका छन् । प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा विनियोजित बजेटले बुँवा खोलामा १४८ मिटर लम्बाई भएको मोटरेबल पक्की पुल निर्मा...