Monday, April 20News That Matters

समाचार

खोटाङमा आगलागीबाट जलेर एक घर नष्ट

खोटाङमा आगलागीबाट जलेर एक घर नष्ट

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक ९ । खोटाङमा आगलागीबाट जलेर एक घर पूर्णरुपमा नष्ट भएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका बबरसिंह राईको घर आगलागीबाट जलेर पूर्णरुपमा नष्ट भएको हो । च्यास्मिटार दाल्फुका राईको घरमा शुक्रबार आज बिहान करिब साँढे ६ बजे आगलागी भएको स्थानीयले बताएका छन् । राईको घरमा आगलागी भएको थाहा पाएपछि च्यास्मिटार प्रहरी चौकीका प्रहरी र स्थानीयहरु भेला भएर आगो निभाउने प्रायस गरेपनि घर पूर्णरुपमा जलेको हो । पशुचौपाय र मानवीय क्षति भएको छैन् । घर भित्रका सबै सामान भने जलेर नष्ट भएको स्थानीय केशिराज राईले बताउनुभयो । फुसको छानो भएको घरसँगै घर भित्र भएको अन्नपात, लत्ताकपडा, भाँडाकुडा सबै जलेर नष्टहुँदा करिब ५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी (प्रहरी निरीक्षक) मोहन पोखरेलले बतानुभयो । नजिकै रहेको बुहारी कल्पना राईको घरमा खाना खाएर उक्त घरमा बृद...
रावा बेसीमा वडा स्तरीय भलिबल प्रतियोगिता हुँदै, जनप्रतिनिधि र कर्मचारी पनि भिड्ने

रावा बेसीमा वडा स्तरीय भलिबल प्रतियोगिता हुँदै, जनप्रतिनिधि र कर्मचारी पनि भिड्ने

Banner News 3, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, कात्तिक ३ । खोटाङको रावा बेसी गाउँपालिका–२ खार्पामा एक लाख पुरस्कार राशिको पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा खार्पा खेलकुद विकास समितिले वडा स्तरीय भलिबल प्रतियोगिताको आयोजना गरेको हो । शुभदिपावली एवं छठ पर्वको अवसरमा आयोजना गरिएको प्रतियोगिता शारदा माध्यमिक विद्यालय खार्पाको मैदानमा कात्तिक १२ देखि १४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा पालिका भित्रका वडाले मात्र सहभागि जनाउन पाउने छन् । रावा बेसी गाउँपालिकाले गरेक वर्ष वडा स्तरीय भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ । यस वर्ष वडा नम्बर २ खार्पामा सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । पालिका भित्रको वडा स्तरीय भलिबल प्रतियोगिताको प्रथम हुने टिमले नगद एक लाखको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । दोस्रो, तेस्रो र चौथो हुने टिमले क्रमश ७० हजार, ४० हजार र २० हजार नगदको स...
प्रथम केवाइसी खुल्ला भलिबलको उपाधि ओखलढुंगा तलुवालाई, हलेसी दोस्रो

प्रथम केवाइसी खुल्ला भलिबलको उपाधि ओखलढुंगा तलुवालाई, हलेसी दोस्रो

Banner News 3, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, कात्तिक १ । खोटाङको हलेसीमा आयोजित प्रथम केवाइसी खुल्ला पुरुष भलिबलको उपाधि ओखलढुंगाले जितेको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान कात्तिकेमा सम्पन्न खुल्ला पुरुष भलिबलको उपाधि ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१ तलुवाले जितेको हो । तलुवाले उपाधिसँगै नगद ७० हजारको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानले नगद ३० हजारको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । बिहिबार भएको फाइनल खेलमा हलेसी महादेवस्थानलाई ३–१ को सेटमा पराजित गर्दै तलुवाले उपाधि जितेको हो । कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई (पिके) र हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राई लगायतले पुरस्कार प्रदान गर्नुभएको छ । सेमिफाइनलिस्ट हलेसी तुवाचुङ नगरपालिकाका–८ धितुङका दुवै टिमलाई नगद १०/१० हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको...
खोटाङको कुभिण्डेमा बोलेरो दुर्घटना ६ जना सामान्य घाइते

खोटाङको कुभिण्डेमा बोलेरो दुर्घटना ६ जना सामान्य घाइते

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज २९ । खोटाङमा बोलेरो दुर्घटना भएको छ । रावा बेसी गाउँपालिका–१ कुभिण्डेमा बोलेरो दुर्घटनाहुँदा छ जना सामान्य घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ । रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीबाट दिक्तेल आउदै गरेको स १ ज ५५८ नम्बरको बोलेरो कुभिण्डे हाँचेकामा मंगलबार आज बिहान करिब ९ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । सडकमै पल्टिएको बोलेरोमा आठ जना यात्रु थिए । जसमा छ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।...
खोटाङको कुभिण्डे केन्द्र भएर ४.३ म्याग्निच्यूडको भूकम्प

खोटाङको कुभिण्डे केन्द्र भएर ४.३ म्याग्निच्यूडको भूकम्प

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज २९  । खोटाङलाई केन्द्र बनाएर गएराति भूकम्प गएको छ । राति १० बजेर ३२ मिनेटमा खोटाङको रावा बेसी गाउँपालिका–१ कुभिण्डे केन्द्र बनाएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । खोटाङ, सोलुखुम्बु, ओखलढुंगा लगायतका आसपासका जिल्लामा भूकम्पको धक्का राम्रै महसुस भएको थियो । भूकम्पको कारण कुनै क्षति भएको जानकारी हालसम्म नआएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । भूकम्पको केन्द्र कुभिण्डे आसपासका ठाउँहरुमा राति मानिसहरुको भागाभागसमेत भएको थियो । हालसम्म कुनै क्षति भएको जानकारी नआएको त्यहाँका वडाध्यक्ष गेहेन्द्रमान राईले बताउनुभयो । यसअघि असोज १५ गते सिन्धुपाल्चोकको जलविरे केन्द्रबिन्दु भएर ३.६ म्याग्निच्यूडको र भदौ १८ गते सिन्धुपाल्चोककै शिखरपुर केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको थियो ।...
टेम्मामा कात्तिक १ गते फुटबलसँगै सांस्कृतिक कार्याक्रमको रौनक

टेम्मामा कात्तिक १ गते फुटबलसँगै सांस्कृतिक कार्याक्रमको रौनक

Banner News 3, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, स्थानीय
खोटाङ, असोज २१ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मामा कात्तिक १ गतेदेखि फुटबल प्रतियोगितासँगै सांस्कृतिक कार्यक्रम हुने भएको छ । टेम्मा स्पोर्ट क्लबको आयोजनामा अन्तर वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता सँगै राष्ट्रिय कलाकारहरुको उपस्थितिमा सांस्कृतिक कार्यक्रम हुन लागेको हो । दसैँ एवं तिहार लगायतको चाडपर्वको अवसरमा आयोजना गरिएको कार्यक्रममा (७–ए साइड) अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता र खुल्ला एकल नृत्य प्रतियोगिता हुनेछ । यस्तै, कार्यक्रममा कलाकारहरु सुनिता थेगिम, उमेश राई (फुलन्देको आमा), रुपकुमार राई, रोशन राई, इन्द्रकला राई, हसन राई, अर्जुना राई, बिनोद राई, गण्डकी राई, मोडलहरु अनुशा राना साम्पाङ र शसिकला राईको विशेष प्रस्तुती रहने कार्यक्रमका संयोजक ग्याबिन किराँतीले बताउनुभएको छ । कार्यक्रम टेम्मास्थित कृष्ण उच्च माविको खेल मैदानमा सञ्चालन हुनेछ । फुटबल प्रतियोगिताको विजे...
करबि ३२ घण्टापछि खुल्यो हलेसी–जयराम सडक

करबि ३२ घण्टापछि खुल्यो हलेसी–जयराम सडक

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज १९ । अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको हलेसी–जयराम सडक करबि ३२ घण्टापछि खुलेको छ । ठाउँ–ठाउँमा खसेको पहिरो पन्छाएर करिब ३२ घण्टा पश्चात शनिबार आज बिहान ७ः३० बाट सडक पूर्णरुपमा सञ्चालनमा आएको हो । १७ गते राती परेको अविरल वर्षाका कारण सडकको ठाउँ–ठाउँमा पहिरो खसेको हो । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवा र लाकुरीभञ्ज्याङ, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारको बाङमा र हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेको खोक्सेली लगायतका ठाउँहरुमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । धेरै ठाउँमा ठुलो पहिरो खसेकाले सडक खुलाउन ढिला भएको हलेसी तुवाचुङ नगरपालिका मेयर मिवला राईले बताउनुभयो । नगरपालिकाले व्यवस्थापन गरेको २ वटा जेसिबि प्रयोग गरेर पहिरो पन्छाइएको हो । शुक्रबार बिहानबाटै सडकको पहिरो पन्छाउन सुरु गरिएको थियो । शुक्रबार साँझसम्म पनि पहिरो पन्छाउन नसकेपछि मेयर राई लगा...
ठाउँ–ठाउँमा पहिरो : हलेसी–जयराम सडक अझै खुलेन, यात्रु अलपत्र

ठाउँ–ठाउँमा पहिरो : हलेसी–जयराम सडक अझै खुलेन, यात्रु अलपत्र

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज १८ । अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको हलेसी–जयराम सडक अझै खुल्न सकेको छैन् । धेरै ठाउँमा पहिरो खसेकाले सडक खुल्न ढिलो भएको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ । १७ गते राती परेको अविरल वर्षाका कारण सडकको ठाउँ–ठाउँमा पहिरो खसेको हो । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवा र लाकुरीभञ्ज्याङ, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारको बाङमा र हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेको खोक्सेली लगायतका ठाउँहरुमा पहिरो खस्दा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईले बताउनुभयो । अन्य सबै पहिरो पन्छाएर जेसिबि अहिले कदुवा पुगेको छ । कदुवामा पनि दुई वटा पहिरो रहेकाले पन्छाएर सडक खोल्न अझै २ घण्टा बढी लाग्ने उहाँको भनाइ छ । साँझ ७ बजेसम्ममा सडक पूर्णरुपमा सञ्चालनमा आउने प्रहरी निरीक्षक राईले बताउनुभयो । हलेसी तुवाचुङ नगरपालिकाले व्यवस्थाप...
दसैँको अवसरमा कुभिण्डेमा भलिबल, ब्याडमिन्टन, नृत्य, छेलो र लङजम्प प्रतियोगिता

दसैँको अवसरमा कुभिण्डेमा भलिबल, ब्याडमिन्टन, नृत्य, छेलो र लङजम्प प्रतियोगिता

Banner News 3, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असोज १८ । खोटाङको रावा बेसी गाउँपालिका–१ कुभिण्डेमा दसैँको अवसरमा वडा स्तरीय पुरुष भलिबलसँगै विभिन्न प्रतियोगिताहरु सञ्चालन हुँदैछ । असोज २० देखि २२ गतेसम्म सञ्चालन हुने दसैँ विशेष कार्यक्रममा चार प्रकारका खेलसँगै सामुहिक नृत्य प्रतियोगिता हुनेछ । रावा बेसी गाउँपालिका र कुभिण्डे वडा कार्यालयको आर्थिक सहयोगमा कुभिण्डे खेलकुद विकास समितिले आयोजना गरेको कार्यक्रममा असोज २० देखि २२ सम्म वडा स्तरीय भलिबल प्रतियोगिता हुनेछ । भलिबलसँगै असोज २० र २१ गते ब्याडमिन्टन प्रतियोगिता पनि सञ्चालन हुनेछ । कार्यक्रमको अन्तिम दिन भलिबलको फाइनलसँगै छेलो हान्ने, पुरुष लङजम्प र सामुहिक नृत्य प्रतियोगिता हुने कुभिण्डेका वडाध्यक्ष गेहेन्द्र राईले बताउनुभयो । वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा एक जना खेलाडी वडा भन्दा बाहिरको पनि राख्न पाइने बताइएको छ । प्रथम हुने टिमले रु ७५ हजार नगदसहित शिल्ड, मेडल र प...
पहिरोले अवरुद्ध हलेसी–जयराम सडक ३ बजेसम्ममा खुल्ने

पहिरोले अवरुद्ध हलेसी–जयराम सडक ३ बजेसम्ममा खुल्ने

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज १८ गते । ठाउँ–ठाउँमा पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको हलेसी–जयराम सडक फेरी अवरुद्ध भएको छ । १७ गते राती परेको अविरल वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेपछि यात्रुहरु बाटैमा अलपत्र परेका छन् । इलाका प्रहरी कार्यालय हलेसीका अनुसार हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवा र लाकुरीभञ्ज्याङ, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारको बाङमा र हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेको खोक्सेली लगायतका ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । नगरपालिकाले निजी जेसिबी भाडामा लिएर धमाधम पहिरो पन्छाउने काम भइरहेको मेयर विमला राईले बताउनुभयो । नगरपालिकाले बडहरेतर्फबाट सडकको पहिरो पन्छाउदै अघि बढेको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताउनुभयो । बडहरेबाट च्यास्मीटार हुँदै कदुवासम्मको पहिरो हटाउने तयारी गरिएको छ । दशैंका लागि खोटाङ भित्रिदै गरेका यात्रु पहिरोले सडक अवरुद्ध भएपछि कदु...