कार्यसम्पादन मूल्याङ्कनमा खोटाङ भर हलेसी तुवाचुङ प्रथम, दिक्तेल दोस्रो रावा बेसी तेस्रो
खोटाङ, फागुन २७ । स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कनमा खोटाङ जिल्लाको दश स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिका पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा नौ स्थानीय तहलाई पछि पार्दै हलेसी तुवाचुङ पहिलो भएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८०/०८१ को सार्वजनिक गरेको स्थानीय सरकारहरूको अन्तिम कार्यसम्पादन मूल्याङ्कन नतिजा अनुसार हलेसी तुवाचुङ नगरपालिकाले सबै भन्दा बढी ६८.५४ नम्बर पाएको छ । यस अघिको प्रारम्भिक नतिजामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पहिलो, रावा बेसी गाउँपालिका दोस्रो र हलेसी तुवाचुङ नगरपालिका तेस्रो थियो । तर आयोगले फागुन २५ गते सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार हलेसी तुवाचुङ पहिलो भएको हो । कार्य सम्पादन मूल्याङ्कनको प्रारम्भिक अङ्क माघ ...









