Wednesday, April 29News That Matters

ताजा अपडेट

बङ्गलादेशसँग अस्ट्रेलिया ५ विकेटले पराजित

बङ्गलादेशसँग अस्ट्रेलिया ५ विकेटले पराजित

खेलकुद, ताजा अपडेट
दोस्रो टी–ट्वान्टी क्रिकेटमा बङ्गलादेशले अस्ट्रेलियालाई ५ विकेटले पराजित गरेको छ । ढाकामा भएको खेलमा बङ्गलादेशले अस्ट्रेलियालाई ५ विकेटले हराएको हो । अस्ट्रेलियाले दिएको १ सय २२ रनको लक्ष्य बङ्गलादेशले १८ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर भेट्टायो । बङ्गलादेशको जितमा आफिफ होसेनले ३७, नुरुल होसेनले २२, शकिब अल हसनले २६ र मेहदी हसनले २३ रन बनाए। अस्ट्रेलियाका मिचेल मार्श, जोस हाजलउड, एस्टन अगर,एडम जाम्पा र एन्ड्रयु टेले एक/एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो । अस्ट्रेलियाका लागि मिचेल मार्शले ४५ रन बनाए भने मोइसेस हेन्रिक्सले ३० र मिचेल स्टार्कले अविजित रहँदै १३ रन बनाए । बङ्गलादेशका मुस्ताफिजुर रहमानले ३ तथा शोरिफुल इस्लामले २ विकेट लिए । जितसँगै बङ्गलादेशले अस्ट्रेलियासँगको पाँच खेलको श्रृङ्खलामा २–० को अग्रता बनाएको छ । प...
आजदेखि युएईमा नेपालीलाई प्रवेश खुला

आजदेखि युएईमा नेपालीलाई प्रवेश खुला

ताजा अपडेट, समाचार, समाज
संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले आज (बिहीबार)देखि लागू हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ । त्यस्तै युएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ । युएइको सरकारी निकायमा कार्यरत व्यक्ति, युएइमा कार्यरत स्वास्थ्यकर्मी, युएइका विद्यालय तथा विश्वविद्यालयका शिक्षक, युएइमा उपचार चलिरहेका व्यक्ति, विशेष मानवीय परिस्थिति भएका व्यक्तिले प्रवेश पाउनेछन् । उनीहरूले युएई सरकारको अनुमति भने लिनुपर्नेछ । त्यसरी युएई प्रवेश गर्नेका व्यक्तिको हकमा नेपालको विमानस्थलमा र्‍यापिड टेस्ट हुने, युएईका विमानस्थलमा अवतरण भएपछि पिसिआर परीक्षण हुने, क्वारेन्टिनलगायतका अन्य स्वास्थ्य प्रोटोकलको पालना गर्नुपर्ने दूतावासले जनाएको छ ।...
बँदेललाई थापेको विद्युतीय धरापमा परेर दाजुभाइको मृत्यु

बँदेललाई थापेको विद्युतीय धरापमा परेर दाजुभाइको मृत्यु

Banner News 1, ताजा अपडेट, समाचार, समाज
जंगली बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन् । उनीहरू सहोदर दाजुभाइ हुन् । बुधबार राति पौने ११ बजे घर नजिकै रहेको मकैबारीमा जङ्गली बँदेलका लागि छाडिएको बिजुलीको तारबाट करेन्ट लागेर दुवैको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । उनले भने, ‘जङ्गली बँदेल मार्नका लागि मकैबारीमा करेन्ट छाडिएको रहेछ, उनीहरु बँदेल धपाउन मकैबारी गएका बेला करेन्ट लागेको भन्ने बुझिएको छ ।’ घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज, प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली घटनास्थलतर्फ खटाइएको छ । जिल्लाका सबैजसो स्थानमा लगाइएको मकैबाली जङ्गली जनावरले नष्ट गर्न थालेकाले किसानलाई मकैबाली जोगाउन धौधौ परेको छ ।...
‘बीच्च बीच्चमा ४’ विवादपछि दुर्गेशले ल्याउने भए ‘बहिष्कार’

‘बीच्च बीच्चमा ४’ विवादपछि दुर्गेशले ल्याउने भए ‘बहिष्कार’

ताजा अपडेट, मनोरञ्जन
गायक एवं मोडल दुर्गेश थापाले ‘बहिष्कार’ बोलको नयाँ गीत ल्याउने तयारी गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्टर सार्वजनिक गर्दै ‘बहिष्कार’ शीर्षकमा गीत ल्याउने तयारी गरेको जानकारी दिएका छन् । ‘बीच्च बीच्चमा ४ –ख्यास्स पुतली’ विवादमा तानिएपछि दुर्गेशले ‘बहिष्कार’ गीत ल्याउन लागेका हुन् । दुर्गेशले केही दिनअघि ‘बीच्च बीच्चमा ४ –ख्यास्स पुतली’ बोलको तीज सार्वजनिक गरेका थिए । सो गीत ल्याएसँगै उनी त्यसमा प्रयोग भएको शब्दहरुले तीज पर्व र महिलाहरुको अपमान गरेको आरोपसहित विवादमा तानिए । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गीतलाई लिएर दुर्गेशलाई बहिष्कारको निर्णय गर्यो । प्रतिष्ठानले बहिष्कारको निर्णय गरेसँगै दुर्गेशले ‘बहिष्कार’ शब्दलाई नै शिर्षक बनाएर गीत सार्वजनिक गर्ने तयारी गरेका हुन् । दुर्गेशले अनलाइनखबरसँग भने–‘यसअघि पनि मलाई आलु जस्तो गायक भन्दा यही शिर्षकमा गीत सार्वजनिक गर...
कुभिण्डेमा पहिरोको कारण विद्युतको पोल उच्च जोखिममा, मानवीय क्षतीको संभावना

कुभिण्डेमा पहिरोको कारण विद्युतको पोल उच्च जोखिममा, मानवीय क्षतीको संभावना

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
  खोटाङ साउन २० : खोटाङको रावाबेसी गाउँपालिका १ कुभिण्डेमा पहिरोको कारण बिद्युतको पोल उच्च जोखिममा रहेको छ । साउन १३ गते राती गएको पहिरोको कारण निगाले स्थीत विद्युतको दुई वटा जोडि पोल जोखिममा परेको हो । जुन सुकै समयमा पोल ढलेर मानवीय क्षती गर्न सक्ने भएको हुँदा तत्काल पोल सार्र्न नेपाल विद्युत प्राधिकरण शाखा कार्यलय दिक्तेललाई पत्र पठाएको रावाबेसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेख बहादुर थापाले बताउँनु भयो । तर पत्र पठाएको ६ दिन बितिसक्दा पनि प्राधिकरणले कुनै चासो नदेखाएको उहाँको भनाई छ । यता नेपाल विद्युध प्राधिकरण शाखा कार्यलय दिक्तेलका कार्यलय प्रमुख ललित नारायण चौधरीले भने पत्र प्राप्त गरेपछि उक्त क्षेत्रमा कर्मचारी खटाएको बताउँनु भएको छ । कर्मचारीले स्थलगत अनुगमन गरेर रिपोर्ट बुझाएपछि कार्य अगाडि बढाउँने उहाँको भनाई छ । जोखिममा रहेको विद्युतको पोल ढलेमा रावाब...
वडाध्यक्षले दाम्लोले बाँधेर युवालाई कुटे

वडाध्यक्षले दाम्लोले बाँधेर युवालाई कुटे

Banner News 3, ताजा अपडेट, समाचार, समाज
२० साउन, सुर्खेत । जाजरकोटका एक वडा अध्यक्षले स्थानीय युवालाई बाँधेर निर्घात कुटपिट गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । युवालाई कुट्ने व्यक्ति जुनीचाँदे गाउँपालिका–२, का वडाध्यक्ष रामबहादुर नेपाली भएको खुलेको छ । सामाजिक सुरक्षा भत्ता बाँड्ने क्रममा होहल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीसहित केही व्यक्तिले सोही ठाउँका सर्ते नेपाली (नवीन परियार) लाई कुटपिट गरेका हुन् । स्थानीय एक युवकले खिचेको भिडियोमा वडाध्यक्ष आफैंले कुटपिट गरिरहेको देखिन्छ । वडाध्यक्ष नेपालीले दाम्लोले हातखुट्टा बाँधेर कुटपिट गरिरहेका छन् । ‘हल्ला किन गरेको’ भन्दै लुगा च्यातिने गरी वडाध्यक्ष नेपालीसहितका व्यक्तिहरुले कुटपिट गरेको भिडियोमा देखिन्छ । घटना साउन १५ गतेको भएको जाजरकोट प्रहरीले जनाएको छ । तर, कुटपिट गरेको भिडियो भने मंगलबार सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यतिबेला भाइरल बनेको छ । सामाजिक सु...
हाल खोटाङमा सार्वजनिक यातायातको भाडा कहाँ सम्मको कती ?

हाल खोटाङमा सार्वजनिक यातायातको भाडा कहाँ सम्मको कती ?

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ साउन २० : खोटाङमा सार्वजनिक यातायातको भाडा बृद्धि भएको छ । २८ प्रतिशतले बृद्धि भएको भाडा साउन १९ गते देखि लागु भएको हो । जिल्लाका यातायात व्यवसायीहरुले बृद्धि गरेको भाडा अनुसार अब दिक्तेलबाट बसमा काठमाण्डौ, ईटहरी र धरान जानका लागि १ हजार ५ सय ३६ रुपैयाँ भाडा लाग्नेछ । दिक्तेल–बिराटनगर १ हजार ६ सय, दिक्तेल–काकडभित्ता १ हजार ७ सय २८ रुपैयाँ र दिक्तेल–गाईघाट १ हजार २४ रुपैयाँ भाडा लाग्ने खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिनुभयो । यस्तै, जिपमा दिक्तेलबाट काठमाण्डौ जान १ हजार ८ सय ५६ रुपैयाँ, दिक्तेल–ईटहरी २ हजार २ सय, दिक्तेल–धरान २ हजार २ सय ४० रुपैयाँ, दिक्तेल– बिराटनगर र दिक्तेल–काकडभिट्टा २ हजार ३ सय ४ रुपैयाँ र दिक्तेलबाट गाईघाट जान १ हजार ५ सय ३६ रुपैयाँ भाडा निर्धारण गरिएको छ ।...
शुक्रबारदेखि दोस्रो डोजको खोप

शुक्रबारदेखि दोस्रो डोजको खोप

Banner News 3, ताजा अपडेट, समाचार, समाज
सरकारले पर्सि शुक्रबारदेखि दोस्रो डोजको खोप दिन देशभर अभियान सुरु गर्ने भएको छ । गएको असार २९ गतेदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुले पर्सिदेखि दोस्रो डोज पाउने स्वाथ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा  विभागले जनाएको छ । पहिलो डोज लगाएका ५५ वर्षदेखि माथिका नागरिकलाई २१ दिनपछि दोस्रो डोज दिन लागिएको हो ।  यस्तै, अहिलेसम्म खोप नलगाएका व्यक्तिले खोपका लागि स्वास्थ्य मन्त्रालयको वेभसाइट www.vaccine.mohp.gov.np मा अनिवार्य नाम दर्ता गर्नु पर्ने विभागले जनाएको छ । मन्त्रालयले यसकै आधारमा तोकेको लक्षित समूहभित्रका व्यक्तिलाई खोपको व्यवस्था गर्ने स्पष्ट पारेको छ । यस्तै, आजदेखि विदेश जाने नेपाली नागरिकले खोप लगाएको विद्युतीय प्रमाण पत्र (क्यूआर कोडसहितको) कीर्तिपुर नगरपालिकामा रहेको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट पाउने भएका छन् । यो सेवा अन्य जिल्लामा...
नौ दिनको शिशुसहित तीन जनाको पोखरीमा डुबेर मृत्यु

नौ दिनको शिशुसहित तीन जनाको पोखरीमा डुबेर मृत्यु

Banner News 3, ताजा अपडेट, समाचार, समाज
सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ । स्थानीयवासी सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, १८ महिनाकी छोरी रामा र नौ दिनको छोराको स्थानीयवासी सूर्यवंश चौधरीको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको ब्रम्ह्पुरी–३ भेल्हीका वडाध्यक्ष श्याम साहले जानकारी दिए । गए राति करिब १२ बजे घरबाट निस्केकी रिकेवादेवीको शव आज बिहान स्थानीयवासीले पोखरीमा देखेपछि घटना सार्वजनिक भएको वडाध्यक्ष साहले जानकारी दिए । महिलाको मानसिक सन्तुलन ठिक नभएको उनले जानकारी दिए । राति घरबाट बच्चासहित श्रीमती निस्केपछि खोजीमा निस्केका श्रीमान् सञ्जीव कापड अहिलेसम्म घर आइनपुगेको प्रहरीले जनाएको छ । उनको साथमा मोबाइल नभएका कारण सम्पर्क पनि हुन नसकेको सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए...
कक्षा १२ को परीक्षा होम सेन्टरबाटै

कक्षा १२ को परीक्षा होम सेन्टरबाटै

Banner News 2, ताजा अपडेट, समाचार, समाज
कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होमसेन्टरबाटै परीक्षा लिने तय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए । बुधबार संसदको शिक्षा तथा स्वास्थ समितिको बैठकमा बोल्दै सदस्य सचिव अर्यालले भने, “अर्को ठाउँमा जानु पर्दा यातायातको समस्या हुने, विद्यार्थीले कोठा खोजेर बस्नुपर्ने, यस्ता कार्यले कोरोना जोखिमलाई पनि थप बढाउन सक्ने भएकाले होम सेन्टरबाट गर्नुपर्ने भएको छ । कक्षा १० को आन्तरिक मूल्यांकनबाट नतिजा  निकाल्ने तयारी भएको तर १२ को भने आन्तरिक मूल्यांकनबाट नभइ भौतिक उपस्थितिमै परीक्षा लिनुपर्ने सुझाव आएकोले होम सेन्टरबाट परीक्षा लिन लागेको  सदस्य सचिव अर्यालले जानकारी दिए । उनका अनुसार कक्षा १२ का २८ भन्दा कम विद्यार्थी भएका एक हजार विद्यालय छन्, ५० भन्दा कम विद्यार्थी भएका दुई हजार ३००,  एक सयभन्दा...