Monday, August 24News That Matters

ताजा अपडेट

विश्वमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्दै

विश्वमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्दै

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
विश्वमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ । कोरोना विरुद्धको खोप अभियान चलिरहकै बेलामा पनि सङ्क्रमित बढ्नुले चुनौती थपेको विश्लेषण गरिएको छ । पछिल्लो समय इण्डोनेशियामा सङ्क्रमण तीव्र  गतिमा फैलिएको छ । सङ्क्रमणका कारण स्वास्थ्यकर्मी बढी प्रभावित भएका छन् । त्यहाँ अहिलेसम्म कोरोनाका कारण ५ सय ४५ जना डाक्टरको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इण्डोनेशिया सरकारले आफ्ना ९५ प्रतिशत स्वास्थ्यकर्मीलाई खोप लगाइसकेको दाबी गरेको छ ।  त्यहाँ गएको २४ घण्टामा ४४ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको छ । यस्तै, बेलायतमा पनि सङ्क्रमण फैलिन थालेको छ । गएको २४ घण्टामा बेलायतमा ५४ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको छ । यस्तै थाइल्याण्डमा पनि सङ्क्रमण फैलिन थालेपछि स्वास्थ्यका मापदण्डमा कडाइ गर्दै लकडाउन थपिएको छ । यस्तै, बङ्गलादेशमा पनि सङ्क्रमण फैलिरहेको छ । कोरोनाको डेल्टा भेरियन्टका...
देउवालाई विश्वासको मत दिने यी हुन् एमालेका २२ सांसद

देउवालाई विश्वासको मत दिने यी हुन् एमालेका २२ सांसद

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा नेकपा एमालेका २२ जना सांसदले उनको पक्षमा मतदान गरेका छन् । देउवाले प्रतिनिधिसभामा १६५ मत पाउँदा नेकपा एमालेका २२ सांसदले मत दिएका हुन् । मत दिनेमा माधव नेपाल पक्ष मात्र नभई अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद पनि छन् । देउवालाई मत दिनमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् । त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् ।...
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कृषि गीत सार्वजनिक (भिडियो सहित)

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कृषि गीत सार्वजनिक (भिडियो सहित)

Banner News 1, ताजा अपडेट, मनोरञ्जन, समाचार
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कृषी गीत सार्वजनिक भएको छ । नगरपालिकाको आर्थीक लगानि र गायक हर्क गदालको शब्द संगितमा तयार भएको गीत शनिबार (आज) खोटाङ म्युजिक प्रा.लि. युटुव च्यानलबाट सार्वजनिक भएको हो । संगित एरेन्ज बिजय थापाको रहेको गीतमा आवाज स्वयं गायक गदालसँगै लोकदोहोरी क्षेत्रकी चर्चित गायिका पुर्णकला बि.सि.को रहेको छ । नगरपालिका भीत्रका बिभिन्न तरकारी तथा पशुपालन फर्ममा गीतको भिडियो छायंकन गरिएको छ । गाउँमै बसेर कृषि र पशुपालनमा लागे जीवन यापनको लागि बिदेश जान नपर्ने सन्देश गीतबाट दिन खोजिएको गीतका सर्जक गदालले बताउँनु भयो । यस्तै गाउँमै बसेर उद्यमी बन्न चाहानेहरुको लागि नगरपालिका सधै साथमै रहेको भन्दै हौसला प्रदानको लागि नगरपालिकाले कृषी गीतको अडियो र भिडियो तयार पारेको नगर प्रमुख दिप नारायण रिजाल र उपप्रमुख बिणा देवी राईले बताउँनु भयो ।...