खोटाङबाट ३३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित, विमलालाई पपुलर मत
खोटाङ, असोज १८ । नेपाली कांग्रेस खोटाङबाट १५ औं महाधिवेशनका लागि ३३ जना प्रतिनिधि निर्वाचित भएका छन् । ६ जना प्रतिनिधि निर्विरोधहुँदा २७ जना प्रतिनिधि मतदानमार्फत निर्वाचित भएका हुन् । निरन्तरको वर्षाले पछि सरेको खोटाङको प्रतिनिधिसभा र प्रदेशसभाको अधिवेशन असोज १४ गतेबाट सुरु भएको थियो । प्रतिनिधिको आकांक्षी बढी भएपछि १६ गते मतदान भएको थियो ।
मतदानमार्फ निर्वाचित विमला राईले पपुलर मत पाउनुभएको छ । हलेसी तुवाचुङ नगरपालिकाको नगर प्रमुखसमेत रहनुभएकी राईले मत संख्याको करिब ८० प्रतिशत मत पाउनुभएको छ । जिल्लाभर १ हजार ७२३ क्षेत्रीय प्रतिनिधि रहेकोमा १ हजार २६४ मत खसेको थियो । जसमध्ये महिलातर्फ राईले १ हजार १० मत पाउनुभएको निर्वाचन समितिले जनाएको छ । चार जना महिला प्रतिनिधिको कोटामा ७ जनाको उम्मेद्वारी परेको थियो । जसमा विमला राईसँगै ६१४ मत ल्याएर कान्ती केसी बस्नेत, ५६१ मत ल्याएर मिना कार्की र ४...









