खोटाङबाट बिरामी बोकेर काठमान्डौं जादै गरेको सुमो दुर्घटना, ३ जनाको मृत्यु
खोटाङ, माघ १७ गते । खोटाङबाट बिरामी बोकेर काठमाडौं जादै गरेको सुमो दुर्घटनाहुँदा ३ जनाको मृत्यु भएको छ । खोटाङबाट काठमाडौंको लागि छुटेको ना १ ज ६४२१ नम्बरको सुमो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकास्थित भँडारे खोलामा दुर्घना भएको भएको हो । सुमोमा सवार तीनै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहिबार बिहान करिब ६ः३० बजेको समयमा सुमो दुर्घटनाग्रस्त अवस्थमा भेटिएको प्रहरीले जनाएको छ । दुर्घटनामा खोटाङको केपिलागढी गाउँपालिका–३ का ५६ वर्षीया माया देवी गुरुङ, उहाँको छोरा २८ वर्षीय पुजन गुरुङ र माया देवीको बहिनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–का ४५ वर्षीया तारा गुरुङको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।
बिरामी माया देवी गुरुङलाई उपचारको लागि छोरा र बहिनीले काठमाडांै लिएर गएको बुभmिएको छ । सुमोमा चालक सहित ४ जना सवार थिए । तीन जनाको घटनास्...









