हलेसी बजारमा आगलागीबाट ७ करोड ३० लाख क्षति (भिडियो सहित)
खोटाङ, फागुन ५ । हलेसी बजारमा लागेको भीषण आगलागीबाट ७ करोड बढीको क्षति भएको छ । ग्याँस लिकहुँदा सुरु भएको आगोले भीषणरुप लिदा ७ करोड ३० लाख बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसीबजारमा आइतबार साँझ ७ बजेबाट आगलागी सुरु भएको थियो । पदमशेर राईको हार्डवयर पसलमा राखिएको खाना पकाउने ग्यास लिकहुँदा आगलागी सुरु भएको थियो । काठ र जस्तापाताले बनेको तीनतले घरको पहिलो तलामा खाना पकाउने ग्यास लिक भएर सुरु भएको आगोले भीषणरुप लिएको थियो ।
आगलागीबाट पदमशेरको घर पूर्णरुपमा जलेर नष्ट भएको छ । घरको दोश्रो तलामा रहेको निर्धनउत्थान लघुवित्त संस्थाको कार्यालय समेत जलेर खरानी भएको छ । आगलागीबाट पदमशेरको चार करोडको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । नजिकै रहेको ऐराख राईको न्यु कल्याण होटल सञ्चालन भईरहेको चारतले पक्की घर र...









