Friday, April 24News That Matters

ट्रेन्डिङ

घरमै बसेर विद्यालयमा छु भन्दै ढाट्ने प्रधानाध्यापकलाई गाउँपालिकाले गर्यो कारबाही

घरमै बसेर विद्यालयमा छु भन्दै ढाट्ने प्रधानाध्यापकलाई गाउँपालिकाले गर्यो कारबाही

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मङ्सिर १ । गैरजिम्मेवार बनेको भन्दै खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले प्रधानाध्यापकलाई कारबाही गरेको छ । घरमै बसेर विद्यालय लागिरहेको छ भन्दै गाउँपालिकालाई ढाट्ने प्रधानाध्यापकलाई गाउँपालिकाले कारबाही गर्दै प्रधानाध्यापकको जिम्मेवारीबाट हटाएको हो । विद्यालय निरीक्षक रणशेर तामाङ अनुगमन गर्न विद्यालय पुग्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित सहकला आधारभूत विद्यालय बन्द रहेको थियो । तर, प्रधानाध्यापक रिता राउतले फोनमा विद्यालय लागिरहेको भन्दै निरीक्षकलाई ढाटेपछि गाउँपालिकाले पदबाट हटाएको जनाएको छ । तिहार र छट बिदा पश्चात कात्तिक २६ गतेबाट विद्यालय सञ्चालन हुनु पर्ने थियो । तर कात्तिक २७ गते गाउँपालिकाका विद्यालय निरीक्षक तामाङ विद्यालय अनुगमनमा पुग्दा सहकला आवि बन्द रहेको भेटिएको थियो । दिउँसो करिब २ बजे विद्यालयमा पुग्दा विद्यालय बन्द रहेको भेटिएको निरीक्षक तामाङको भनाइ ...
खोटाङमा आगलागीबाट २ घर जलेर नष्ट

खोटाङमा आगलागीबाट २ घर जलेर नष्ट

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, २४ कात्तिक गते । खोटाङमा आगलागीबाट २ घर जलेर नष्टहुँदा ११ लाख बढीको क्षति भएको छ । शनिबार दिउँसो खाजा पकाउने क्रममा भान्छाबाट सल्किएको आगोले रावा बेसी गाउँपालिका–५ दुबेकोलस्थित तल्लोदुबेका बीरबहादुर गुरुङको दुई वटा घर जलेर नष्ट भएको हो । आगलागीबाट जल्दा ११ लाख चार हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । आगलागीमा गुरुङको तीन तले दुई वटा कच्ची घर तथा घरमा भएका दुई तोला सुन, सात वटा तामे गाग्री, छ वटा तामे खड्कुला, १० मुरी मकै, एक मुरी चामल, एक मुरी भटमास, एक मुरी आलु, नगद १० हजार, लत्ताकपडा, भाँडावर्तन लगायत जलेको जिल्ला प्रहरी कार्यालय खोटाङका सुचना अधिकारी प्रहरी निरीक्षक मोहन पोखरेलले बताउनुभयो । आगलागीमा गुरुङको गोठ पनि जलेको छ । भुपु प्रहरी हवल्दार रहेका गुरुङको तीन घरमध्ये दुई घर जलेको हो । हाल गुरुङ परिवार आगलागीबाट जोगिएको घरमा बस्नु भएको छ । अगेनाम...
खोटाङमा मृगलाई हानेको गोली लागेर साथीको मृत्यु

खोटाङमा मृगलाई हानेको गोली लागेर साथीको मृत्यु

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक २३ । खोटाङमा सिकार खेल्न सँगै जङ्गल गएका साथीले हानेको गोली लागेर एक ब्यक्तिको मृत्यु भएको छ । साथीले मृगलाई भनेर हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीका ५८ वर्षीय जगतप्रसाद राईको घटनास्थलमै मृत्यु भएको हो । गोली हान्ने सोही ठाउँका २५ वर्षीय चेतन राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । राईलाई पक्राउ गरेर बिहिबार राती जिल्ला प्रहरी कार्यालय ल्याइएको सूचना अधिकारी (प्रहरी निरीक्षक) सञ्जु कार्कीले बताउनुभयो । फेदीस्थित पिपिङका राईद्घोय बुधबार साँझ सिकार खेल्न गाउँ नजिकै रहेको हात्तीढुङ्गे जङ्गलमा गएका थिए । एक्कासि बन्दुक पड्एिको र मान्छे कराएको आवाज आएपछि स्थानीयहरु जङ्गलमा हेर्न जादा जगतप्रसाद ढलिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उत्तानो परेर ढलिरहेका जगतप्रसादको छातीबाट रगत बगिरहेको भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरे...
रावा क्याम्पसमा महिला र दलित विद्यार्थीलाई ५० प्रतिशत छुट

रावा क्याम्पसमा महिला र दलित विद्यार्थीलाई ५० प्रतिशत छुट

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक २२ । खोटाङको रावा बेसी गाउँपालिका–२ खार्पास्थित रावा क्याम्पसले महिला र दलित विद्यार्थीलाई ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । क्याम्पसमा लाग्ने सम्पुर्ण खर्चमा महिला र दलित समुदायका विद्यार्थीलाई ५० प्रतिशत छुट दिने निर्णय गरेको क्याम्पसले जनाएको छ । क्याम्पस व्यवस्थापन समितिले गरेको निर्णय कार्यन्वयनमा आइसकेको क्याम्पस प्रमुख दिपक पोखरेलले बताउनुभयो । अन्य विद्यार्थीलाई पनि २५ प्रतिशत छुटको व्यवस्था गरिएको उहाँको भनाइ छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त रावा क्याम्पसमा शिक्षाशास्त्र सङ्कायमा स्नातक तह पठनपाठन भइरहेको छ । हाल सञ्चालन भइरहेको स्नातक तह प्रथम वर्षमा क्याम्पसले निर्णय गरेको छुटसहित विद्यार्थीहरुको भर्ना भइरहेको प्रमुख पोखरेलले बताउनुभयो । रावा क्याम्पसमा अध्ययनरत स्नातक तहका सबै वर्षका प्रत्येक विद्यार्थीको वर्षमा रु १० हजार खर्च लाग्ने गरेको थिय...
दिक्तेलस्थित सरस्वती आविका प्रधानाध्यापक धमलाको निधन

दिक्तेलस्थित सरस्वती आविका प्रधानाध्यापक धमलाको निधन

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक २२ । जिल्ला सदरमुकाम दिक्तेलस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक मेघराज धमलाको निधन भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल घर भएका ३९ वर्षीय धमलाको अल्पायुमै बुधबार साँझ मृत्यु भएको हो । भाइटिका लगाउन काठमाडौं गएका प्रधानाध्यापक धमलाको बुधबार साँझ करिब ६ बजे अचानक मृत्यु भएको खबर आएको सरस्वती आविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय बस्नेतले बताउनुभयो । बुधबार काठमाडौंबाट दाइ यादब धमलासँग मोटरसाइकलमा खोटाङ आउदै गर्दा बाटोमा मुटु दुखो भनेपछि प्रधानाध्यापक धमलालाई धुलिखेल अस्पताल लगिएको थियो । त्यसपछि त्यहाँबाट रेफर गरेर काठमाडौंस्थित गंगालाल अस्पतालमा पुगेपछि चिकित्सकले मृत घोषणा गरेको बताइएको छ । बिरामीको कुनै लक्षण नदेखिएका प्रधानाध्यापक धमलाको हृदयघातका कारण मृत्यु भएको अनुमान गरिएको छ । मृतक प्रधानाध्यापक धमलाको शव अन्त्येष्टिका लागि दिक्ते...
तिहारमा माइती जाने चेलीलाई खोटाङमा निःशूल्क बाइक सेवा

तिहारमा माइती जाने चेलीलाई खोटाङमा निःशूल्क बाइक सेवा

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक १५ गते । खोटाङमा युवाहरुको समुहले तिहारमा माइती जाने चेलीलाई निःशूल्क बाइक सेवा दिने भएका छन् । आर्थिक अवस्था कमजोर भएका वा समस्यामा परेका चेलीहरुलाई मोटरसाइकलमा निःशूल्क माइती घर पुराइदिने युवाहरुको अभियान रहेकोछ । गत दसैँबाट सुरु भएको यो अभियान तिहारमा पनि निरन्तरता दिने समुहले जनाएका छन् । दसैँमा आपतविपत्मा परेकाहरुलाई गन्तव्यसम्म पुराउने योजनासहित अभियान सुरु गरिएको अभियानका संयोजक सञ्जय कुमार राईले बताउनुभयो । दसैँमा चार दिनसम्म सञ्चालन भएको अभियानबाट ७० जना बढीले सेवा पाएका थिए । “दसैँ, तिहार चेलीलाई उपहार” नाम दिएर सुरु भएको अभियानमा करिब १० जना युवाहरु जेडिएका छन् । अझै जोडिने क्रम जारी रहेको संयोजक राईले बताउनुभयो । नेपालीको महत्वपूर्ण चाड तिहारमा माइती घरसम्म पुग्न समस्या भएका चेलीहरुलाई निःशूल्क मोटरसाइकलमा पुराइदिने उहाँको भनाइ छ । माइती र चेलीको यो पर्वमा आर्थ...
रावा बेसीमा आयोजित वडा स्तरीय भलिबलको उपाधि लामिडाँडालाई

रावा बेसीमा आयोजित वडा स्तरीय भलिबलको उपाधि लामिडाँडालाई

Banner News 3, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, कात्तिक १४ । खोटाङको रावा बेसी गाउँपालिकामा आयोजित पालिका भित्रको वडा स्तरीय पुरुष भलिबलको उपाधि लामिडाँडाले जितेको छ । रावा बेसी गाउँपालिका–२ खार्पास्थित शारदा माध्यमिक विद्यालयको प्राङ्गणमा बुधबार सम्पन्न फाइनल खेलमा डुम्रे धारापानी (बि) लाई पराजित गर्दै लामिडाँडाले उपाधि जितेको हो । उपाधिसँगै रावा बेसी गाउँपालिका–३ लामिडाँडाले एक लाख नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता रावा बेसी–४ डुम्रे धारापानी (बि) ले ७० हजार नगदको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको तेस्रो डुम्रे धारापानी (ए) र चौथो खार्पा (ए) भएका छन् । तेस्रो र चौथो हुने टिमलाई ४० हजार र २० हजार नगदको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि रावा बेसी गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठ, उपाध्यक्ष कौशिला कुमारी गुरुङसँगै अन...
वडाध्यक्ष अमेरिका सुइँकुच्चा ठोकेपछि वडामा लगाइएको ताला खोलियो, यस्तो भयो सहमति

वडाध्यक्ष अमेरिका सुइँकुच्चा ठोकेपछि वडामा लगाइएको ताला खोलियो, यस्तो भयो सहमति

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक ९ । खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष ९ महिनासम्म अमेरिकाबाट नफर्किएपछि वडा कार्यालयमा लगाइएको ताला खोलिएको छ । वडाध्यक्ष अमेरिका बसेकाले सेवाग्राहीलाई समस्या भएको भन्दै सर्वपक्षीय राजनीतिक समितिले बुधबार वडामा ताला लगाएका थिए । अमेरिका पलायन भएका वडाध्यक्ष अर्जुन कुमार कट्वालको विषयमा गाउँपालिकाले कानुनी कारबाही प्रक्रिया सुरु गर्ने सहमति भएपछि शुक्रबार ताला खोलिएको हो । नेकपा माओवादी केन्द्रबाट निर्वाचित मात्तिमका वडाध्यक्ष कट्वाल २०८० माघ १९ गते अमेरिका जानुभएको थियो । हालसम्म पनि नर्फिएपछि मात्तिमका पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वपक्षीय समितिले बुधबार वडा कार्यालयमा ताला लगाएको हो । जनताको सेवा गर्न निर्वाचित वडाध्यक्ष अमेरिकामा बसेर उल्टै जनतालाई दुःख दिएको भन्दै वडा कार्यालयमा ताला लगाइएको पूर्ववडाध्यक्ष भट्टराईको भनाइ छ । ०८०...
खोटाङमा आगलागीबाट जलेर एक घर नष्ट

खोटाङमा आगलागीबाट जलेर एक घर नष्ट

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक ९ । खोटाङमा आगलागीबाट जलेर एक घर पूर्णरुपमा नष्ट भएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका बबरसिंह राईको घर आगलागीबाट जलेर पूर्णरुपमा नष्ट भएको हो । च्यास्मिटार दाल्फुका राईको घरमा शुक्रबार आज बिहान करिब साँढे ६ बजे आगलागी भएको स्थानीयले बताएका छन् । राईको घरमा आगलागी भएको थाहा पाएपछि च्यास्मिटार प्रहरी चौकीका प्रहरी र स्थानीयहरु भेला भएर आगो निभाउने प्रायस गरेपनि घर पूर्णरुपमा जलेको हो । पशुचौपाय र मानवीय क्षति भएको छैन् । घर भित्रका सबै सामान भने जलेर नष्ट भएको स्थानीय केशिराज राईले बताउनुभयो । फुसको छानो भएको घरसँगै घर भित्र भएको अन्नपात, लत्ताकपडा, भाँडाकुडा सबै जलेर नष्टहुँदा करिब ५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी (प्रहरी निरीक्षक) मोहन पोखरेलले बतानुभयो । नजिकै रहेको बुहारी कल्पना राईको घरमा खाना खाएर उक्त घरमा बृद...
रावा बेसीमा वडा स्तरीय भलिबल प्रतियोगिता हुँदै, जनप्रतिनिधि र कर्मचारी पनि भिड्ने

रावा बेसीमा वडा स्तरीय भलिबल प्रतियोगिता हुँदै, जनप्रतिनिधि र कर्मचारी पनि भिड्ने

Banner News 3, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, कात्तिक ३ । खोटाङको रावा बेसी गाउँपालिका–२ खार्पामा एक लाख पुरस्कार राशिको पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा खार्पा खेलकुद विकास समितिले वडा स्तरीय भलिबल प्रतियोगिताको आयोजना गरेको हो । शुभदिपावली एवं छठ पर्वको अवसरमा आयोजना गरिएको प्रतियोगिता शारदा माध्यमिक विद्यालय खार्पाको मैदानमा कात्तिक १२ देखि १४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा पालिका भित्रका वडाले मात्र सहभागि जनाउन पाउने छन् । रावा बेसी गाउँपालिकाले गरेक वर्ष वडा स्तरीय भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ । यस वर्ष वडा नम्बर २ खार्पामा सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । पालिका भित्रको वडा स्तरीय भलिबल प्रतियोगिताको प्रथम हुने टिमले नगद एक लाखको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । दोस्रो, तेस्रो र चौथो हुने टिमले क्रमश ७० हजार, ४० हजार र २० हजार नगदको स...