प्रथम केवाइसी खुल्ला भलिबलको उपाधि ओखलढुंगा तलुवालाई, हलेसी दोस्रो
खोटाङ, कात्तिक १ । खोटाङको हलेसीमा आयोजित प्रथम केवाइसी खुल्ला पुरुष भलिबलको उपाधि ओखलढुंगाले जितेको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान कात्तिकेमा सम्पन्न खुल्ला पुरुष भलिबलको उपाधि ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१ तलुवाले जितेको हो ।
तलुवाले उपाधिसँगै नगद ७० हजारको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानले नगद ३० हजारको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । बिहिबार भएको फाइनल खेलमा हलेसी महादेवस्थानलाई ३–१ को सेटमा पराजित गर्दै तलुवाले उपाधि जितेको हो ।
कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई (पिके) र हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राई लगायतले पुरस्कार प्रदान गर्नुभएको छ । सेमिफाइनलिस्ट हलेसी तुवाचुङ नगरपालिकाका–८ धितुङका दुवै टिमलाई नगद १०/१० हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको...









