Thursday, December 4News That Matters

Banner News 2

पाथेकामा ड्यु, पेप्सी, कोक प्रतिबन्ध, प्रयोग गरेमा जरिवाना

पाथेकामा ड्यु, पेप्सी, कोक प्रतिबन्ध, प्रयोग गरेमा जरिवाना

Banner News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ १३ । खोटाङको पाथेकाको एउटा सिङ्गो गाउँले ड्यु, पेप्सी, कोक जस्ता आयातीत पेय पदार्थ प्रयोग नगर्ने निर्णय गरेको छ । स्वास्थ्यलाई असर गर्ने र फजुलखर्च हुने भएकाले ड्यु, पेप्सी, कोक जस्ता पेय पदार्थ गाउँमा हुने शुभअशुभ सबै कार्यमा प्रयोग नगर्ने निर्णय गरेको हो । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाको साविक ३ नम्बर वडा टोल विकास समितिको माघ १२ गते भएको निर्णय अनुसार आगामी दिनमा गाउँमा हुने शुभकार्य वा अशुभकार्य सबैमा ड्यु, पेप्सी, कोक जस्ता पेय पदार्थप्रयोग गर्न पाइने छैन् । टोल विकास समितिले गरेको निर्णय उल्लङ्घन गरेमा पहिलो पटक ५ हजार, दोस्रो पटक ७ हजार र तेस्रो पटक १० हजार जरिवाना तिर्ने निर्णयसमेत गरिएको टोल विकास समितिका अध्यक्ष सर्वधन राईले बताउनुभयो । गाउँमा हुने बिहे, पास्नी, छेवर, मरौपरौ जस्ता सामाजिक कार्य माबहुराष्ट्रिय तथा राष्ट्रिय कम्पनीका पेय पदार्थल...
उद्यम गर्न चाहाने हलेसी तुवाचुङका नागरिकले ५ लाखसम्म विनाब्याज ऋण पाउने

उद्यम गर्न चाहाने हलेसी तुवाचुङका नागरिकले ५ लाखसम्म विनाब्याज ऋण पाउने

Banner News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ ९ गते । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका नागरिकले ५ लाख सम्मको कर्जा विनाब्याज पाउने भएका छन् । उद्यमी बन्न चाहाने नागरिकले ५ लाखसम्मको कर्जा विनाब्याज पाउने भएका हुन् । कृषि, पशुपालन, होमस्टे सञ्चालन लगायतका लघु उद्यम गर्न चाहाने नागरिकका लागि नगरपालिकाले विनाब्याज ५ लाखसम्म ऋण दिने व्यवस्था मिलाएको हो । जसका लागि नगरपालिकाले बुधबार प्रभु बैंकसँग सम्झौता गरेको छ । नगरपालिकाको सिफारिसको आधारमा प्रभु बैंकले मुल्याङ्कन गरेर उद्यमी बन्न चाहाने नागरिकलाई ऋण दिने छ । नागरिकले पाएको उक्त ऋणको बैंकको औसत आधार दरमा २ प्रतिशत प्रिमियम थप गरेर नगरपालिकाले ब्याज तिर्ने गरी सम्झौता भएको हो । उद्यमी बन्न चाहाने नागरिकलाई ब्याज अनुदान प्रदान गर्न लागिएको नगरपालिकाका मेयर विमला राईले बताउनुभएको छ । कृषि, पशुपालन लगायतका लघु उद्यमबाट नागरिकलाई रोजगार प्रदानसँगै उद्यमहरुको प्रवद्र्धनका लागि ब...
खोटाङमा मानसिक सन्तुलन गुमेकी महिला बलात्कृत, ६ महिनाको गर्भ

खोटाङमा मानसिक सन्तुलन गुमेकी महिला बलात्कृत, ६ महिनाको गर्भ

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २० । खोटाङमा मानसिक सन्तुलन गुमेकी महिला बलात्कृत भएकी छिन् । जिल्लाको केपिलासगढी गाउँपालिकाकी एक मानसिक सन्तुलन गुमेकी २० वर्षीया महिलामाथि बलात्कार भएको खुलेको छ । करिब ६ वर्ष अघि मानसिक सन्तुलन गुमाएर उपचाररत महिलालाई गाउँकै ३९ वर्षका पुरुषले बलात्कार गरेको खुलेको हो । बलात्कृत भएको ६ महिनापछि मात्र थाहा भएको छ । महिला गर्भवती रहेको थाहा पाएपछि परिवारले प्रहरीमा जाहेरी दिएका छन् । परिवारले प्रहरीमा दिएको जाहेरी अनुसार ३९ वर्षका एक कुमार राईले मानसिक सन्तुलन गुमाएकी महिलालाई बलात्कार गरेका हुन् । हाल उक्त महिलाको ललितपुरस्थित एक अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङको सल्लाहमा अस्पताल नजिकै रहेको प्रहरी कार्यालयबाट परिवारले जाहेरी दिएका छन् । उक्त जाहेरी जिल्ला प्रहरी कार्यालय खोटाङमा पुस १८ गते दर्ता भएको सूचना अधिकारी प्रहरी निरीक्षक मोहन पोखरेलले जानकार...
खोटाङ बाँसपानीमा सुमो दुर्घटनाहुँदा एक जना गम्भीर घाइते

खोटाङ बाँसपानीमा सुमो दुर्घटनाहुँदा एक जना गम्भीर घाइते

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १० । खोटाङको बाँसपानीमा सुमो दुर्घटनाहुँदा एक जना गम्भीर घाइते भएका छन् । केपिलासगढी गाउँपालिका–३ बाँसपानीस्थित राठीमा सुमो गाडी दुर्घटनाहुँदा एक जना गम्भीर घाइते भएका हुन् ।  काठमाडौंबाट केपिलासगढी गाउँपालिका–१ फेदी जादैगरेको ना १ ज ७१८१ नम्बरको सुमो बाँसपाानी भदौरेडाँडाबाट ताप खोला बगरमा झरेको हो । सुमोमा एक जना मात्र यात्रु रहेको पाइएको स्थानीय प्रताप राईले बताउनुभयो । सुमोे गाडी सडकबाट करिब ५ सय मिटर तल खोला बगरमा खसेर छ । सुमोसँगै खसेका फेदीका अन्दाजी ६० वर्षीय दुर्गा प्रसाद राई गम्भीरु घाइते अवस्थामा भेटिएको राईको भनाइ छ । घाइते राईको इलाका प्रहरी कार्यालय बाक्सिला, जनप्रतिनिधिसँगै स्थानीयले उद्धार गरेका हुन् । होस्मै रहेपनि गम्भीर घाइते अवस्थामा रहेका राईको प्राथमिक उपचार पश्चात थप उपचारकालागि जिल्ला अस्पताल दिक्तेल पठाइएको स्थानीय प्रताप राईले बताउनुभयो । सुमो चालक ऐस...
खोटाङको कुभिण्डेमा बोलेरो दुर्घटना ६ जना सामान्य घाइते

खोटाङको कुभिण्डेमा बोलेरो दुर्घटना ६ जना सामान्य घाइते

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज २९ । खोटाङमा बोलेरो दुर्घटना भएको छ । रावा बेसी गाउँपालिका–१ कुभिण्डेमा बोलेरो दुर्घटनाहुँदा छ जना सामान्य घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ । रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीबाट दिक्तेल आउदै गरेको स १ ज ५५८ नम्बरको बोलेरो कुभिण्डे हाँचेकामा मंगलबार आज बिहान करिब ९ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । सडकमै पल्टिएको बोलेरोमा आठ जना यात्रु थिए । जसमा छ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।...
पहिरोले अवरुद्ध हलेसी–जयराम सडक ३ बजेसम्ममा खुल्ने

पहिरोले अवरुद्ध हलेसी–जयराम सडक ३ बजेसम्ममा खुल्ने

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज १८ गते । ठाउँ–ठाउँमा पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको हलेसी–जयराम सडक फेरी अवरुद्ध भएको छ । १७ गते राती परेको अविरल वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेपछि यात्रुहरु बाटैमा अलपत्र परेका छन् । इलाका प्रहरी कार्यालय हलेसीका अनुसार हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवा र लाकुरीभञ्ज्याङ, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारको बाङमा र हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेको खोक्सेली लगायतका ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । नगरपालिकाले निजी जेसिबी भाडामा लिएर धमाधम पहिरो पन्छाउने काम भइरहेको मेयर विमला राईले बताउनुभयो । नगरपालिकाले बडहरेतर्फबाट सडकको पहिरो पन्छाउदै अघि बढेको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताउनुभयो । बडहरेबाट च्यास्मीटार हुँदै कदुवासम्मको पहिरो हटाउने तयारी गरिएको छ । दशैंका लागि खोटाङ भित्रिदै गरेका यात्रु पहिरोले सडक अवरुद्ध भएपछि कदु...
च्यास्मिटार शोकमा डुब्यो, गइन्द्र र ममताले गुमाए दुवै सन्तान

च्यास्मिटार शोकमा डुब्यो, गइन्द्र र ममताले गुमाए दुवै सन्तान

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ १० । खोटाङमा एउटै घरका दुई बच्चाको पोखरीमा डुबेर मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका बालक दाजु बहिनीको पोखरीमा डुबेर मृत्यु भएको हो । च्यास्मिटार बाङ्माका गइन्द्र राई र ममता राईका ६ वर्षका छोरा संगम राई र साढे २ वर्षकी छोरी समृद्धि राईको सिँचाइ पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । बालक दाजु बहिनी दिउँसो २ बजे घरबाट हराएका थिए । आमा ममता खोज्दै जादा ५ः४५ को समयमा पोखरीमा डुबिरहेको अवस्थामा बच्चालाई भेटिएको थियो । सामान्य हात खुट्टा चलाइरहेको अवस्थामा भेटिएका बच्चालाई आमाले घर ल्याएको प्रहरीको भनाइ छ । घरमा ल्याउने बित्तिकै दुईटै बच्चाको मृत्यु भएको जानकारी पाएको डिएसपी पुरुषोत्तम खड्काले बताउनुभयो । घटनाको विषयमा जानकारी पाउनसाथ च्यामिटार प्रहरी चौकीबाट प्रहरी पुगेका छन् । घटनाको अनुसन्धान एवं कानूनी प्रक्रियाकालागि आफ्नै नेतृत...
खोटाङ फुटबल एकेडेमीले विभिन्न उमेर समुहका खेलाडी छनोट गर्दै 

खोटाङ फुटबल एकेडेमीले विभिन्न उमेर समुहका खेलाडी छनोट गर्दै 

Banner News 2, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, जेठ २९ । खोटाङ फुटबल एकेडेमी (केफए) ले विभिन्न उमेर समुहका खेलाडी छनोट गर्ने भएको छ । केफएको ९ औँ ब्याचको लागि तीन उमेरसमुहको खेलाडी छनोट गर्न लागिएको हो । केफएका मुख्य प्रशिक्षक रोशेष श्रेष्ठका अनुसार १० देखि १३ वर्ष भित्रका १५ जना, १४ देखि १६ वर्ष भित्रका २० जना र १७ देखि १८ वर्ष भित्रका १५ जना खेलाडी छनोट गर्न लागिएको हो । छनोट भएका खेलाडीलाई विशेष प्रशिक्षण दिएर खोटाङको उमेर समुहको फुटबल टिम निर्माण गरिने श्रेष्ठले बताए । १० देखि १३ वर्ष भित्रका उमेर समहको खेलाडी जेठ ३० देखि ३२ गतेसम्ममा माटिकोरे खेल मैदानमा विहान ५–७ः३० बजेसम्म छनोट गरिने छ । यस्तै, १४–१६ उमेर समुहको खेलाडी जेठ ३० देखि असार ४ गतेसम्म विहान ५–७ः३० बजेसम्म छनोट गरिने छ । १७–१८ उमेर समुहको खेलाडी जेठ ३० देखि असार २० गतेसम्म विहान ५–७ः३० बजेसम्म छनोट गरिने प्रशिक्षक श्रेष्ठले बताए । छनोटमा सहभागि खेलाडीले जन्मदर्...
यस्तो छ, यो वर्षको खोटाङ फुटबल एकेडेमीको कार्यतालिका

यस्तो छ, यो वर्षको खोटाङ फुटबल एकेडेमीको कार्यतालिका

Banner News 2, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, जेठ २० । खोटाङ फुटबल एकेडेमी (केएफए) ले आफ्नो वार्षिक कार्य तालिका निर्माण गरेको छ । केही दिन अघि सुचन राई स्मृति दिक्तेल हलेसी मेयर कपको पाचौँ संस्करण सम्पन्न गरेको केएफएले आगामी दिनको कार्यक्रमहरुका लागि वार्षिक कार्य तालिका निर्माण गरेको हो । हाल केएफएले ग्रासरुट कार्यक्रम सञ्चालन गरिरहेको छ । उक्त कार्यक्रम अन्तरगत ७ देखि १८ वर्षसम्मका बालबालिकालाई फुटबल खेल प्रशिक्षण गराइरहेको छ । सोही ग्रासरुट प्रशिक्षणबाट उत्पादन भएका खेलाडी राष्ट्रिय अण्डर–१३ पुरुष फुटबल टिममा पहिलो पटक खोटाङबाट छनोटसमेत भएका छन् । कोशी प्रदेशहुँदै खोटाङका एन्जल राई राष्ट्रिय अण्डर–१३ मा छनोट भएका हुन् । यस्तै, विभिन्न उमेर समुहका अन्य खेलाडीलाई पनि माटिकोरे खेलमैदानमा प्रशिक्षण भइरहेको छ । ०८१ जेठ १ गतेबाट सुरु भएको दुवै प्रशिक्षण कार्यक्रम ०८२ को जेठ ३० गतेसम्म सञ्चालन हुने एफएका मुख्य प्रशिक्षक रोषेश श्...
अण्डर १८ गायन प्रतियोगितको उपाधि मिलन बिकलाई, सुदिप दोस्रोहुँदा कञ्चन तेस्रो

अण्डर १८ गायन प्रतियोगितको उपाधि मिलन बिकलाई, सुदिप दोस्रोहुँदा कञ्चन तेस्रो

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, स्थानीय
खोटाङ, जेठ ६ । खोटाङमा आयोजना गरिएको १८ वर्ष मुनिको राष्ट्रिय गायन प्रतियोगिताको उपाधि मिलन विश्वकर्माले जितेका छन् । उपाधिसँगै मिलनले नगद ४० हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । “प्रथम वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव–२०८१” अन्तरगत आइतबार दिक्तेलस्थित कर्भडहलमा सञ्चालन गरिएको १८ वर्ष मुनिको राष्ट्रिय गायन प्रतियोगिताको दोस्रो सुदिप विश्वकर्मा भएका छन् । सुदिपले नगद २५ हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको तेस्रोहुँदै कञ्चन राईले नगद १७ हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेकी छन् । चौथो र पाचौँ हुने अदिति शाक्य र डेनिस राईले क्रमश नगद ११ हजार र ७ हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उनीहरु ५ जना नै खोटाङकै रहेका छन् । नेपाल खेलकुद प्रतिष्ठान खोटाङको आयोजना तथा खोटाङ कलाकार समाजको सह–आयोजन...