तिहारमा माइती जाने चेलीलाई खोटाङमा निःशूल्क बाइक सेवा
खोटाङ, कात्तिक १५ गते । खोटाङमा युवाहरुको समुहले तिहारमा माइती जाने चेलीलाई निःशूल्क बाइक सेवा दिने भएका छन् । आर्थिक अवस्था कमजोर भएका वा समस्यामा परेका चेलीहरुलाई मोटरसाइकलमा निःशूल्क माइती घर पुराइदिने युवाहरुको अभियान रहेकोछ ।
गत दसैँबाट सुरु भएको यो अभियान तिहारमा पनि निरन्तरता दिने समुहले जनाएका छन् । दसैँमा आपतविपत्मा परेकाहरुलाई गन्तव्यसम्म पुराउने योजनासहित अभियान सुरु गरिएको अभियानका संयोजक सञ्जय कुमार राईले बताउनुभयो । दसैँमा चार दिनसम्म सञ्चालन भएको अभियानबाट ७० जना बढीले सेवा पाएका थिए । “दसैँ, तिहार चेलीलाई उपहार” नाम दिएर सुरु भएको अभियानमा करिब १० जना युवाहरु जेडिएका छन् । अझै जोडिने क्रम जारी रहेको संयोजक राईले बताउनुभयो ।
नेपालीको महत्वपूर्ण चाड तिहारमा माइती घरसम्म पुग्न समस्या भएका चेलीहरुलाई निःशूल्क मोटरसाइकलमा पुराइदिने उहाँको भनाइ छ । माइती र चेलीको यो पर्वमा आर्थ...









