समाजवादी केन्द्र ः सके एकता नत्र चुनावी मोर्चा, माधव नेपाललाई अध्यक्ष प्रस्ताव
गत माघ १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा भेट भयो । नेकपा विभाजनको संघारमा पुगेको बेला यो भेट भएको थियो। माओवादी आन्दोलनका पुराना सहयात्री प्रचण्ड र भट्टराई पुनः एक ठाउँमा उभिने सम्भावनाको खोजी गरिरहेका थिए।
०७२ साल असोज १० गते तत्कालीन एमाओवादी पार्टी परित्याग गरेर वैकल्पिक राजनीति थालेका भट्टराई विभिन्न घुम्ती पार गर्दै जनता समाजवादी पार्टीमा पुगेका छन्। प्रचण्डले भने माओवादी ब्रान्ड टिकाउन हम्मे परेपछि एमालेसँग चुनावी तालमेलपछि पार्टी एकता गरेका थिए। तर, नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पुस ५ प्रतिनिधि सभा विघटन गरेपछि उनीहरु एकठाउँ बस्ने सम्भावना समाप्त भयो।
प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमलाई ०७७ फागुन ११ गते सर्वाेच्च ...









