Wednesday, April 29News That Matters

Banner News 1

खोटाङका ४५ वडामा कांग्रेसको सर्वसहमत वडा कार्य समिति चयन, रावाबेसीमा युवाको वर्चस्व

खोटाङका ४५ वडामा कांग्रेसको सर्वसहमत वडा कार्य समिति चयन, रावाबेसीमा युवाको वर्चस्व

Banner News 1, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङका ४५ वडामा कांग्रेसको सर्वसहमत वडा कार्य समिति चयन गरिएको छ । आजबाट सुरु भएको अधिबेसनका क्रममा जिल्लाका ४५ वटा वडामा सर्वसहमत समिति चयन गरिएको नेपाली कांग्रेस खोटाङका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिनुभयो । जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ वडा रहेका छन । जसमध्ये ४५ वडामा सर्वसहमत र केहि वडामा चुनाव मार्फत आज नेतृत्व चयन भएको छ भने अन्य वडामा भोली बिहान ७ बजेबाट चुनाव हुने उहाँले बताउँनु भयो । विवादका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाको वडा अधिबेसन स्थगित गरिएको छ । चुनावका लागि वडाध्यक्षको मनोनयन दर्ता गर्ने क्रममा विवाद भएपछि आजरको वडा अधिबेसन स्थगित गरिएको मतदान अधिकृत घनश्याम आचार्यले बताउँनु भयो । यस्तै रावाबेसी गाउँपालिकाको ६ वटै वडामा सर्वसहमत नेतृत्व चयन भएको छ । । यता हलेसी तुवाचुङ नगरपालिकाको २,३,५,६,७,८ र १० नम्बरमा सर्वसहमत नेतृत्...
जन्तेढुंगा गाउँपालिका क्षेत्रमा १५ दिन यता नेपाल टेलिकमको नेटवर्क अवरुद्ध

जन्तेढुंगा गाउँपालिका क्षेत्रमा १५ दिन यता नेपाल टेलिकमको नेटवर्क अवरुद्ध

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङको जन्तेढुंगा गाउँपालिका क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कमा समस्या भएको स्थानीयले गुनासो गरेका छन । करीब १५ दिन अगाडि देखि नेटवर्कमा समस्या आउँदा फोनमा दोहोरो कुराकानी हुन नसकेको उनिहरुको दुखेसो छ । हतपत फोन नलाग्ने यदि लागिहाले पनि आवाज नबुझीने भएको कारण १५ दिन देखि कसैसँग सम्पर्क हुन नसकेको जन्तेढुंगा गाउँपालिका चिसापानीका टिका रेक्मी र खेम श्रेष्ठले बताउँनु भयो । यस्तै नेटवर्कमा समस्या हुँदा अनलाई कक्षा समेत प्रभाबित बनेको शिक्षक कपिल शर्माको भनाई छ । नेपाल टेलीकम शाखा कार्यलय दिक्तेललाई समस्या सुनाउँदा ट्रान्सफर्ममा समस्या आएकाले केहि दिनमा समाधान गर्ने बताएपनि समाधान नभएको जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष शंखर बहादुर राईले बताउँनु भयो । खोटाङ, सोलुखुम्बु र ओखलढुंगा हेर्दै आएको नेपाल टेलीकम शाखा कार्यलय ओखलढुंगाका प्रमुख दिनेश चन्द्र पन्थी ले नयाँ ट्रान्सफर्म हुँदा पनि समस्या आएक...
खोटाङमा एक युवाले गरे आत्महत्या

खोटाङमा एक युवाले गरे आत्महत्या

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ भदौ १४ : खोटाङमा एक युवाले आत्महत्या गरेका छन । जिल्लाको रावाबेसी गाउँपालिका ६ हौँचुर गिद्धे स्थीत ३२ बर्षिय अर्जुन परियारले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ । जिल्ला प्रहरी कार्यलय खोटाङका प्रवक्ता एवं प्रहरी निरिक्षक सागर शाहका अनुसार हिजो करीब साडे ७ बजेको समयमा उनले आफ्नै घरको धुरीको बलोमा तारको पासो लगाएर आत्महत्या गरेका हुन । घटनाको अनुसन्धानको लागि ऐसेलुखर्क इलाका प्रहरी कार्यलयबाट इन्सपेक्टरको टोली खटिएर थप अनुसन्धान भईरहेको उहाँले बताउँनु भयो । मृतक परियारको श्रीमती र २ छोरी रहेको बताईएको छ ।...
खोटाङमा कोरोना संक्रमितको सङख्या हरेक दिन घट्दै

खोटाङमा कोरोना संक्रमितको सङख्या हरेक दिन घट्दै

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङमा कोरोना संक्रमित हुने भन्दा कोरोनाबाट निको हुनेको सङख्या लगातार बढेको छ । जिल्लामा एन्टीजेन परिक्षणलाई निरन्तरता दिदै आएपनि नयाँ संक्रमित थपिने भन्दा कोरोनालाई परास्त गर्नेको सङख्या धेरै रहेको जिल्ला स्वास्थ्य कार्यलय खोटाङले जनाएको छ । भदौ १ गते सम्म संक्रमण मुक्त हुने र नयाँ संक्रमित थपिनेको सङख्या तलमाथी हुँदै आएको थियो । तर भदौ २ गतेबाट संक्रमण मुक्त हुनेको सङख्या लगातार धेरै रहेको जिल्ला स्वास्थ्य कार्यलय खोटाङकोको तथ्याङकमा उल्लेख छ । भदौ २ गते ९५ जनाको एन्टीजेन परिक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएकोे थियो । यो परिक्षण गरिएका मध्ये २६ दशमलब ३२ प्रतिशसतमा संक्रमण पुष्टी भएको हो । सोहि दिन संक्रमण मुक्त हुनेको सङख्या ४८ रहेको थियो । यस्तै आज ३३ जनामा परिक्षण गरिदा ७ जना नयाँ संक्रमित थपिएका छन भने २१ जना संक्रमण मुक्त भएका छन । आज परिक्षण गरिएको मध्ये २१ दशमलब २१ प्रतिशतम...
भारी बर्षाका कारण विभिन्न ठाउँ डुबानमा

भारी बर्षाका कारण विभिन्न ठाउँ डुबानमा

Banner News 1, ताजा अपडेट, समाचार, समाज
लगातारको झरीले देशका विभिन्न ठाउँ डुबानमा परेका छन् । रुपन्देहीको भैरहवा, तिलोत्तमा, रुद्रपुरलगायतका ठाउँ डुबानमा परेको छ ।रूपन्देहीको तिनाउ, रोहिणी, कञ्चन, कपिलवस्तुको बाणगङ्गा लगायतका नदी छेउछाउमा बाढी पसेको छ । यस्तै गएरातिदेखिको अविरल वर्षाले नेपालगञ्ज आसपासको क्षेत्र जलमग्न भएको छ । निरन्तर परिरहेको वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत न्युरोड, सेतु विक चोक, बेलासपुर, कोरियनपुर, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर, रामलिला मैदान, बाँके गाउँलगायतका ठाउँमा पानी जमेर जलमग्न भएको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो। उहाँका अनुसार नेपालगञ्जमा २० मिलिमिटर वर्षा भएको छ । ढल निकासको उचित व्यवस्थापन नहुँदा नेपालगञ्जमा सामान्य वर्षातमा पनि डुबान हुने गरेको छ । पानी जमेपछि पैदलयात्रीलाई आवतजावतमा समस्या भएको छ । निरन्तरको वर्षाले राप्त...
एमाले फेरी फुट्दै, हृदयेश त्रिपाठीको नेतृत्वमा नयाँ पाटी बन्ने

एमाले फेरी फुट्दै, हृदयेश त्रिपाठीको नेतृत्वमा नयाँ पाटी बन्ने

Banner News 1, ताजा अपडेट, राजनीति, समाचार
केपी ओली नेतृत्व सरकारमा संघीय मामिला तथा स्वास्थ्यमन्त्री भएका हृदयेश त्रिपाठी र उनको समूहले तत्कालै नयाँ पार्टी खोल्ने भएको छ। भदौ महिनासम्म नयाँ पार्टी घोषणा गर्ने उक्त समूहको नेतृत्व गरेका त्रिपाठीले बताए। ‘भदौ महिनाभित्रै नयाँ पार्टी खोल्छौँ,’ त्रिपाठीले भने, ‘नयाँ पार्टी खोल्ने निश्चित भएको छ।’ त्रिपाठी समूहले पार्टीको सम्भावित पाँचवटा नाम पनि जुराएको छ। तर, त्रिपाठीले नामबारे खुलासा गर्न चाहेनन्। स्रोतका अनुसार त्रिपाठीले खोल्ने पार्टीको नाममा समाजवादी शब्द नछुटाइने भएको छ। ‘नेपाल समाजवादी पार्टी’ नाम त्रिपाठीले पहिलो प्राथमिकतामा राखेको स्रोतले बतायो। त्रिपाठीले भने, ‘नाम चयन गर्दा निर्वाचन आयोगको दर्ता किताबमा नाम जुधे–नजुधेको पनि हेर्छाैँ।’ उनले भने, ‘नाम जे भए पनि नाम भन्दा पार्टी खोल्ने कुरा ठूलो कुरा हो। पार्टीमा खोल्ने निर्णय गरिसकेका छौँ।’ त्रिपाठी र त्रिपाठीको समूहले अहिल...
आज रातीबाट दिक्तेलमा लगाईएको लकडाउन खुल्दै

आज रातीबाट दिक्तेलमा लगाईएको लकडाउन खुल्दै

Banner News 1, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आज रातीबाट लकडाउन खुल्ने भएको छ । नगरपालिकामा कोरोना संक्रमण दर बढ्दै गएपछि रोकथाम एवं नियन्त्रणको लागि भदौ १ बाट लागु गरिएको लकडाउन आज राती १२ बजेबाट खुल्ने नगर प्रमुख दिप नारायण रिजालले जानकारी दिनुभयो । प्रमुख रिजालका अनुसार लकडाउन खोलिएपनि सभा,सम्मेलन, गोष्टि, हाटबजार,धार्मिक तथा सांस्कृतिक क्षेत्रमा हुने भिडभाड भने रोक लगाईएको छ । यस्तै साँझ ७ बजेपछि होटल पसल लगायतका ब्यवसायहरु संचालन गर्न नपाईने नगर प्रमुख रिजालको भनाई छ ।...
लगातारको बर्षाले किवि कुहिन थालेपछि खोटाङका कृषक चिन्तित

लगातारको बर्षाले किवि कुहिन थालेपछि खोटाङका कृषक चिन्तित

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
लगातारको बर्षाको कारण खोटाङका किवि कृषक चिन्तित बनेका छन । लगातारको बर्षाले बोटबाट किवि फल कुहिएर झर्न थालेपछि कृषक चिन्तित बनेका हुन । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी गाउँपालिका र साकेला गाउँपालिकाका केहि भुभागमा किवि खेती हुँदै आएको छ । कोदो,मकै,गँहु लगाएतका नियमित बाली छाडेर किवि खेती तर्फ आकर्षित बनेका कृषक यो बर्ष भने चिन्तित बनेका छन । करीब १८ रोपनी क्षेत्रफलमा किवि खेती गरेर अघिल्लो बर्ष १ लाख माथी आम्दानी गर्नु भएका केपिलासगढी गाउँपालिका ७ सुङदेलका कृषक बिशाल दुमि राई यो बर्ष ५० हजार पनि आम्दानि नहुँने बताउँनु हुन्छ । चैत्र महिनामा फूल लागेर कात्तिक÷मंसिर महिनामा तयार हुने किवि लगातारको बर्षाको कारण बोट बाट फल कुहिएर झरेपछि भदौको पहिलो सातामै बोट रिक्तो हुन थालेको राईको भनाई छ । यो बर्ष धेरै पानी पर्दा धान,कोदो लगाएतका खेतीलाई राम्रो गरेको छ । तर कि...
प्रदेश १ को कृषि मन्त्रालयमा बेथिति‚ २५ जनाको नौ दिनको खर्च साढे ४० लाख

प्रदेश १ को कृषि मन्त्रालयमा बेथिति‚ २५ जनाको नौ दिनको खर्च साढे ४० लाख

Banner News 1, ताजा अपडेट, समाचार, समाज
प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषक भ्रमणको नाममा ४० लाख ५० हजार रूपैयाँ खर्च गरेको छ। १२ जना कृषक र १३ जना कर्मचारीसहित २५ जनाको नौ दिनको भारत भ्रमणमा उक्त खर्च भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ। प्रदेश आर्थिक कार्यविधि नियमावली, २०७५ को नियम ३६ मा कार्यालयलाई प्राप्त निकासा रकम स्वीकृत कार्यक्रमको आधारमा खर्च गर्नुपर्ने व्यवस्था छ। उद्यमी एवं व्यावसायिक कृषकहरुलाई भारतस्थित व्यावसायिक फर्महरुमा स्थलगत तालिम तथा अवलोकन भ्रमण गर्न मन्त्रालयको २०७६ असार २९ मा १२ जना कृषक र १३ जना कर्मचारीलाई नौ दिनको भारत भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको थियो। महालेखाले भ्रमणमा लगिएका कृषक कसरी छनौट गरियो र कर्मचारी किन बढी लगियो भनी प्रश्न गरेको छ। प्रतिवेदनमा उल्लेख छ, ‘उक्त कार्यक्रममा कृषक छनौटको आधार पेश भएन। कृषकका लागि निर्धारित कार्यक्रमबाट कृषकभन्दा बढी...
एक युवकद्धारा आफ्नै बुवा र श्रीमतीको हत्या

एक युवकद्धारा आफ्नै बुवा र श्रीमतीको हत्या

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
धनुषामा केही दिनअघि वैदेशिक रोजगारीबाट फर्केका एक व्यक्तिले आफ्नै बुवा र श्रीमतीको हत्या गरेका छन् । मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ ललिया निवासी भागेश्वर मण्डलले ५५ वर्षीय बुवा रामवृक्ष र २४ वर्षीया श्रीमती अमिरकादेवीको हत्या गरेका हुन् । दुवै जनाको हत्या गरी शव छिमेकी रामकिसुन मण्डलको आँपको बगैंचामा खाल्डो खनेर गाडेका थिए। २७ वर्षीय भागेश्वरले सोमबार राति १२ बजेतिर दुवैको हत्या गरेको पाइएको धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । ‘बिहान उनका ३ र ४ वर्षका बच्चा रोइरहेको र भागेश्वर आफैं टोलाएर बसिरहँदा पुगेका छिमेकीले दुवैको हत्या भएको पत्ता लगाएर हामीलाई जानकारी गराएका थिए,’ बस्नेतले भने, ‘तत्कालै भागेश्वरलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले हत्या गरेको स्वीकारेका छन् ।’ शव गाडेको ठाउँमा उत्खनन् गर्दा दुवैको शव फेला परेको बस्नेतले जानकारी दिए । भागेश्व...