Wednesday, April 29News That Matters

Banner News 2

विद्यार्थी नै नभएको विद्यालयमा शिक्षकको तलब भत्ता साढे १२ लाख

विद्यार्थी नै नभएको विद्यालयमा शिक्षकको तलब भत्ता साढे १२ लाख

Banner News 2, ताजा अपडेट, समाचार, समाज
विद्यार्थी नै नभएको विद्यालयमा करार दरबन्दीमा शिक्षक नियुक्ति गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८औं प्रतिवेदनमा विद्यार्थी नभएका उक्त विद्यालयहरुका शिक्षकका लागि स्थानीय सरकारले तलब भत्ताका लागि निकासा गरेको उल्लेख गरेको छ । प्रतिवेदनका अनुसार मनाङको नार्पा भूमि गाउँपालिकाले  फू आधारभूत विद्यालयमा बालविकास बाहेकका एकजना पनि विद्यार्थी नभएको विद्यालय लागि दुई स्थायी र एक करार शिक्षकको तलब भत्ता लगायतको सुविधको लागि वार्षिक १२ लाख ६५ हजार निकासा गरेको पाइएको जनाएको छ । त्यस्तैगरी ङीस्याङ गाउँपालिका अन्तर्गतको ङावल आधारभूत विद्यालयमा एकजना पनि विद्यार्थी नभएको विद्यालयका ८ जना स्थायी शिक्षकको तलब भत्ता लगायतको सुविधाका लागि ३५ लाख ८६ हजार निकासा दिएको छ । एक जना पनि विद्यार्थी नभएको विद्यालयमा समेत करारको शिक्षक नियुक्ति गरेको देखिएको छ । यस्तो अवस्थामा विद्याल...
निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको दलबारे भदौ ९ गते सनाखत गर्ने

निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको दलबारे भदौ ९ गते सनाखत गर्ने

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललाई सनाखतका लागि भदौ ९ गते बोलाएको छ । दुवै पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरूलाई सनाखतका लागि भदौ ९ बुधवार गते बिहान ११ बजेदेखि दिउँसाे दुई बजेसम्म निर्वाचन आयोगको कार्यालयमा बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । केन्द्रीय सदस्य र सांसदहरू स्वयम् उपस्थित भएर सनाखत गरेपछि दल दर्ताका लागि प्रस्ताव पेस हुने उहाँले बताउनुभयो । प्रस्तावित नेकपा एकीकृत समाजवादीमा नेपाल अध्यक्ष र वरिष्ठ नेतामा झलनाथ खनालसहित एक सय १५ जना केन्द्रीय सदस्य छन् भने लोकतान्त्रिक समाजवादी पार्टीमा ठाकुर अध्यक्ष, राजेन्द्र महतो र शरतसिंह भण्डारी वरिष्ठ नेतासहित ३१ जना कार्यकारिणी सदस्य छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले र...
खोटाङमा २३ हजार नागरिक कोरोना बिरुद्धको दोस्रो डोज खोपको पर्खाईमा

खोटाङमा २३ हजार नागरिक कोरोना बिरुद्धको दोस्रो डोज खोपको पर्खाईमा

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ साउन ३० : खोटाङमा करीब २३ हजार नागरिक कोरोना बिरुद्धको दोस्रो डोज खोपको पर्खाईमा रहेका छन । जिल्लामा पहिलो डोजको खोप लगाएर २३ हजार ३ सय ६९ जना दोस्रो डोज खोपको पर्खाईमा रहेको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । खोटाङमा गत माग १५ गतेबाट कोरोना बिरुद्धको खोप अभियान सुरु भएको हो । हाल सम्म जिल्लामा ३ हजार ३ सय ७७ जनाले मात्र पुरा डोज खोप लगाएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुन्य प्रसाद सिक्देलले बताउँनु भयो । कोभिसिल्डकोे दोस्रो डोज खोप जिल्लामा नआएको कारण धेरै नागरिकले दोस्रो डोज खोप लगाउँन नपाएको उहाँको भनाई छ । यस्तै भेरोसेल खोपको पहिलो डोज लगाएको २१ दिन नकटेकोले दोस्रो डोज लगाउँन नमिलेको प्रमुख सिक्देलले बताउँनु भयो ।...
जुवाडे भगाएको आरोपपछि ५ प्रहरी निलम्बन

जुवाडे भगाएको आरोपपछि ५ प्रहरी निलम्बन

Banner News 2, ताजा अपडेट, समाचार, समाज
कैलालीमा रकम असुलेर जुवाडे भगाएको आरोप लागेपछि पाँचजना प्रहरी निलम्बनमा परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवलदारसहितका तीन जना र जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत दुईजना प्रहरी निलम्बनमा परेका हुन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) बिक्रम चन्दले प्रहरी हवलदार नैनाचन्द्र धामी, प्रहरी जवान एकेन्द्रबहादुर खड्का र प्रेमसिंह धामीलाई निलम्बन गरिएको जानकारी दिए । उनीहरु तीनै जना सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान कृष्णप्रसाद जैसी र रामसिंह कुँवरलाई निलम्बन गरिएको छ । प्रदेश प्रहरी कार्यालयको निर्देशनपछि उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले निलम्बन गरेको प्रहरी वरिष्ठ उपरीक्षक चन्दले बताए । १८ साउनमा धनगढी उपमहानगरपालिका-३ मिलनचोकस्थित एएफसी रेष्टुरे...
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । २०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर विदा भएका घिसिङलाई सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशक बनाउने निर्णय गरेको जानकारी ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई मन्त्रिपरिषदको कार्यालयले मंगलबार गराएको छ । योसँगै मन्त्रालयले बुधबार घिसिङलाई नियुक्ति पत्र दिने तयारी गरेको छ । नेपालमा लोडसेडिङ हटाउन प्राधिकरणको नेतृत्वमा रहेर भूमिका खेलेका घिसिङलाई पुनर्नियुक्त गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मानेका थिएनन् । उनले प्रक्रिया पुरा गर्नुपर्ने बताएपछि मन्त्रिपरिषदमा पुगेको नियुक्ति प्रस्तावमाथि छलफल हुन पाएको थिएन । तर, न...
दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्धारा ढुङ्गा, गिट्टी र बालुवा उत्खननमा रोक

दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्धारा ढुङ्गा, गिट्टी र बालुवा उत्खननमा रोक

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले अवैध रूपमा ढुङ्गा, गिट्टी, बालुवाको उत्खननमा रोक लगाएको छ । विभिन्न माध्यम र साधनको प्रयोग गरि रोडा ढुंगा उत्खनन र निकासी भैरहेको सूचना प्राप्त भएपछि नदिजन्य वस्तुको उत्खनन र निकासीमा स्थानीय प्रशासनले रोक लगाएको हो । गाउँपालिकाले प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङकन बिनै ढुङ्गा, बालुवा सकंलन, निकासी पैठारी भएको पाइएपछि गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै यस्तो कार्यमा रोकलगाएको हो । जथाभावी उत्खनन कार्य तिब्र रुपमा बढेकाले, धार्मिक सास्कृतिक परम्परा र जैविक विविधतालाइ नराम्रो असर पर्ने हँुदा प्रतिबन्ध गरिएको गाउँपालिकाले जनाएको छ । बातावरणमा पर्ने समभाबित प्रभावलाई मध्यनजर गर्दै उत्खननमा रोक लगाईएको गाउपालिका अध्यक्ष भुपेन्द्र राईले बताउँनु भयो ।...
जसपा खारेजको मागमा सर्वोच्चले दिएन अन्तरिम आदेश

जसपा खारेजको मागमा सर्वोच्चले दिएन अन्तरिम आदेश

Banner News 2, ताजा अपडेट, राजनीति
तत्कालिन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीचको एकता खारेजको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । तत्कालिन राजपासँग पार्टी एकता गरी आएका राष्ट्रिय जनमुक्ति पार्टीका राजकुमार थापाले एकीकरण प्रक्रिया नमिलेको भन्दै खारेजीको माग गर्दै रिट दिएका थिए । सोमबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासले राजपा र समाजवादी पार्टीबीचको एकता खारेज नपर्ने आदेश दिएको हो । यही रिटमा गत असार ३० गते न्यायाधीश कुमार रेग्मीको इजलासले विपक्षीसँग लिखित जवाफ माग गरी अन्तरिम आदेशका लागि छलफलमा बोलाएको थियो ।...
आजको राशिफल

आजको राशिफल

Banner News 2, ताजा अपडेट, धर्म संस्कृति
आज – २५ साउन २०७८ सोमवार को राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विलासी बस्तुको प्रयोग गर्न पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ । लामो समय देखि भेट नभएका मित्रहरू सँग भेट हुनेछ परिश्रम गर्दा धनार्जन हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । बौद्धिकताको विकास हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफन्तको प्रगतिमा मन रमाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । महिला वा मित्रबाट सहयोग मिल्नेछ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) इच्छा र आक...
जापानबाट आइपुग्याे तीन लाख डाेज खोप, बाँकी एक हप्तापछि आउने

जापानबाट आइपुग्याे तीन लाख डाेज खोप, बाँकी एक हप्तापछि आउने

Banner News 2, ताजा अपडेट, समाचार, समाज
जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको तीन लाख डाेज खोप आइपुगेको छ ।  कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको तीन लाख डाेज खोप आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिनुभयो । जापानले नेपाललाई १६ लाख डाेज एस्ट्राजेनेकाको खोप दिने बताएको थियो । जापानबाटै हिजाे शनिबार पाँच लाख मात्रा खोप आएको थियो । बाँकी खोप एक हप्तापछि आउने मन्त्रालयले जनाएको छ । यसअघि शुक्रबार भुटानबाट दुई लाख ३० हजार डाेज कोभिशिल्ड खोप प्राप्त भएको थियो । जापानबाट प्राप्त खोप पहिलो मात्रा लगाएका नागरिकलाई लगाइनेछ ।  अहिलेसम्म खरिद र अनुदान गरेर झन्डै एक करोड डाेज खोप नेपाल आइपुगेको छ । नेपालले ६० लाख डाेज खाेप खरिद गरेको छ । चीनबाट ४० लाख डाेज भेरोसेल र भारतबाट २० लाख डाेज कोभिशिल्ड खोप खरिद गरिएको छ । भारतबाट खरिद गरिएकामध्ये १० लाख डाेज खोप अझैसम्म आपूर्...
प्रदेश १ मा बढ्दो आत्महत्या, छैन रोकथामको योजना

प्रदेश १ मा बढ्दो आत्महत्या, छैन रोकथामको योजना

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
प्रदेश १ मा आत्महत्याका घटना भयावह बन्दै गएको छ । यो प्रदेशमा  दैनिक सरदर ५ जनाले विभिन्न माध्यमबाट आत्महत्याको बाटो रोजेर जीवन समाप्त गर्ने गरेका छन् । अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ । प्रदेश १ मा मात्र गत वर्ष २०७७/०७८ मा १५ सय १६ जनाले आत्महत्या गरेका छन् । प्रदेशमा सबैभन्दा बढी झापामा ८ सय ५१ जना र मोरङमा ८०२ जनाले आत्महत्या गरेका छन् ।  यसमध्ये सबैभन्दा बढी विष सेवन गरेर, त्यसपछि झुन्डिएर आत्महत्या हुने गरेको छ। प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पुरुषभन्दा तेब्बर बढी महिलाले आत्महत्या गर्ने गरेका छन् । ८० प्रतिशत आत्महत्या डिप्रेसन, १० प्रतिशत कडा खाले मनोरोग र बाँकी अन्य कारणले हुने गरेको छ । प्रहरीको तथ्याङ्कमा १५ वर्षदेखि ४४ वर्ष उमेर समूहका व्यक्ति सबैभन्दा बढी ४५ प्रतिशत आत्महत्याका घटना हुने गरेको छन् । प्रहरीको तीन...