आगामी चुनावका लागि खोटाङमा १९ हजार मतदाता बढे
खोटाङ, फागुन ४ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा खोटाङबाट मतदान गर्ने मतादताको संख्या १९ हजार बढीले वृद्धि भएको छ ।
२०७४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा १ लाख २५ हजार १ सय ७८ जना मतदाता रहेका थिए । त्यसयता विभिन्न समयमा सञ्चालित फोटोसहितको मतदाता नामावली संकलन अभियानबाट १९ हजार २ सय ९६ जना नयाँ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालय खोटाङले जनाएको छ । योसँगै जिल्लामा कुल मतदाताको संख्या १ लाख ४४ हजार ४ सय ७४ पुगेको छ ।
कार्यालयका कम्प्युटर अपरेटर सञ्जीव खड्काले कुल मतदातामध्ये पुरुष मतदाताको संख्या ७५ हजार ४ सय ७८ र महिला मतदाताको संख्या ६९ हजार २६ जना रहेको जानकारी दिनुभयो । यद्यपी, निर्वाचन आयोगबाट अन्तिम विवरण नआएसम्म यसमा केही घटबढ भने हुन सक्ने उहाँको भनाइ छ ।
कार्यालयको प्रारम्भिक विवरण अनुसार जिल्लामा सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...









