Friday, April 17News That Matters

स्थानीय

राष्ट्रिय म्याराथनको उपाधि खोटाङकी प्रिया राईले जितिन्, दोस्रो पनि खोटाङकै निर्मला राई

राष्ट्रिय म्याराथनको उपाधि खोटाङकी प्रिया राईले जितिन्, दोस्रो पनि खोटाङकै निर्मला राई

Banner News 3, खेलकुद, ट्रेन्डिङ, समाचार, स्थानीय
खोटाङ, फागुन १९ । ओखलढुंगामा आयोजना गरिएको खिजीदेम्बा अल्ट्रा फुल म्याराथनको पाँचौ संस्करणको उपाधि महिलातर्फ खोटाङकी प्रिया राईले जितेकी छिन् । खोटाङकै निर्मला राई प्रतियोगिताको दोस्रो भएकी छिन् । राष्ट्रिय विधाको महिलातर्फत प्रथम र दोस्रो भएका प्रिया र निर्मलाले नगद रु ७० हजार र ६० हजारसँगै मेडल र प्रमाणपत्र पाएका छन् । प्रियाले ५ घण्टा ४३ मिनेट २९ सेकेण्डमा निर्धारित दुरी पार गर्दै उपाधी हात पारेकी हुन् । दोस्रो भएकी निर्मलाले ५ घण्टा ४३ मिनेट ३१ सेकेन्डमा दुरी पार गरेरेको आयोजकले जनाएको छ । पहिलो र दोस्रो हुने प्रिया र निर्मला दुवैको घर खोटाङको ऐँसेलुखर्क गाउँपालिका–२ बाकाचोल हो । प्रिया र निर्मला दिदिबहिनी हुन् ।  यस्तै, ५ घण्टा ४७ मिनेट २० सेकेण्डमा दुरी पार गर्दै प्युठानकी हुमी बुढामगर तेस्रो र ५ घण्टा ५१ मिनेट ३ सेकेण्डमा निर्धारित दुरी पार गर्दै ओखलढुंगाकी छोकी शेर्पा सान्त्वना भ...
एउटै वडामा तीन ठाउँबाट नागरिकलाई स्वास्थ्य सेवा

एउटै वडामा तीन ठाउँबाट नागरिकलाई स्वास्थ्य सेवा

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन १९ गते । भौगोलिकरुपमा ठुलो तथा विकट रहेको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा तीन ठाउँबाट नागरिकलाई स्वास्थ्य सेवा दिन थालिएको छ । दाम्लीमा रहेको डिकुवा स्वास्थ्य चौकीमा वडा भित्रका सबै नागरिकलाई आउन सहज नभएपछि तीन ठाउँबाट सेवा दिन थालिएको नगरपालिकाले जनाएको छ । दाम्लीमा वर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी यथावत छ । अघिल्लो वर्षदेखि डिकुवाको साविक १, २ र ३ वडालाई समेटेर रातमाटेमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । साविक ६, ७, ८ र ९ नम्बर वडाका नागरिकलाई स्वास्थ्य सेवाबाट नजिक बनाउन छुम्पाङमा शनिबारदेखि शहरी स्वास्थ्य केन्द्र सुरु गरिएको डिकुवाका वडाध्यक्ष देबेन्द्र राईले जानकारी दिनुभयो । छुम्पाङमा अघिल्लो आर्थिक वर्षमा नगरपालिकाले विनियोजन गरेको रु १९ लाख बजेटबाट ४ कोठे आरसिसि भवन निर्माण गरिएको छ । सोही भवनबाट शनिबारदेखि सेवा दिन सुरु गरिएको वडाध्यक्ष राईले बताउनुभयो ।...
भलिबलमा स्वर्ण पदक जित्ने टिमलाई गाउँपालिकाले गर्यो नगदसहित सम्मान

भलिबलमा स्वर्ण पदक जित्ने टिमलाई गाउँपालिकाले गर्यो नगदसहित सम्मान

Banner News 3, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, फागुन १९ । खोटाङमा सम्पन्न १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छात्र भलिबलको उपाधि जित्ने टिमलाई गाउँपालिकाले नगदसहित सम्मान गरेको छ । दिक्तेलमा शुक्रबार सम्पन्न प्रतियोगितामा छात्रतर्फको भलिबलमा स्वर्ण पदक रावा बेसी गाउँपालिकाको टिमले जितेको थियो । स्वर्ण पदक जित्ने खेलाडी, व्यवस्थापक र टिम कोचलाई शनिबार गाउँपालिकाले नगदसहित सम्मान गरेको हो । गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी, वडा नम्बर ४ का वडाध्यक्ष ज्ञान बहादुर पाण्डे, वडा नम्बर ६ का वडाध्यक्ष चिरञ्जीवि कार्की, शिक्षा शाखा प्रमुख सन्तोष तिमिल्सीना, कम्प्युटर अपरेटर नरबहादुर श्रेष्ठ लगायतको उपस्थितिमा व्यवस्थापक तेजिन्द्र घिमिरे, टिम कोच रचन गुरुङ र खेलाडीहरुलाई नगद १२ हजारसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । समग्रमा १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भने दिक्तेल...
हलेसीमा तरकारीको मूल्य निर्धारण, खरिद विक्री र चिस्यान केन्द्र आइतबारबाट सञ्चालन हुने

हलेसीमा तरकारीको मूल्य निर्धारण, खरिद विक्री र चिस्यान केन्द्र आइतबारबाट सञ्चालन हुने

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन १८ । हलेसी तुवाचुङ नगरपालिकामा तरकारीको मुल्य निर्धारण गरिएको छ । जनप्रतिनिधि, कृषक र होटल व्यावसायीहरुको शुक्रबार बसेको छलफलले मूल्य निर्धारण गरेको हो । हाल निर्धारण गरिएको मूल्य अनुसार कृषकले उत्पादन गरेको तरकारी खरिद विक्री हुने छ । आवश्यकता र सयमको आधारमा मूल्य परिवर्तन पनि हुँदै जाने नगर प्रमुख विमला राईले जानकारी दिनुभयो । मूल्य निर्धारणसँगै हलेसी तुवाचुङ नगरपालिकामा तरकारीमा एकरुपता आउने छ । यस्तै, कृषकहरुले उत्पादन गरेको तरकारी र फलफुलको बजारीकरणको लागि नगरपालिकाले वडा नम्बर ७ महादेवस्थानस्थित ट्राफिक चोकमा खरिद विक्री केन्द्र (कृषि मार्ट) र चिस्यान केन्द्रसमेत स्थापना गरेको छ । उक्त दुवै संरचनाहरु पर्सी आइतबारदेखि सञ्चालनमा आउने छन् । सञ्चालनको लागि नगरपालिकाले कार्यविधि निर्माण गरेर सूचनामार्फत निजी क्षेत्रलाई जिम्मा दिएको प्रमुख राईले बताउनुभयो । जिम्मा पाएक...
खोरमा थुनिएकी फुर्दिकुको उद्दार गरेर अस्पताल लगियो

खोरमा थुनिएकी फुर्दिकुको उद्दार गरेर अस्पताल लगियो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन १४ । उपचार अभावमा खोरमा थुनिएकी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी फुर्दिकु शेर्पाको उद्दार गरिएको छ । नगरपालिकाले सम्पुर्ण खर्च बेहोर्ने गरी उपचारका लागि ३० वर्षीया शेर्पालाई मंगलबार उद्दार गरेर काठमाडौं लगिएको हो । मानसिक सन्तुलन गुमाएकी फुर्दिकुलाई परिवारले आगनमा काठको खोर बनाएर राखेका थिए । भेटिएको जो कसैलाई ढुङ्गा र हतियारले आक्रमण गर्ने, सामानहरु फुटाइदिने, घर परिवारका सदस्यलाईसमेत आक्रमण गरेपछि बाध्य भएर थुनेर राखिएको बुवा पेमा शेर्पाले बताउनुभयो । उपचारको लागि अस्पताल लान परिवारसँग प्रयाप्त आर्थिक नहुँदा फुर्दिकुलाई गत माघ १६ गतेदेखि थुनेर राखिएको थियो । फागुन १२ गते विभिन्न मिडियाले फुर्दिकुको विषयमा समाचार प्रकाशन गरेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उद्दार गरेको हो । नगरपालिकाले व्यवस्था गरिदिएको सुमो गाडीमा मंगलबार बिहान परिवार र ...
गाडी हिँड्न रोक लगाउने की सडक स्तरोन्नती गर्ने ?

गाडी हिँड्न रोक लगाउने की सडक स्तरोन्नती गर्ने ?

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
दमन राई खोटाङ, फागुन १२ । । खोटाङको साकेला गाउँपालिकाको गत माघ २८ गतेको कार्यपालिका बैठकले १० चक्के मालवाहक ट्रकलाई गाउँपालिका प्रवेशमा रोक लगाउने निर्णय गर्यो । उत्तिसका काठ बोक्न भित्र्याइएका हेभीवेट गाडीले कच्ची सडक बिगारेको भन्दै गाउँपालिकाले २० टन क्षमताको ट्रकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो । सो सुचनाको बेवास्ता गर्दै साकेला गाउँपालिका–३ खिदिमाको पुङमा पुगेर काठ लोड गर्दै गरेको अवस्थामा गाउँपालिकाले फागुन ३ गते प्रदेश १–०२–००१ ख ९९७६ नम्बरको १० चक्के ट्रकलाई प्रहरीको सहयोगमा नियन्त्रणमा लिएर २० हजार जरिवाना गरेको थियो । ठूलो भार क्षमताको गाडीले सडकमा क्षती पुर्‍याएका कारण १० चक्के गाडी प्रवेशमा रोक लगाइएको साकेला गाउँपालिका उपाध्यक्ष बिर्सीका राई बताउँछिन् । “१० चक्के गाडीबाट बाटोमा एकदमै ठूलो क्षति भयो । त्यही भएर प्रवेशमा रोक लगाइएको हो,” उपाध्यक्ष राईले भनिन्, “बाटो ...
उपचार अभावहुँदा खोटाङमा एक महिला काठको खोर भित्र दर्दनाक अवस्थामा

उपचार अभावहुँदा खोटाङमा एक महिला काठको खोर भित्र दर्दनाक अवस्थामा

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार भट्टराई (सरगम) खोटाङ, फागुन १२ गते । उपचार अभावमा खोटाङमा एक महिला खोरमा थुनिएर बस्न बाध्य भएकी छिन् । घर परिवारको आर्थिक अवस्था कमजोर भएपछि तत्काल उपचारको लागि लान नसक्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी ३० वर्षिया फुर्दिकु शेर्पा खोरमा थुनिएकी हुन् । डेढ महिना अघिसम्म शेर्पाको दैनिकी सामान्य थियो । तर, अचानक उनको बानी व्यवहारमा परिवर्तन आएपछि अहिले आगनमा काठको खोर बनाएर परिवारले उनलाई थुनेर राखेका छन् । भेटिएको जो कसैलाई ढुङ्गा र हतियारले आक्रमण गर्ने, सामानहरु फुटाइदिने, घर परिवारका सदस्यलाईसमेत आक्रमण गरेपछि बाध्य भएर थुनेर राखिएको बुवा पेमा शेर्पाले बताउनुभयो । घरको आगनमा काठले बारेर सानो खोर बनाइएको छ । सोही खोर भित्र महिलालाई राखिएको छ । समय समयमा खाना खाजा उनलाई खोर भित्रै परिवारका सदस्यले दिने गरेका छन् । हाल खोर भित्रै गीत गाउने, नाच्ने कपडाहरुलाई आफ्नो ...
सर्वाधिक पुरस्कार राशीको “ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप” चैतमा

सर्वाधिक पुरस्कार राशीको “ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप” चैतमा

Banner News 3, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, फागुन ८ । ऐसेलुखर्क गाउँपालिकामा सर्वाधिक पुरस्कार राशीको “ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप” आगामि चैतमा हुने भएको छ । चैत ७ देखि १० गतेसम्म आयोजना गर्न लागिएको “ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप” मा अन्तर पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने छ । ऐसेलुखर्क गाउँपालिकाको मुख्य प्रायोजनमा ऐसेलुखर्क खेलकुद विकास समितिले प्रथम अध्यक्ष कप आयोजना गरेको हो । प्रतियोगिताको पुरुषतर्फ प्रथम हुने टोलीले रु २ लाख नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । दोस्रो, तेस्रो र चौथो हुने टोलीले क्रमश रु १ लाख, ५० हजार र ३० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने ऐसेलुखर्क खेलकुद विकास समितिका अध्यक्ष रजिन राईले जानकारी दिनुभयो । यस्तै, महिलातर्फ प्रथम हुने टोलीले रु १ लाख २५ हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । दोस्रो, तेस्र...
टेकमाइन इन्टरनेटको लापारबाहिको यो हद, वडा कार्यालयको सेवासमेत प्रभावित

टेकमाइन इन्टरनेटको लापारबाहिको यो हद, वडा कार्यालयको सेवासमेत प्रभावित

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन ६ गते । टेकमाइन इन्टरनेटको लापारबाहिको कारण खोटाङमा सरकारी कार्यालयदेखि विभिन्न संघ संस्थाहरुको सेवा प्रभावित बनेको छ । नेट जडान गरेर मर्मतमा टेकमाइन कम्पनीले ध्यान नदिदा कार्यालयहरुले प्रदान गर्ने सेवा प्रभावित भएको हो । बढ्दो प्रविधिको प्रयोगसँगै जिल्लाका सबै स्थानीय तह तथा सरकारी कार्यालयमा इन्टरनेटमार्फत सेवा प्रवाह शुरु गरिएको छ । तर, इन्टरनेट सेवा प्रदायक कम्पनीको लापरवाहीले स्थानीय तह तथा कार्यालयहरुमा जडान गरिएका इन्टरनेट सेवा प्रभावकारी नहुँदा सेवाग्राही मारमा परेका छन् । ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे वडा कार्यालयमा माघ २५ गतेदेखि इन्टरनेट नचल्दा सेवा प्रभावित भएको वडाध्यक्ष सुनिल राई बताउनुहुन्छ । बसाइँसराइ, जन्मदर्ता, जग्गाको तिरो तिर्ने, पञ्जिकरणका कामहरु सबै अनलाइनबाट हुने गरेको छ । तर वडा कार्यालयमा इन्टरनेट नचल्दा सेवा प्रभावित भएको उहाँको भनाइ छ । ‘नागरिकह...
‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ सुरु, राष्ट्रपति पौडेलद्वारा उद्घाटन

‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ सुरु, राष्ट्रपति पौडेलद्वारा उद्घाटन

Banner News 3, कला, साहित्य, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, फागुन ५ गते । कला, संस्कृति र पर्यटन प्रवद्र्धनको लागि नेपाल कला परिषद, बबरमहल, काठमाडौंमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ सुरु भएको छ । फागुन १७ गतेसम्म चल्ने ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’–२०८० को शनिबार एक समारोहबिच राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभयो हो । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोले गत असोज १७ गतेदेखि असोज २० गतेसम्म दिक्तेलमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी आयोजना गरेको थियो । उक्त कार्यक्रममा सहभागी स्वदेश तथा विदेशका चित्रकारले बनाएको चित्रलाई काठमाडौं ल्याएर प्रदर्शन गरिएको हो । चित्रकला प्रदर्शनीको क्यानभासमा रङ्ग लगाएर उद्घाटन गर्नुभएका राष्ट्रपति पौडेलले प्रदर्शनीमा राखिएका चित्रहरुको अवलोकनसमेत गर्नुभएको छ । उद्घाटन कार्यक्रममा बिशेष अतिथीकोरुपमा उपस्थित संस्कृति, पर्यट...