महुरे–फोक्सिन्टार सडक कालोपत्रेको काम पुनः सुरुहुँदै
खोटाङ, पुस ८ गते । सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट–दिक्तेल खण्डको महुरे–फोक्सिङटार सडक कालोपत्रेको काम पुनः सुरु हुने भएको छ । निर्माण कम्पनीले सडक अलपत्र पारेपछि ठेक्का तोडिएको थियो । हाल नयाँ ठेक्काका लागि आर्थिक प्रस्ताव खुलेसँगै सडक कालोपत्रेको काम पुनः सुरु हुने निश्चित भएको हो ।
महुरे–फोक्सिङटार सडकलाई २०७७ सालसम्ममा सम्पन्न गर्नेगरी दुई खण्डमा विभाजन गरेर २०७३ सालमा ठेक्का खुलाइएको थियो । त्यसमध्ये महुरे–सिमपानी राजापानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम भारत कन्ट्रक्सन(सिद्धी शाही जेभी र सिमपानी राजापानी–फोक्सिङटार (२७ किलोमिटर)खण्डको ठेक्का देवनारायण पवन–मैनाचुली–खाम्पाचे जेभीले लिएको थियो । तर, निर्माण कम्पनीले सडक अलपत्र पारेर छाडेपछि दुवै खण्डको ठेक्का तोडिएको थियो ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले उक्त दुवै सडक खण्डको नयाँ ठेक्काका लागि पुस ५ गते आर्थिक प्रस्ताव खुल...









