खोटाङका एक बालकको उपचारकोलागि आर्थीक सहयोगको याचना
खोटाङ, फागुन २ । खोटाङका एक बालकको उपचारकोलागि आर्थीक अभाव भएपछि परिवारले सहयोगको याचना गरेको छ । जिल्लाको ऐसेलुखर्क गाउँपालिका–२का १४ बर्षिय सन्तोस पुरिको उपचारकोलागि परिवारले सहयोगको याचना गरेको हो ।
बालक पुरी बिगत ५ महिनायता काठमाडौका बिभिन्न अस्पतालमा उपचाररत रहेका छन । पुरीको यतिबेला काठमाडौको ट्रमा अस्पतालमा उपचार भइरहेको परिवारले जनाएको छ । अचानक कम्मर पछाडिको नसा च्यापियर एउटा खुट्टा नचल्ने भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । चिकित्सकका अनुसार उनको खुट्टाको शल्लेक्रिया गर्नु पर्ने बालक पुरीका दाई कुमार पुरीले बताउनुभयो । तर परिवारको आर्थीक स्थीत नाजुक भएका कारण शल्लेक्रियाका लागि खर्च जुटाउन नसकेपछि सहयोगको याचना गरिएको छ ।
बालक पुरीका वुबाआमाको यसअघिनै मृत्यु भइसकेको छ । हाल उनका दाइले हेरचाह गर्दै आएका छन । आर्थीक सहयोग गर्न चाहाने इच्छुकले बालकका दाई कुमार पुरिको नाममा रहे...








